गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो परिणाममा घरेलु मदिरा जफत गरी नष्ट गरेको छ। घरेलु मदिरा नियन्त्रण अभियानलाई निरन्तरता दिँदै गुल्मी प्रहरीले रेसुङ्गा नगरपालिकाका विभिन्न स्थानबाट २ हजार लिटरभन्दा बढी परिणामको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो।
रेसुङ्गा नगरपालिका–८ को बुढाथोकी बसपार्क, वडा नं. २ को अर्घाखाँची जीपपार्क, उदिनढुङ्गाबाट एक सय १० लिटर घरेलु मदिरा, एक हजार ६० लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिने मर्चा ३० किलो, सामग्री पैनी सात थान, पलाष्ट्रिक ड्रम ४० थान, पलाष्ट्रिक ग्यालिन १७ थान र माटाको हाँडी तीन थान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए।
‘हामीले सदरमुकाम तम्घास मात्र हैन अब जिल्लाभर नै घरेलु मदिरा नियन्त्रण अभियानलाई कडाइका साथ लागु गछौ’, बस्नेतले भने, ‘आजै जिल्लाको मदाने गाउँपालिका–६ को पुर्कोटदहका विभिन्न स्थानमा एक हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र पाँच लिटर उत्पादित तयारी घरेलु मदिरा समेत बरामद गरी नष्ट ग¥यौं।’ बरामद गरिएको मदिराको कच्चा पदार्थ दुई हजार ६० लिटर र एक सय १५ लिटर उत्पादित तयारी मदिरा पत्रकार, नागरिक समाज, बुद्धिजीवी, ब्यापारी र समाजसेवीहरुको रोहवरमा नष्ट गरिएको हो।
सामाजिक अपराध तथा घरेलु हिंसाको प्रमुख कारण घरेलु मदिरा भएकाले प्रहरीको घरेलु मदिरा नियन्त्रण अभियानलाई सबैको साथ आवश्यक रहेको नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले बताए। प्रहरीले गरिरहेको काम राम्रो रहेको उनले बताए।
जिल्लामा प्रहरीले केही समय अघिदेखि गाँजा फडानी अभियानलाई पनि अगाडी बढाएको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट करिव ३० क्विन्टल गाँजा फडानी गरी नष्ट गरिसकेको तथ्याङ्ग रहेको छ।