उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक (भिडियो रिपोर्ट)
१२ साउन २०७५
•
५ मिनेट पाठ
उपत्यकाको ३२ ठाउँमा ट्राफिक लाइट आवश्यक (भिडियो रिपोर्ट)
भिडियाे : सुजन श्रेष्ठ
काठमाडौं– ट्राफिक जाम व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण मानिने ट्राफिक लाइट विस्तारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोड दिएको छ। महाशाखाका अनुसार उपत्यकाका ३२ स्थानमा ट्राफिक लाइट आवश्यक छ।




तथ्यांकअनुसार पहिले काठमाडौंका २० ठाउँमा ट्राफिक लाइट थियो। द्वन्द्वकाल र विभिन्न आन्दोलनसँगैको अस्थिरताले सबै बन्द भए। मर्मत सम्भार तथा सञ्चालन गर्नतर्फ कसैको ध्यान गएन। गत वर्ष सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाको प्रमुख भएपछि ट्राफिक लाइटको व्यवस्थापन कार्य अघि बढ्यो। अहिले खनाल महानिरीक्षक भइसकेका छन्। उनको कार्यकालमा चार ठाउँमा ट्राफिक लाइट सञ्चालन भएको छ। कौशलटार, नारायण गोपाल चोक, नयाँ बानेश्वर र गठ्ठाघरमा सञ्चालनमा रहेको महाशाखाले जनाएको छ।

महाशाखाले ३२ ठाउँमा थप गर्नुपर्ने भन्दै सरोकारवाला निकाय काठमाडौं महानगर तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी सुरेन्द्र मैनालीले जानकारी दिए।

‘ट्राफिक लाइट व्यवस्थापनको कुरा गर्ने हो भने चावहिल, त्रिपुरेश्वर, लैनचौर, सामाखुशी, कलंकी, बल्खु गोल्डेन गेट लगायतका ३२ ठाउँमा आवश्यक छ’, उनले भने– ‘तर केही ठाउँमा चाँडै नै हुन्छ, ६/७ ठाउँको लागि त टेण्डर पनि भइसकेको छ। यो वर्षातपछि काम हुन्छ।’

१७ ठाउँमा क्रसिङ लाइटको आवश्यकता

महाशाखाका अनुसार अहिले उपत्यकामा पैदल यात्रीलाई क्रसिङ लाइट शंकरदेव अगाडि र साल्ट ट्रेडिङ छेउमा गरी दुई ठाउँमा छन्। थप १७ ठाउँमा आवश्यक छ। ‘यसलाई थप गर्नुपर्छ भनेर हामीले अध्ययन गरेर १७ ठाउँका लागि पत्राचार गरेका छौं’, प्रवक्ता मैनालीले भने, ‘आकाशे पुल थप गर्नका लागि पनि पत्राचार गरेका छौं।’

उनका अनुसार जथाभावी बाटो काट्दा उपत्यकामा वर्षेनी ६५ जना पैदली यात्रीको मृत्यु भएको छ। वार्षिक ४५० पैदल यात्रु अंगभंग तथा घाइते भएका छन्। यसलार्इ नियन्त्रण गर्न ट्राफिक महाशाखाले अग्रसरता लिएकाे छ।

महाशाखाका अनुसार प्रविधियुक्त सडक नहुँदा उपत्यकामा ट्राफिक जनशक्ति बढी खटिनु परेको छ। दरबन्दी १ हजार ८५ भएपनि उपत्यकामा १ हजार ४ सय ट्राफिक प्रहरी कार्यरत छन्। यो जनशक्ति पनि अपर्याप्त रहेको महाशाखाले जनाएको छ।

‘अन द स्पट’ प्रशिक्षण कार्यक्रम

ट्राफिक महाशाखाले पैदल यात्रीले जथाभावी सडक काट्दा दुर्घटना बढेकाले जेब्रा क्रसिङ र आकाशे पुलको व्यवस्थापनका लागि ‘अन द स्पट’ प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। महाशाखाकाे तथ्यांक अनुसार उपत्यकामा वर्षेनी ६५ जना अर्थात ४० प्रतिशत पैदली यात्रीको मृत्यु हुने गरेकाे छ। वार्षिक ४५० पैदल यात्रु अंगभंग तथा घाइते भएका छन्। नेपालभर वार्षिक ३ सय पैदल यात्री गलत दिशामा हिडेकाले मृत्यु भएको छ। यो तथ्यांकलाई मध्यनगर गर्दै महाशाखाले आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग नगरी जथाभावी बाटो काट्ने, आकाशे पुलबाट नजाने, जेब्रा क्रसिङ प्रयोग नगर्नेका लागि प्रशिक्षण कार्यक्रम सुरू गरेकाे प्रवक्ता मैनालीले जानकारी दिए।

‘आकाशे पुल भएका नागस्थान, भोटाहिटी, वीर अस्पताल, पुरानो बसपार्क लगायतका १० स्थानबाट प्वाइन्ट ड्युटी राखेका छौं। जेब्रा क्रसिङबाट नकाट्नेका लागि केशरमहल, कालिमाटी, जावलाखेल लगायतका १२ स्थानमा छेउमा पोइन्ट राखेका छौं। त्यसमा जथाभावी बाटो काट्नेहरुलाई त्यहीनेर कोण राखेर, हल्ट गरेर हामीले १५ देखि २० मिनेटको प्रशिक्षण दिन्छौं। माइकहरुको व्यवस्था गरिएको छ ताकि बाटो नकाट्नेले पनि ट्राफिकले भनेका कुरा सुनोस। पैदल यात्रीले सडक प्रयोग गर्दा के के गर्ने र के के नगर्ने भन्ने बारेमा प्रशिक्षण दिइरहेका छौं’, उनले भने।  
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस