सामुदायिक क्याम्पसमा निजी विद्यालय
१८ वैशाख २०७५
•
९ मिनेट पाठ
सामुदायिक क्याम्पसमा निजी विद्यालय
हिमालय किरण सामुदायिक क्याम्पसको भवन ।
संखुवासभा– सदरमुकाम खाँदबारीमा रहेको हिमालय किरण सामुदायिक क्याम्पसमा केही व्यक्तिहरुले निजी विद्यालय खोलेपछि सर्वत्र विरोध भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, केही शिक्षक, सरकारी कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरुले एकल निर्णय गराएर विद्यालय खोल्ने निर्णय गरेका छन् । 




क्याम्पस व्यवस्थापनलाई ५१ प्रतिशत सेयर दिने शर्तमा ७ जना व्यक्तिले बोर्डिङ खोलेपछि सर्वत्र बिरोध भएको हो । खाँदबारी नगरपालिका ७ का अभिभावक शेरबहादुर वनले सामुदायिक विद्यालयमा केही व्यक्तिले सेयर राखेर बोर्डिङ खोलेको आरोप लगाए । 

क्याम्पस व्यवस्थापनले घरभाडाको पनि सूचना नदिई एकल ढंगले गोप्यरुपमा घर भाडामा लगाएको उनले बताए । ‘सेयर पनि कसैलाई थाहै नदिई आफन्त राखेर खोलेका रहेछन्,’ उनले भने, ‘सामुदायिक क्याम्पसलाई व्यापारमुखी बनाउनु भएन ।’

उनका अनुसार क्याम्पस व्यवस्थापनले वार्षिक १ लाख ५० हजारमा बोर्डिङलाई भाडामा दिएको छ । क्याम्पसमा २८ वटा कक्षा कोठा छन् । 

सामुदायिक क्याम्पसमा निजी बोर्डिङ अरुण भ्याली खोलिएको छ । क्याम्पसमा नाफा कमाउने उद्देश्यले बोर्डिङ खोलेपछि स्थानीयले धनकुटा उच्च अदातलमा समेत मुद्दा दर्ता गरेका छन् । विष्णु राई, तेजनाथ पोख्रेल र ईन्द्र किसान दाहालले सामुदायिक क्याम्पसलाई डुबाएर नाफा कमाउने उद्देश्य राखेर बोर्डिङ खोलेको आरोप लगाएका छन् । 

क्याम्पस भवन भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको हो । यो भवन अहिले पनि दूतावासले क्याम्पस प्रशासनलाई जिम्मा लगाएको छैन । स्थानीयले एक रुपैयाँ अभियान, चन्दा, दानदातव्य र महापुराण लगाएर क्याम्पस सञ्चालन गरेका थिए । 

मनोमानी ढंगले निजी विद्यालय चलाउन नहुने स्थानीयको माग छ । स्थानीयले शैक्षिक सार्वजनिक गुठी गठन गरेर बोर्डिङ चलाउन माग गरेका छन् । सामुदायिक क्याम्पसको घर भाडामा लिएर शिक्षालाई व्यापार गर्न नहुने तेजनाथले बताए । 

शिक्षा ऐन २०२८ मा पनि सरकारी, सामुदायिक वा सार्वजनिक भवनमा निजी बोर्डिङ खोल्न नपाउने उल्लेख गरिएको छ । शिक्षा ऐनको दफा ३ उपदफा ६ को (क), (ख) र (ग) मा सरकारी वा सार्वजनिक भवनमा सञ्चालन भएको विद्यालय, सरकारी वा सार्वजनिक जग्गामा भवन बनाई सञ्चालन भएको विद्यालय, कुनै व्यक्ति वा संस्थाले विद्यालयको नाममा भवन वा जग्गा दान, दातव्य दिएको भवनमा वा त्यस्तो जग्गामा भवन बनाई सञ्चालन भएको विद्यालयमा अनुमति वा स्वीकृति नपाइने उल्लेख छ । 

मनकामना रत्न अम्बिका माबि तुम्लिङटारका प्रधानाध्यापक कुबेरप्रसाद भेटुवालले सामुदायिक क्याम्पसमा कम्पनी ऐनअन्र्तगत संस्थागत विद्यालय सञ्चालन गर्न नपाउने बताए । उनका अनुसार अहिले सामुदायिक क्याम्पस भवनमा खोलिएको निजी विद्यालयले जिल्ला शिक्षा र खाँदबारी नगरपालिकासँग अनुमतिका लागि पर्याप्त कागजात पेस गरेको नपाइएको बताए । 

‘म खाँदबारी नगर शिक्षा समितिको सदस्य पनि हो,’ उनले भने, ‘कुनै कागजात पेस नगरी अरुण भ्याली बोर्डिङले दबाबमा नियम मिचेर कार्यपालिका बैठकबाट निर्णय गराएर अनुमति लगेको पाइएको छ ।’ 

कार्यपालिका बैठकमा ठाडो निवेदनका आधारमा अनुमति लिएको उनले बताए । ‘माध्यमिक तह सञ्चालनका लागि कम्तीमा २ महिना अघि निवेदन दिएर प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ,’ उनले भने, ‘नगरपालिकाले हचुवाका भरमा सञ्चालनको अनुमति दिइएको छ ।’ 

शिक्षा ऐनको प्रावधान अनुसार जिल्ला शिक्षा समितिको सिफारिसमा वा नगर शिक्षा समितिको सिफारिसमा मात्र विद्यालय खोल्ने अनुमति प्रदान हुन्छ । तर त्यसो नगरेको पाईएको उनले बताए । 

बोर्डिङको सेयर होल्डरमा क्याम्पस व्यवस्थापनका अध्यक्षका श्रीमती, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृतका छोरा, क्याम्पस प्रमुखका श्रीमती, खाँदबारी नगरपालिकाका अधिकृत र सरकारी बिद्यालयका शिक्षक छन् ।  

‘बलमिच्याई गरेर सबै ठाँउबाट जबरजस्ती सिफारिस लगेका रहेछन्,’ उनले भने, ‘नियम मिचेर निजी विद्यालय खोलिनु हुँदैन, सामुदायिक र सबैलाई मान्य हुनुपर्छ ।’ 

‘स्थानीयबाट चन्दा संकलन गरेर बनाइएको क्याम्पसको भवनमा पारिवारिक हिसाबले निजी विद्यालय खोलिनु राम्रो हैन । २४ कोठाको सुविधासम्पन्न भवन वार्षिक एक लाख ५० हजारमा भाडा लगाउने कुरा हास्यास्पद हो,’ उनले भने । 

जिल्ला शिक्षा अधिकारी चेतकुमार पोखरेलका अनुसार शिक्षा समितिले यो विषयमा कुनै निर्णय गरेको छैन । ‘खाँदबारी नगरपालिकाले सिफारिसको काम गरेको हो,’ उनले भने, ‘हामीलाई थाहा छैन, सबै अधिकार नगरपालिकाले नै दिएको हो ।’ 

४९ प्रतिशत सेयर होल्डरमा श्रीमती र नातेदारमात्रै

सेयर होल्डरमा क्याम्पस प्रमुख डा. मात्रिका तिम्सिनाको श्रीमती भवानीदेवी वस्याल, व्यवस्थापन समितिका अध्यक्ष सुमन श्रेष्ठका श्रीमती लक्ष्मी श्रेष्ठ, सुमनका भिनाजु ढक्कलाल श्रेष्ठ, प्रिन्सिपल डम्बर बाह्रकोटी, खाँदबारी नगरपालिकाका अधिकृत दिनेश कट्टेल, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत केशव भट्टराईका छोरा विवेक भट्टराई र शिक्षक खगेश्वर घिमिरेमात्रै छन् । 

सेयर होल्डरका लागि सूचना प्रकाशन गर्नुपर्ने भएपनि मनोमानी ढंगले नातेदारलाई सेयर सदस्य बनाइएको छ । प्रिन्सिपल बाह्रकोटी र घिमिरे हिमालय मावि खाँदबारीका सरकारी शिक्षक पनि हुन् । 

व्यवस्थापन समितिको बैठकको निर्णयमा पनि अन्य सदस्यलाई जानकारी नदिई हस्ताक्षर गरिएको आरोप छ । बैठकको निर्णयमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र सदस्यहरु दिनेशकुमार श्रेष्ठ, दुर्गादेबी चापागाई, दुर्गाबहादुर विष्ट र निराजन श्रेष्ठले भने हस्ताक्षर गरेका छैनन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस