खोलाले बगाएर एकको मृत्यु
०९ भदौ २०६७
•
३ मिनेट पाठ
खोलाले बगाएर एकको मृत्यु
एक दर्जनभन्दा बढी गाउँ जोखिममा-
वरुण पनेरु, डडेल्धुरा, भदौ ९– दश दिनदेखि लगातार भइरहेको वर्षाले डडेलधुरामा एक बालकको खोलाले बगाएर मृत्यु भएको छ। मङ्गलबार राति बगरकोट गाविसमा १४ वर्षीय बालक मुकेश साउदको खोलाले बगाएर मृत्यु भएको हो।
भागेश्वर गाविसमा रहेका भागेश्वर मन्दिरमा पूजाआजा गरी फर्किने क्रम खोलाले बताएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाद्ले बुधबार बिहानसम्म जोगबुढा गाविस–१ पुन्तुरा गाउँमा २० जनाको धान खेत बताएको छ।

वर्षा भइरहेका कारण एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क पनि टुटेको छ। वर्षाकै कारण जोगबुढा क्षेत्रका दुई दर्जन विद्यालय बन्द गरिएको छ। लगातार वर्षा भइरहेका कारण जिल्लामा दुई दर्जन गाउँ पहिरोको जोखिममा रहेका छन्।

प्रशासनले उच्च जोखिम भएकाले जिल्लाको भित्री मधेशका आलीताल, जोगबुढा र शीर्ष गाविसमा उच्च सतर्कता अपनाएको छ। स्थानीय स्तरमा गाविस, स्वास्थ्य चौकी, प्रहरी, राजनीतिक दल, रेडक्रस, स्थानीय गैसस सम्मिलित समितिसमेत गठन गरिएको छ, प्रजिअ प्रेमलाल लामिछानेले भने- जोगबुढामा रहेको नेपाली सेना र सशस्त्र प्रहरी बललाई सतर्क अवस्थामा राखिएको छ।

दश दिनदेखिको अविरल वर्षाले जिल्लाका विभिन्न गाविसमा गरी झण्डै ७५ घर भत्किएको प्रशासनले जनाएको छ। 'झण्डै ७५ वटा जति निवेदन आएका छन्', प्रमुख जिल्ला अधिकारी लामिछानेले भने- अविरल वर्षाले गर्दा धेरै ठाउँको क्षतिको एकिन विवरण आएको छैन।' सदरमुकाम नजिकैको मणिलेक गाविसका चार वटा वार्डको अधिकांश उब्जाउ जमिन बडम खोलाले कटान गरेको छ।

क़जिल्लाको पहाडी भेकका बगरकोट , भागेश्वर, रुपाल,  देवल गाविसमा पनि बाढीले गर्दा दर्जनौं रोपनी जमिन बगाएको स्थानीय बासिन्दाले बताएका छन्। हरेक दिन घर भत्कने र जग्गा बगाएको निवेदन ल्याएर आउनेको ओइरो नै लागेको प्रशासनले जनाएको छ।
अर्को समाचार
खोलाले बगाएर एकको मृत्यु
नागरिक
२८ असोज २०७१
•
१ मिनेट पाठ
खोलाले बगाएर एकको मृत्यु
चितवन-दुईदिने अविरल वर्षापछि दक्षिण चितवनको माडीमा आएको बाढीले बगाएर मंगलबार राती एकजनाको मृत्यु भएको छ।माडीको रतौली खोला तर्ने क्रममा बगाएर बघौडा ८ ब्रम्हापुरीका स्थानीय मानबहादुर रसाइलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए। 
राँगा किन्न भनेर घरबाट पल्लो गाउँ गएर फर्कने क्रममा उनलाई खोलाले बगाएको थापाले जानकरी दिए। मगुई खोलाले बगाएका अर्का एकजना सन्त महत्तोको भने जिवितै उद्धार गरिएको थियो।
समुहमा तीन जना गएकामा सँगै फर्किएका थिए। खोला तर्ने क्रममा दुईजना पार गरेपनि एकजनालाई बगाएको उनले बताए। खोजीका क्रममा उनको शव रातीनै फेला परेको थियो। बिहान मुचुल्का उठाएर शव परिक्षणका लागि भरतपुर ल्याउने तयारी भएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस