सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले सबैलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्जस्ता अधारभूत आवश्यक्ता पूरा गर्ने ग्यारेन्टी गरेको छ। तर, उदयपुरको कटारी नगरपालिकाका आधा दर्जन बस्तीवासी वडा कार्यालय र स्वास्थ्य चौकी पुग्नै घन्टौं लाग्ने भएकाले समस्यामा छन्। सगरमुकाम कटारी बजारभन्दा वडा कार्यालय टाढा भएपछि कटारी–८ सिरिसेको आधाभन्दा बढी भूभागका बासिन्दा स्वास्थ्य सेवा र वडाबाट पाउनुपर्ने सेवाबाट वञ्चित भएका हुन्।
स्वास्थ्य चौकी र वडा कार्यालय आफूहरूको पहुँचभन्दा टाढा रहेको भन्दै पायक पर्ने ठाउँमा स्वास्थ्य एकाइ र वडा सेवा कार्यालय स्थापना गर्न माग गर्दै उनीहरू नगरपालिकाको ढोका ढक्ढक्याउन पुगेका छन्। कटारी–८ लाई स्थानीय मरुवा खोलाले वारि र पारि गरी ठ्याक्कै दुई भागमा चिरेकाले एकापटिकालाई सुविधा भए पनि अर्को पटिकालाई समस्या हुँदै आएको छ।
वडा कार्यालय र स्वास्थ्य चौकी खोलापारि पश्चिमतर्फ रहेकाले पूर्वतर्फका बस्तीवासीलाई समस्या भएको हो। पूर्वतर्फ आलोटा, भागलढाकी, बबलवा, सिर्जनाबनी, गालतार, डडरिया, टाटी, रातिनीसार, रातमाटे, दुग्ने, गहनेलगायत बस्तीहरू छन्।
उनीहरूलाई स्वास्थ्य तथा वडाको सेवा सुविधा लिन लामो दुरी हिँडेर जानुपर्ने बाध्यता छ। सबैतिर सडक सुविधा नपुगिसकेकाले पैदल हिँडेर जान घण्टौं लाग्ने गरेको छ भने वर्षायाममा खोलामा आउने बाढीले बिरामी पर्दा उपचार लिन र वडाको दैनन्दिनी सेवा पाउन कठिनाइ हुने गरेको छ ।
हुन त २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका प्रदेश सांसद रामकुमार खत्रीदेखि मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसम्मले त्यहाँ वडा प्रशासनिक सेवा कार्यालय र स्वास्थ्य केन्द्र खोल्ने प्रतिबद्धता जनाएका थिए।
चुनाव जितेर गएपछि खत्री प्रदेश सरकारमा केही महिना स्वास्थ्यमन्त्री पनि भए। तर, उनको घरनजिकै वडा कार्यालय र स्वास्थ्यचौकी हुनाले चुनाव जितेर गइसकेपछि गरेको वाचा भुसुक्कै बिर्से भने मेयर, उपमेयर र वडाध्यक्षले नसकिने कुरै भएन।
चुनावको वाचा सम्झाउँदै स्थानीयले धेरैचोटी सांसद खत्री, मेयर राजेशचन्द्र श्रेष्ठ, उपमेयर गीता खड्का र वडाध्यक्ष सुनिल तामाङलाई काम गर्न अनुरोध गरे। तर, सुन्या नसुन्यै गरेपछि नगरपालिकामा ज्ञापनपत्र बुझाउन उनीहरू बाध्य भएका हुन्। ‘स्वास्थ्य चौकी र वडा कार्यालय सबै पारि भएकाले उपचार र नागरिकता, जन्म, मृत्य, बिहेलगायत व्यक्तिगत घटना दर्ता र सिफारिस लिनुपरे यताकालाई धेरै समस्या छ,’ पूर्व वडाध्यक्ष कमल श्रेष्ठले भने, ‘त्यसैले स्वास्थ्य र प्रशासनिक दुवै सेवा लिन सहज बनाउने गरी भाटाबारीमा सामुदायिक स्वास्थ्य एकाइ र वडा सेवा कार्यालय स्थापना गर्न स्थानीयले माग गरेका थियौं, नेताहरूले हुन्छ भने तर अहिलेसम्म गरेनन्।’
चुनावी वाचा पूरा नभएपछि स्थानीयको जनप्रतिनिधिमण्डलले बिहीबार नगरप्रमुख श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएको हो। वडाको धेरैजसो जनसंख्या पूर्वी क्षेत्रमा बसोबास रहेकाले समस्या सम्बोधन गर्न स्वास्थ्य एकाइ र वडा सेवा कार्यालय तत्काल स्थापना गर्न माग गर्दै अन्यथा संघर्ष गर्ने चेतावनीसमेत दिएका छन्। सामान्य उपचार सेवा लिन पनि कटारी अस्पताल र घन्टौं लगाएर वडा कार्यालय पुग्नुपर्ने बाध्यता हटाउन नगरपालिका र वडाध्यक्षको ध्यानाकर्षण गराएका छन्।
ज्ञापनपत्र बुझाउन स्थानीय राजनीतिक दलहरू, नागरिक समाज, युवा समूह तथा त्यस क्षेत्रका १० वटा टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डल नगरपालिका पुगेको थियो। मेयर श्रेष्ठलाई बुझाइएको ज्ञापनपत्रमा स्वास्थ्य एकाइ र वडा सेवा कार्यालय स्थापना गर्न चाहिने ४ रोपनी जमिनसमेत स्थानीयले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
भाटाबारीमा सामुदायिक स्वास्थ्य एकाइ र वडा सेवा कार्यालय स्थापना गरेर सो क्षेत्रवासी नागरिकलाई स्वास्थ्य र प्रशासनिक सेवामा सहज पहुँच मिलाउन यही आउँदो बजेटमा रकम विनियोजन गर्न पनि माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, सबै राजनीतिक दल र नेपाल पत्रकार महासंघलाई बोधार्थ दिइएको ज्ञापनपत्रअनुसार माग पूरा नगरे आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत उनीहरूले दिएका छन्।
ज्ञापनपत्र बुझाउने क्रममा नेकपा (माओवादी केन्द्र) कटारी नगर कमिटी अध्यक्ष कमल श्रेष्ठले ८ नं. वडाका ६० प्रतिशत भूभाग र जनसंख्या आफ्नै वडामा बिरानो भएर बस्नुपरेको अवस्था सुनाए। त्यस्तो अवस्था अन्त्य गर्न नगरपालिकाले आउँदो आर्थिक वर्षकै बजेट तथा नीति कार्यक्रममा सम्बोधन गर्न पनि उनले आग्रह गरे।
ज्ञापनपत्र बुझ्दै मेयर श्रेष्ठले स्थानीयको मागप्रति आफू सचेत रहेको र माग पूरा गर्न सक्दो पहल गर्ने वचन दिए। सबै नगरवासीको चाहना र भावना समेटेर अघि बढिरहेको भन्दै उनले ८ नं वडावासीको समस्या समाधान गर्न आवश्यकताअनुसार अघि बढ्ने प्रतिबद्धता मेयर श्रेष्ठले जनाएका छन्।