बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारलाई दिनुपर्ने माग
०२ साउन २०७५
•
५ मिनेट पाठ
बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारलाई दिनुपर्ने माग
पोखरा– नेपाल र चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गण्डकी सरकारले राखेको छ। निर्माणाधीन यो सडकलाई गण्डकी सरकारले प्रदेश गौरवको आयोजनामा पनि राखेको छ।

बुधबार मन्त्रिपरिषदको बैठकले उक्त सडक आयोजनाको कामप्रति असन्तुष्टि जनाउँदै केन्द्र सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने माग गरेको हो। संघीय सरकार मातहतको यो आयोजनाप्रति गण्डकी सरकारले भने असन्तुष्टि जनाएको छ। सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘बेनी–जोमसोम–कोरला सडकखण्डको निर्माणकार्यमा ढिलाई भएको छ, मापदण्ड अनुसार पनि भएको छैन्, तर यो आयोजना संघीय सरकार मातहत रहेको हुँदा सरकारले यो आयोजनालाई ध्यान दिन सक्दैन भने हामीलाई जिम्मा दिए हुन्छ।’ मन्त्रिपरिषदको बैठकले पनि यो सडक आयोजना प्रदेश सरकारलाई दिनुपर्ने मागसहित सिफारिस गर्नुपने निर्णय गरेको छ।

यस्तै, बैठकले दुम्कीवास–त्रिवेणी सुस्ता सडक सञ्चालन गर्न केन्द्र सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ। भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका प्रवक्ता बस्नेतले भने, ‘यो सडक नखुल्दा गाउँपालिकाको केन्द्र पुग्नकै लागि अर्को प्रदेश जानुपर्ने बाध्यता रहेको छ, त्यसकारण हामीले यो सडकलाई प्राथमिकतामा राखेर अविलम्व सडक खुलाउन नेपाल सरकारसँग अनुरोध गर्नेछौँ।’

यो सडक नबन्दा विनयी त्रिवेणी गाउँपालिकाको वडा नं. ६ र ७ का बासिन्दा गाउँपालिका केन्द्र पुग्न प्रदेश नं. ५ को सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। २२ किलोमिटरको दुरीमा रहेको गाउँपालिका केन्द्र त्यहाँका स्थानीयले ४० किलोमिटरको सडकमार्ग प्रयोग गर्दै आइरहेका छन्।

यस्तै, सडक सञ्चालन नभए प्रदेश ४ मा रहने भन्सार कार्यालय स्थापना गर्न पनि समस्या देखिने मन्त्री बस्नेतले जनाए। ‘सडक पूर्वाधार नभएसम्म हामीले प्रदेशको भन्सार कार्यालय राख्न पनि समस्या देखिन्छ,’ उनले भने, ‘प्रदेशको गौरवको आयोजनामा रहेको यो सडकलाई खुलाउन यथाशक्य पहल गर्न केन्द्र सरकारसमक्ष माग गरेका छौँ।’

राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र पर्ने यो सडक नवलपुरदेखि गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सबैभन्दा छोटो दुरीको सडक पनि हो। नवलपुरको सुस्ता र मुस्ताङको कोराला नै अन्तर्राष्ट्रिय सीमाना जोड्ने दुई प्रदेश गौरवका आयोजना हुन्। यी सडकलाई गण्डकी प्रदेशको लाईफलाईनको रुपमा समेत हेरिएको छ।

सडकखण्ड सुचारु नभएकै कारण नवलपुरका सांसद तथा जिल्लावासीहरुले पोखरा आउँदा प्रदेश नं.  ३ को मुग्लिङ–पोखरा र प्रदेश नं. ५ को सिद्धार्थ राजमार्गको प्रयोग गर्दै आइरहेका छन्।

यस्तै, प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो सडकखण्डको रेखांकन र डिपिआरको लागि समेत बजेट विनियोजन गरेको छ। सडक निर्माणपश्चात यसलाई पोखरा–बेनी–कोराला सडकसँग जोडेर राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरिने सरकारले जनाएको छ।

जिल्ला नवलपुर, सदरमुकाम कावासोती

गण्डकी सरकारले ‘नवलपरासी बर्दघाट सुस्तापूर्व’ जिल्लाको नाम ‘नवलपुर’ राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधबारको बैठकले जिल्लाको नाम ‘नवलपुर’ र सदरमुकाम ‘कावासोती’ कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए।

संघीय सरकारलाई मन्त्रिपरिषदको बैठकको निर्णय कार्यान्वयन गर्न सिफारिस समेत गरिने उनले बताए। यसअघि गत चैत २३ गतेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले जिल्लाको नाम छोट्याउनुपर्ने कुरा उठाएका थिए। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
७ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस