कर्मचारी समायोजनमा गुनासोका चाङ
१४ चैत्र २०७५
•
६ मिनेट पाठ
कर्मचारी समायोजनमा गुनासोका चाङ
तस्बिर ः समायोजनप्रति गुनासो व्यक्त गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार जम्मा भएका कर्मचारी।
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पत्रकार सम्मेलनमार्फत् कर्मचारी समायोजन प्रक्रिया सम्पन्न भएको जानकारी गराई नसक्दै एक हुल सहायक महिला विकास निरीक्षक (समविनि) मन्त्रालयमा समायोजनप्रति गुनासो जनाउन उपस्थित भइसकेका थिए।




करिब ५० को संख्यामा उपस्थित भएका ती समविनिहरुको एउटै गुनासो थियो – समायोजन प्रक्रियामा व्यापक लापरवाही गरियो। ‘तनहुँको मानिसलाई संखुवासभा पु¥याइएको छ, अर्घाखाँचीको लाई धनुषा’, नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एक जना समविनिले भनिन्। त्यसरी गुनासो लिएर आउने महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका मात्र नभई अन्य क्षेत्रका कर्मचारी पनि थिए। 

‘समायोजन फर्ममा भरे अनुसार नगर्ने भए किन फर्म भराएको ? यस्तो मनपरी गर्न पाइन्छ ?’, उस्तै गुनासो गर्न आएका कृषि शाखाका एक कर्मचारी आक्रोश पोख्दै थिए। सरकारले कर्मचारीलाई समायोजन भई जाने स्थान छनोट गर्न अनलाइन फर्म भर्न लगाएको थियो। कर्मचारीले रुचि देखाएको स्थानमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ले तोकेको प्राथमिकता क्रमअनुसार समायोजन गर्ने सरकारले जनाएको थियो। 

कर्मचारी समायोजन अध्यादेश–२०७५ को दफा ८ को उपदफा २ अनुसार प्राथमिकताक्रम निम्नानुसार तोकिएको छ–

(क) कार्यरत पदको ज्येष्ठता

(ख) कार्यरत पद भन्दा तल्लो श्रेणी वा तहको पदको ज्येष्ठता

(ग) कर्मचारी हाल कार्यरत रहेको प्रदेश वा स्थानीय त

(घ) हालको स्थायी बसोबासको ठेगाना

(ङ) नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना

(च) उमेरको ज्येष्ठता

सोही दफाको उपदफा ३ ले भने सम्भव भएसम्म पति पत्नीलाई एकै जिल्लामा पर्ने गरी समायोजन गर्ने उल्लेख गरेको छ।समायोजन गर्दा भने यी कुनै पनि प्राथमिकताक्रमलाई ध्यान नदिइएको आरोप कर्मचारीहरुको छ।  

कति गुनासो ? 

समायोजनप्रति असन्तुष्ट कर्मचारीको गुनासो आउन थालेपछि मन्त्रालयले सहसचिव रुपनारायण भट्टराईको नेतृत्वमा गुनासो सुनुवाइ समिति नै गठन गरेको छ। उक्त समितिले चैत २० गतेसम्म गुनासो दर्ता गर्नेछ। 

भट्टराईका अनुसार बिहीबार बेलुकासम्म सात हजार ६ सय गुनासो दर्ता भइसकेका छन्। ‘२० गतेसम्म यो संख्या आठ हजार पुग्ला’, भट्टराईले भने। भट्टराईका अनुसार बढीजसो गुनासो लेखा, महिला विकास, प्रशासन र कृषि सेवाबाट आएका छन्। 

‘पद नमिलेको, श्रीमान्–श्रीमतीलाई एकै स्थानमा नपारिएको, वरिष्ठताको आधारमा नभएको लगायतका गुनासो आएका छन्’, भट्टराईले भने, ‘तर यी गुनासो समायोजनमा परेकाको अनुपातमा १० प्रतिशत पनि होइनन्।’ ‘कुनैमा आवश्यक गृहकार्य नमिलेर त कुनैमा पद नमिलेकाले असन्तुष्टि सिर्जना भएको छ’, भट्टराईल भने। 

सुनुवाइ कसरी ? 

समायोजनमाथि परेका गुनासोको सुनुवाइ गर्न मन्त्रालयले १२ जना उपसचिवको नेतृत्वमा १२ वटा कलस्टर बनाएर काम गर्न सुरु गरिसकेको भट्टराईले बताए। प्रत्येक कलस्टरमा ३÷३ जना शाखा अधिकृतलाई खटाइएको छ। चैत २५ गतेसम्म सबै गुनासोको सुनुवाइ हुने उनले जनाए। 

भट्टराईका अनुसार समायोजन फाराममा कर्मचारीले भनेअनुसार निम्नानुसारको सर्त पूरा भएमा गुनासो सुनुवाइ हुनेछः

– रोजेको क्षेत्र र सेवामा दरबन्दी खाली भएमा

– कडा रोग लागेकाले सम्बन्धित स्थानमा बस्नुपर्ने भनी डाक्टरले सिफारिस गरेकोमा

– श्रीमान्–श्रीमतीलाई एकै सेवा वा प्रदेशमा मिल्ने उपयुक्त भएमा 

– स्थायी ठेगानाअनुसार दरबन्दी उपलब्ध भएमा।

‘उजुरीका विवरण सरसर्ती हेर्दा गुनासो परेकामध्ये करिब ३० प्रतिशत सम्बोधन हुने खालका छन्’, भट्टराईले भने।  

कति समायोजन? 

बिहीबार सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएअनुसार १ लाख ३१ हजार कर्मचारीको समायोजना भएको छ।

जसअन्तर्गत संघमा ४० हजार ७ सय ६९ जना, प्रदेशमा २२ हजार २ सय ९७ जना र स्थानीय तहमा ५० हजार ७ सय ९० जना कर्मचारी समायोजन भएका छन्। यो समायोजनपछि पनि करिब ३२ हजार कर्मचारी अभाव छन्। केन्द्रमा ७ हजार ६ सय ४० जना, प्रदेशमा ७ हजार ६ सय ३८ जना र स्थानीय तहमा झण्डै १७ हजार कर्मचारी रिक्त छन्। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
३ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस