खनिजमा माैलायाे माफियातन्त्र, कब्जा गर्ने हाेडबाजी
१९ भदौ २०७५
•
८ मिनेट पाठ
खनिजमा माैलायाे माफियातन्त्र, कब्जा गर्ने हाेडबाजी
काठमाडौं - देशभर खनिज पदार्थका क्षेत्रमा माफिया मौलाउँदै गएको छ। राजनीतिक दलका माथिल्लोदेखि तल्लो तहसम्मका भ्रष्ट नेताकार्यकर्ता, कर्मचारी, सुरक्षा निकायका भ्रष्ट व्यक्तिहरू र आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले सेटिङ मिलाएर खनिजमा चलखेल गर्दै आएका हुन्। उनीहरूले खानी दर्ता, ­ला­इसेन्स कब्जा र सञ्चालनमा सेटिङमा काम गरिरहेको पाइएको छ।




एउटै व्यक्ति र कम्पनीका नाममा भिन्नभिन्न खानी रहेको तथ्य नागरिकले फेला पारेको छ । कानुनी छिद्र दुरुपयोग गरी कब्जा गर्ने र गलत शैलीमा सञ्चालन गरिएबाट खानीमा आपराधिक क्रियाकलाप मौलाउँदै गएको छ । माफियाहरूबीच खनिज कब्जा गर्ने होडबाजी नै चलेको छ। गत आर्थिक वर्षमा ४४ वटा खानी दर्ता भएका छन् जुन पछिल्लो दस वर्षमा सबैभन्दा बढी हो । दर्ता भएका खानीमध्ये अधिकांशको खनिज उत्खननका बेलाभन्दा बेच्ने वा लाइसेन्स कब्जा गर्ने उद्देश्य देखिएको छ। खानी तथा भूगर्भ विभागका एक कर्मचारी भन्छन्, ‘लाइमस्टोनबाहेकको अधिकांश खानी दर्ता गर्नेहरूको हैसियत खनिज अन्वेषण र उत्खनन गर्ने स्तरको छैन।’ ती कर्मचारीका अनुसार खानी कब्जा गरेर बिक्री गर्ने नियत स्पष्ट देखिन्छ। सञ्चालन भएका खानीमध्ये अधिकांशले एउटा नामको खनिज निकाल्ने भनेर दर्ता गरेर अर्को खनिज निकालेर दुरुपयोग गर्दै आएका छन्। यसको नियमन गर्ने खानी तथा भूगर्भ विभागसमेत यसबारे बोल्न चाहँदैन । विभागसँग खानी नियमन गर्ने दक्ष जनशक्ति अभाव छ । खानी दर्ता गर्नेहरुको नियत खनिजको दुरुपयोग गर्नु र बिचौलिया शैलीमा अर्थोपार्जन गर्नु तथा नियमनकारी निकाय आवश्यकताअनुसार सक्रिय नहुनुले माफिया मौलाएको भूगर्भविद् प्रा. लालुप्रसाद पौडेल बताउँछन्।

व्यक्तिका नाममा दर्ता भएका दुई सय २१ खानीमध्ये २१ खानी सञ्चालनमा रहेको कागजमा देखिए पनि यथार्थमा अर्कै अवस्था छ । खानी सञ्चालन अनुगमनको जिम्मा लिएको खानी तथा भूगर्भ विभागको टोली भने कोठामा बसेर आफ्नो दायित्व पूरा गरेको कागजी रिपोर्ट सदर गर्दै आएको छ । माथिल्लो तहबाट रकमको चलखेल भएर दबाब वा मिलेमतोमा गरिने यस्ता क्रियाकलापका कारण खानी क्षेत्रमा अनियमितता बढ्दै गएको हो । एकातर्फ खानी सञ्चालन गर्न चाहनेले लाइसेन्स नपाउने अवस्था छ भने अर्कोतर्फ नियमानुसार खानी सञ्चालन गर्न चाहनेले झन्झट बेहार्नुपर्दा अवैध रूपमा खानी सञ्चालन हुँदै आएको छ।

आफ्नो नाममा खानी दर्ता गरेर सञ्चालनको रिपोर्ट तयार गरी लाइसेन्स नवीकरण गर्दै आएका एक दर्तावाला ऐननियमअनुसार चलेमा खानी सञ्चालन असम्भव हुने दाबी गर्छन्। उनी भन्छन्, ‘जुन खनिज निकाल्ने भनेर दर्ता भएको हो त्यो निकाल्ने हो भने कर तिर्न पनि सकिँदैन। राज्यले विभिन्न क्षेत्रमा बनाएको ऐन र करका कारण चोर बाटोबाट खानी चलाएर लाभ लिनेको संख्या बढ्दै गएको छ । सबैभन्दा बढी स्टोन सम्बद्ध खानीमा अवैध रूपमा सञ्चालन गर्ने प्रवृत्ति बढेको छ। सिन्धुपाल्चोकमा क्वार्टजाइट खानी सञ्चालन गर्दै आएका शम्भु बुढाथोकी नियमअनुसार खानी सञ्चालन गर्नेहरूले अवरोध र असजिलो भोग्नुपरेको सुनाउँछन् । उनी भन्छन्, ‘वैध रूपमा खानी सञ्चालन गर्नेहरूले अस्वाभाविक झन्झट भोग्नुपरेको छ। यसले अवैध रूपमा खानी सञ्चालन गर्नेहरू प्रोत्साहित भएको उनको भनाइ छ। खानी दर्ता गरेर सञ्चालन गर्न खोज्दा आफूले स्थानीय जनप्रतिनिधिबाट सिफारिस नपाउँदा विद्युत् आपूर्तिको अनुमतिसमेत नपाएकाले परम्परागत औजारबाट क्वार्टजाइट निकालिरहेको उनको भनाइ छ। दर्ता खारेज हुने भयले कतिपय खानी दर्तावालाले सञ्चालन गरेको जस्तो देखाएर आँखामा छारो हाल्दै आएका छन्। यस्तै क्रियाकलाप गरेर पाँच वर्षभन्दा बढी समययता नवीकरण गर्दै आएका व्यवसायी पनि रहेको खानी तथा भूगर्भ विभाग स्रोतले बतायो । सामान्यतया खानी अन्वेषण गरेको दुई देखि चार वर्षसम्म सञ्चालन गरिसक्नुपर्ने नियम छ। विशेष अवस्थामा केही समय थप गरिन्छ । पहुँच र पैसाका भरमा खानी निरन्तर दर्ता गर्दै कब्जा गर्ने नियतबाट कतिपय व्यवसायी सक्रिय छन्।

खानी दर्ता गर्ने व्यक्ति वा कम्पनीहरूमा राजनीतिक दलका नेताकार्यकर्ताको संख्या उत्तिकै छ। कतिपय नेता तथा कर्मचारीले विश्वासपात्रका नाममा खानी दर्ता गराएका छन्। क्वार्टजाइटदेखि सुनखानीसम्ममा राजनीतिक दलका नेताकार्यकर्ताको संलग्नता देखिएको छ। खानी क्षेत्रमा कतिपय बिचौलियाले विदेशी कम्पनीलाई आकर्षित गरे पनि त्यस्ता कम्पनी ठगीमा परेको गुनासो गर्न थालेका छन्। सुनखानीमा लगानी गर्न आएको एक विदेशी कम्पनी त्यसमा हात झिकेर अर्को खनिजमा चासो दिन थालेको छ।

खनिज अन्वेषणमा देशभित्र र विदेशबाट लगानीको इच्छा बढेको छ। आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै दोब्बर नयाँ खानी अन्वेषणका लागि दर्ता भएका छन्। विगत पाँच वर्षको तथ्यांक हेर्दा यो क्रम बढ्दै गएको छ। खानी सञ्चालन र अन्वेषणका लागि दर्ता गर्ने प्रतिस्पर्धा चलिरहँदा फिल्डमा भने काम भएको पाइँदैन। काम भए पनि सही तरिकाले नहुनुले यस क्षेत्रमा अनियमितता भइरहेको स्पष्ट हुन्छ। भूगर्भविद् पौडेल खानी क्षेत्रमा देखिएको बेथितिले आर्थिक मात्र नभई सामाजिक समस्यासमेत आउनसक्ने औंल्याउँछन्। खनिजका कारण विश्वका धेरै देशमा हिंसा भड्किएको उदाहरण दिँदै उनले समयमै व्यवस्थापन नगरे नेपालले गम्भीर परिणाम भोग्नुपर्ने बताए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस