कटारीको सुरक्षा आवासबाट पाँच दर्जन बढी लाभान्वित
१५ जेष्ठ २०८२
•
३ मिनेट पाठ
कटारीको सुरक्षा आवासबाट पाँच दर्जन बढी लाभान्वित
बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख फुयाल। तस्बिरः महेश्वर
कटारी नगरपालिकामा सञ्चालि ‘सुरक्षित आवास गृह (सेफ हाउस)’ लैङ्गिक हिंसापीडितका लागि सहारा बनेको छ। गृह प्रमुख तोपकुमारी फुयालले सार्वजनिक गरेको प्रगति विवरणमा चालु आर्थिक वर्षको ९ महिना अवधिमा मात्र ६२ हिंसापीडितले सेवा पाएका छन्।




बुधबार आयोजित कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार गत साउनदेखि वैशाख मसान्तसम्म सेवा लिनेमध्ये १० जना बालबालिकासमेत छन्। स्थापनाकालदेखि जुनसुकै उमेर समूह र लिङ्गका बेसहारा तथा आपतविपतमा परेका पीडितहरूलाई गृहले सहारा दिँदै आएको छ। बुधबार आयोजित ‘लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यका लागि परियोजना : सरोकारवालाहरूसँग पैरवी बैठक’मा प्रगति विवरण प्रस्तुत भएको हो।

इन्चार्ज फुयालद्वारा प्रस्तुत विवरणमा सेफ हाउसमा २०८१ साउन १ देखि ०८२ वैशाख ३१ गतेसम्म मानसिक यातना, शारीरिक हिंसा, बलात्कार, बहुविवाह तथा आधारभूत स्रोतहरूको अभावजस्ता हिंसाका घट्ना घटेको देखाइएको छ। त्यस्ता पीडितहरूलाई सुरक्षा, परामर्श तथा कानुनी सहायता दिइएको छ। सेवा पाउनेमध्ये घरेलु हिंसापीडित बढी ५२ जना रहेको र ती मध्ये मानसिक यातना भोग्नेको सङ्ख्या ३१ जना छ।

प्रतिवेदनमा शारीरिक हिंसापीडित १२ वटा, बलात्कार ३, स्रोत अभाव ५ र बहुविवाह एक घटना दर्ता भएको उल्लेख छ। फुयालको प्रतिवेदनमा सबैभन्दा धेरै पहाडी जनजाति समुदाय १९ ज ना हिंसामा परेका छन्। त्यस्तै ब्राह्मण–क्षेत्री, दलित, तराई मधेसी र अन्य समुदायका व्यक्तिहरू पनि हिंसापीडित देखिएका छन्।

गृहले पीडितलाई सुरक्षा मात्र नगरेर पुनर्स्थापना गर्ने काम पनि गर्दै आएको छ। जस अनुसार २ जनालाई बीउपुँजी सहयोग गर्दै पुनर्स्थापना गरिएको छ। आवास गृहमा सेवा लिएर बाहिरिएका उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै समाजमा पुनर्स्थापना गराउन बीउपुँजी सहयोगसमेत प्रदान गरेको छ। तत्काल सुरक्षा, परामर्श र कानुनी उपचार सहयोग गर्ने गृहले समस्याको दीर्घकालीन समाधानसँगै समाजमा उनीहरुको हैसियत पुनर्स्थापना गर्न बीउपुँजी उपलब्ध गराइएको प्रमुख फुयालले बताइन्।

गृहले पीडितहरूलाई परामर्शसँगै स्वास्थ्य, कानुनी जानकारी गराउने, लाउने लुगा, डिग्नीटी किट, यातायात सुविधालगायत सेवासमेत दिदै आएको छ। आवास गृहको यो शैलीले नयाँ जीवनको सुरुवात, आशाको केन्द्र बन्दै गएको छ। आवास गृह हिंसाबाट जोगाउने ठाउँ मात्र नभएर पीडित महिलाको आत्मसम्मान, आत्मनिर्भरता र पुनर्स्थापनाको आधार पनि बन्दै गएको फुयाल बताउँछिन्।

कार्यक्रममा मेयर श्रेष्ठले ‘हिंसामुक्त नगरपालिका’ बनाउने सङ्कल्पसमेत गरेका छन्। मेयर श्रेष्ठले हिंसामुक्त समाज निर्माण गर्न सुरक्षित आवास गृहजस्ता सेवाप्रदायक संस्था र संरचना विस्तार कार्यलाई प्राथमिक्तामा राख्दै अघि बढेको बताए। हिंसारहित, समाज र सुरक्षित नगर बनाउने सङ्कल्प लिएर अघि बढिरहेको बताउँदै मेयर श्रेष्ठले खासगरी महिलाको अधिकार सुनिश्चित गर्न अझ प्रभावकारी कार्यक्रम ल्याउने योजना पनि सुनाए।

नगरपालिकाले सेफ हाउसका लागि नयाँ भवन निर्माण गरेरै सेवालाई थप प्रभावकारी र विस्तार गर्ने तयारी गरिरहेको छ। उपप्रमुख खड्काले आवासगृहको आफ्नै भवन निर्माण भइसकेकाले सेवलालाई थप व्यवस्थित र प्रभावकारी हुँदै गएको बताइन्। आफ्नै भवन बनेपछि सेवा अझ विस्तार गर्ने लक्ष्य लिएर त्यसबारे संभाव्यता अध्ययन भइरहेको उपमेयर खड्काको भनाइ छ।

आवास गृहलाई साझेदारी सहयोग गर्दै आएको एबिसी नेपालले लैङ्गिकमैत्री बजेट विनियोजन गर्न नगरपालिकासँग माग गरेको छ। एबिसी नेपाल सञ्चालक समिति सदस्य गीतान्जली शर्मा र प्रदेश संयोजक विष्णु शर्माले मेयर श्रेष्ठ र उपमेयर खड्कासँग लैङ्गिकमैत्री बजेट निर्माण गर्न आग्रह गरे। सुरक्षित आवास गृहजस्ता संरचनाले पीडितलाई तत्काल राहत दिने भएकाले कार्यक्रमलाई दीर्घकालसम्म सञ्चालन गर्न नगरपालिकाले वार्षिक बजेट तथा नीति कार्यक्रममै योजना समेट्नुपर्ने शर्माले बताइन्। उनले लैङ्गिकमैत्री र संवेदनशील योजना बजेट तथा नीति कार्यक्रममै समेट्नुपर्नेमा जोड दिइन्।

एबिसीका प्रदेश संयोजक विष्णु शर्माले महिला र बालबालिकालक्षित कार्यक्रम भएकाले नगरपालिकाले संवेदनशील भएर नीति कार्यक्रममा समेट्न आग्रह गरे। यस्ता मानवीय संवेदनासँग जोडिएको विषयलाई प्राथमिक्ता दिएर बजेट बनाउँदा समावेशी नीति अपनाउन उनको सुझाव थियो।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस