काठमाडौं, साउन २५- नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले राष्ट्रिय पुस्तक नीतिको निर्माण र पठन संस्कृतिको विकासका लागि राज्यका तर्फबाट पहल हुनुपर्ने माग राखेको छ।
महासङ्घद्धारा आज यहाँ आयोजित 'नेपालमा पुस्तक नीति तथा पुस्तक क्षेत्रका चुनौती' विषयक अन्तर्क्रिया कार्यक्रममा महासङ्घका अध्यक्ष धनराज आचार्यले जनआन्दोलन पछिको सरकारले साझा प्रकाशनका तत्कालीन महाप्रबन्धक रमेशप्रसाद भट्टराईको संयोजकत्वमा पुस्तक नीतिको मस्यौदा समिति गठन गरे पनि अवधि थप नगरिएका कारण प्रतिवेदन अन्योलनमा परेको भन्दै त्यसलाई अबका सरकारले अगाडि बढाउनुपर्ने बताए।
उनले पठन संस्कृतिको विकास नहुँदा पुस्तक व्यवसायी धरापमा पर्ने खतरा रहेको उल्लेख गर्दै परीक्षामुखी पाठ्यसामग्री प्रयोग गर्ने तथा अश्लिल र अनाधिकृत पुस्तकको बजार व्यापार गर्ने संस्कृति अन्त्यका लागि आफूहरूले पनि आचारसंहिताको पालना गर्ने जानकारी दिए।
महासङ्घले राज्यको तर्फबाट पुस्तकलाई उद्योग र व्यवसायको मान्यता दिन पनि सरकारसँग माग गरेको छ।
साहित्यकार तथा रेडियोकर्मी नवराज लम्सालले राजनीति, आर्थिक र सांस्कृतिक क्षेत्रमा देखिएको ठूलाहरूको बोलवालाले पुस्तकको क्षेत्र पनि व्यवस्थित हुन नसकेको बताए।
पत्रकार तथा लेखक अनमोलमणि पौडेलले राष्ट्रिय पुस्तक नीतिका सम्बन्धमा शिक्षा पत्रकार समूहमार्फत् आफूले सञ्चारमा पहिलोपटक विषय उठान गराएको उल्लेख गर्दै शिक्षा पत्रकारहरूले यस्ता विषयमा निरन्तर अध्ययन गर्नुपर्ने उल्लेख गरे। रासस