भक्तपुरबाट सात जुवाडे पक्राउ
१५ असोज २०७५
•
२ मिनेट पाठ
भक्तपुरबाट सात जुवाडे पक्राउ
भक्तपुर - प्रहरीले भक्तपुरको बाराही स्थानबाट जुवातास खेलिरहेका सात जनालाई सोमवार पक्राउ गरेको छ। भक्तपुर नगरपालिका ३ बाराही स्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका १५ ईताछे घर भएका ४४ वर्षीय जिवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी नगद रु एक लाख ३० हजार पाँंच सय ३० रुपैयाँं र तास १२ बुक समेत बरामद गरेको परिसरले जनाएको छ।




पक्राउ पर्नेहरुमा शाही सहित झापा डागीबाडी गाउँंपालिका १ घर भई हाल सूर्यविनवायक बस्ने ४१ वर्षीय मदन कुमार राजबंशी, रामेछाप सुनपाती २ घर भई हाल सूर्यविनायक बस्ने ३९ वर्षीय बिबेक लामा, भक्तपुर सूर्यविनायक नगरपालिका ९ काक्राबारी बस्ने २८ वर्षीय बिक्रम तामाङ, धनुषा गतेश्वरी १ घर भई हाल सूर्यविनायक बस्ने २५ वर्षीय सन्तोष श्रेष्ठ, सर्लाही लालबन्दी नगरपालिका ६ घर भई हाल सूर्यविनायक बस्ने ३० वर्षीय बलबहादुर खत्री र रामेछाप लिखु गाउँंपालिका ३ चिलाउने घर भई हाल सूर्यविनायक बस्ने ३८ वर्षीय सुकराम तामाङ रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरले नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान गरिरहेकाे जानकारी दिएकाे छ।
अर्को समाचार
भक्तपुरबाट २० जुवाडे पक्राउ
२० चैत्र २०८०
•
२ मिनेट पाठ
भक्तपुरबाट २० जुवाडे पक्राउ
भक्तपुरबाट एकसाथ २० जुवाडे पक्राउ परेका छन्। चाँगुनारायण नगरपालिका वडा नं-५ त्रिशुलडाँडाको एक होटेलबाट उनीहरुलाई पक्राउ गरिएको हो।




स्थानीय जीवन बनको तीन तल्ले घर भाडामा लिई रेलकुमार तामाङले संचालन गरेको रुद्राक्ष होटलको पहिलो तल्लामा जुवातास खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजन कार्कीले जानकारी दिए।

प्रहरीलाई उक्त होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा छापामारी गर्दा जुवा खेलिरहेको अवस्थामा उनीहरूसहित नगद ६ लाख ७ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ। साथै प्रहरीले ६ थान तास सहित होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा होटल संचालक जिल्लाकै चाँगुनारायण-४ बस्ने ४१ वर्षीय रेलकुमार तामाङ, काभ्रेपलान्चोक बनेपा-१० बस्ने ४४ वर्षीय दिपेन्द्र थापा, काभ्रेपलान्चोक मण्डनदेउपुर-५ बस्ने ३१ वर्षीय बिध्यासागर ढकाल, सोही स्थान बस्ने ४० वर्षीय सागर नाकलानी, मकवानपुर कैलाश-६ बस्ने ३१ वर्षीय राजु मोक्तान, काभ्रेपलान्चोक मण्डनदेउपुर-५ बस्ने ४० वर्षीय राजु लामा, काभ्रेपलान्चोक पनौती-३ बस्ने ४९ वर्षीय कैलाश तिमिल्सिना, भक्तपुरकै चाँगुनारायण -५ बस्ने ६६ वर्षीय मन बहादुर थापा रहेका छन्।

यस्तै भक्तपुर-२ बस्ने ३० वर्षीय सुमन कासुला, काठमाडौँ शंकरापुर-९ बस्ने ५८ वर्षीय मणिराम थापा, काभ्रेपलान्चोक धुलिखेल-६ बस्ने ४२ वर्षीय अर्जुन तामाङ, काभ्रेपलान्चोक बनेपा-५ बस्ने  ३२ वर्षीय रबिन थापा, भक्तपुर चाँगुनारायण-४ बस्ने ४४ वर्षीय रामेश्वर गौतम, काभ्रेपलान्चोक धुलिखेल-६ बस्ने ३४ वर्षीय रामकुमार नेपाल, काभ्रेपलान्चोक बनेपा-८ बस्ने ४४ वर्षीय अनिलकुमार मुख्याजु, रामेछाप लिखु तामाकोसी-६ बस्ने २८ वर्षीय राम बहादुर तामाङ, भक्तपुर चाँगुनारायण-४ बस्ने ४२ वर्षीय छैकु तामाङ, काभ्रेपलान्चोक नबोबुद्ध-८ बस्ने ३५ वर्षीय प्रेम श्रेष्ठ, काभ्रेपलान्चोक धुलिखेल-६ बस्ने ४० वर्षीय रामकुमार अधिकारी र काभ्रेपलान्चोक बनेपा-९ बस्ने ३४ वर्षीय महेश शाक्य छन्।

उनीहरु सबैलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी जुवा सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी कार्कीले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस