ध्रुव दंगाल, सिन्धुपाल्चोक, साउन १५- कानुनी प्रक्रिया थाहा नहुँदा सात महिनाअघि प्रेम विवाह गरेको एक अन्तरजातीय जोडी सरकारले घोषणा गरेको प्रोत्साहन अनुदान पाउनबाट बञ्चित भएको छ।
सरकारले गत वर्ष अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न त्यस्तो जोडीलाई १ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो।
'प्रशासनको कारण सरकारले घोषणा गरेको प्रोत्साहन रकम पाउनबाट बञ्चित भयौं', जिल्ला प्रशासनमा भौतारिरहेका अन्तरजातीय जोडी सुनिता गौतम र राजु दर्लानले एकै स्वरमा गुनासो गरे, 'प्रोत्साहन हैन, हतोत्साही बनाउने काम भयो।' समयमै सम्पर्कमा आउँदा पनि प्रशासन गम्भिर नभएको उनीहरुले आरोप लगाए।
बिहीबार जिल्ला प्रशासन कार्यालयबाट अन्तरजातीय विवाहको कानुनी मान्यता पाएको यो जोडी प्रोत्साहन रकम नपाउँदा निरास हुँदै घर फर्क्यो।
ठूलोपाखर-४ सिन्धुपाल्चोकका २३ वर्षीय राजु र गोठपानी-८ काभ्रेका २३ वर्षीया सुनिताबीच गत मंसिर २८ गते अन्तरजातीय विवाह भएको थियो। केही वर्षदेखिको प्रेमलाई अन्तिम रुप दिँदै उनीहरु विवाह बन्धनमा बाँधिएका थिए।
विवाह गरेदेखि नै पटक-पटक प्रशासन पुगेपनि विभिन्न वाहाना बनाएर फर्काएको उनीहरुले बताए।'पुसमा गाविसमा विवाह दर्ता गरेर प्रोत्साहन रकमको लागि धायौं। कहिले सरकारको घोषणा कार्यान्वयनमा नआएको बताए, कहिले निकासा आएको छैन भने', सुनिताले नागरिकसँग भनिन्,'अहिले आउँदा ढिला गर्नुभो भन्छन्।'
गाविसमा विवाह दर्तापछि अन्तरजातीय विवाहको प्रमाणपत्रका लागि स्थानीय प्रशासनमा निवेदन दिने, त्यसको १५ दिनपछि प्रमाणपत्र उपलब्ध गराउने र सोही प्रमाणपत्रको आधारमा अनुदानका लागि प्रशासनमै निवेदन दिने व्यवस्था छ।' धेरै पटक धाउँदा पनि रकम लिन प्रशासनबाट प्रमाणपत्र लिनुपर्छसम्म भनेनन्', राजुले भने। असार २८ मा निवदेन दिएको यो जोडीले बिहीबार विवाहको प्रमाणपत्र पाएपछि प्रोत्साहन अनुदानका लागि अर्को निवेदन दिने बाटो त खुल्यो, जुन दिन पुरानो वर्षको खातापाता बन्द भएको नै १७ दिन बितिसकेको थियो।
एकसाथ प्रमाणपत्र र प्रोत्साहन रकम लिन दुबै पक्ष आफन्त लिएर प्रशासन उपस्थित भएका थिए। 'दलीत भनेर हेपेको महसुस भयो। नरमाइलो लागिरहेको छ', राजुका बाबु कुलबहादुरले दुःखेसो पोखे।' आर्थिक वर्ष ०६६/६७ को साउनदेखि जेठसम्म अन्तरजातीय विवाह गरेका जोडीले असार मसान्तभित्र निवेदन लिएर प्रोत्साहन रकम लैजानुपर्ने निर्देशिकामा उल्लेख छ। यस अवधिमा प्रशासनबाट दुई जोडीले प्रोत्साहन रकम लगेका छन्।
नयाँ आर्थिक वर्ष सुरु भइसकेको अवस्थामा ढिला गरी आएकाले प्रोत्साहन अनुदान उपलब्ध गराउन नसकेको प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले बताए। उनले भने,'सरकारले यो वर्ष पनि कार्याक्रमलाई निरन्तरता दिए रकम उपलब्ध गराउन पहल गर्छौं'।