दिलीप पौडेल, बाग्लुङ,भदौ ११- भाईरल ज्वरोको प्रकोप फैलिएपछि पर्वतको पशुपति उच्च मावि राम्जादेउरालीका शुक्रवारदेखि विद्यालयमा पठनपाठनमा बन्द भएको छ। विद्यालयका करिव २ सय विद्यार्थी एकै पटक बिरामी भएपछि विद्यालय बन्द गरेको विद्यालयका प्राचार्य गोविन्द प्रसाद तिमिल्सिनाले बताए।
आचार्यले भने- 'विद्यार्थीहरुमा रुघा लाग्ने, ज्वरो आउने, रिगटा लाग्ने समस्या देखिएपछि बन्द गरेका हौँ।'
सो विद्यालयमा करिव पाँच सय विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको उपचारको लागि जिल्ला स्वास्थ्य कार्यालयले एक टोली विद्यालयमा पठाएको छ। उपचारको लागि औषधी सहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको जिल्ला अस्पताल पर्वतका डाक्टर सागर राजभण्डारीले बताए। 'भाईरल नियन्त्रण बाहिर नजाओस भने स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा खटाएका छौँ, राजभण्डारीले भने,'पक्रोप नियन्त्रणमै छ।'
स्वास्थ्यकर्मीले विरामीहरुलाई घरमै आराम गर्न र औषधी सेवन गर्न सल्लाह दिएका छन्।
बर्षाका कारण प्रकोप फैलिएको चिकित्सकको भनाई छ। तीन सातादेखि पर्वतका तिलाहार, पकुवा, देउपुर लगायतका गाविसमा भाईरल ज्वरोको प्रकोप देखिएको छ। त्यस क्षेत्रमा प्रकोप नियन्त्तणमा आईसकेको जिल्ला अस्पताल पर्वतले जानकारी दियो।