गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो
१६ वैशाख २०७५
•
७ मिनेट पाठ
गुल्मीमा महिला र बालबालिका हराउने क्रम बढ्यो
प्रहरीको सुचना वोर्डमा हराएका महिला बालबालिका र पुरुषहरूको तस्बिर। तस्बिरः शिवलाल सुवेदी/गुल्मी
गुल्मी – गुल्मीमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीमा पछिल्ला केही वर्षको तथ्यांक हेर्दा जिल्लामा महिला तथा बालबालिकाहरू हराउनेको संख्या वृद्धि भइरहेको पाइएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीमा मानिस हराएका उजुरीमा वृद्धि हुँदै गएको महिला  तथा बालबालिका फाँटले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको आर्थिक वर्ष २०७४–७५ को पछिल्लो १० महिनाको मात्रै तथ्यांक हेर्ने हो भने १ सय जना मानिसहरू हराएका छन। आर्थिक वर्ष ०७२–७३ मा कूल ७९ जना मानिस हराएका थिए भने आर्थिक वर्ष ०७३–७४ मा वृद्धि भई ९० पुगेको थियो। अहिले १० महिनाकै अवधिमा १ सय जना हराइसकेका छन। 

हराएकाहरूमध्ये सबैभन्दा धेरै महिला ७० जना छन्। जुन कूल संख्याको करिव ७० प्रतिशत हो। त्यसै गरि बालिका १५ र बालक ८ जना हराएका छन। महिला तथा बालबालिका फाँटकी प्रहरी जवान झरना परियारका अनुसार ९ जना पुरुषहरू हराएका छन्। हराएकामध्ये अहिलेसम्म २० जना मात्र फेला परेका छन् भने  ८० जना सम्पर्कमा नआएको परियारले बताइन।

फेला नपर्नेहरूमा पनि बढी महिला तथा बालबालिकाहरू नै रहेको प्रहरीले जनाएको छ। गत फागुन १४ गते श्रीमान विदेशमा रहेकी रेसुङ्गा नगरपालिका १२ की २७ वर्षीय सकुन्तला घर्तीले १ छोरालाई घरमा छाडेर हिडेको र अहिलेसम्म फेला नपरको परिवारले जनाएको छ। परिवारका सदस्यहरूले २ दिनसम्म आफन्त लगायत विभिन्न ठाउँमा खोज्दा फेला पार्न नसकेपछि प्ररहीमा उजुरी दिएपनि फेला पार्न नसकेको देवर राम बहादुर घर्तीले बताए।

त्यस्तै रुरु गाउँपालिका ५ बम्घाकी २७ वर्षीया हेमा राना पनि चैत १ गते कपडा धुन भन्दै घरबाट हिडेकी र अहिलेसम्म फर्केकी छैनन्। उनको ४ दिनसम्म खोजतलास गर्दा कुनै पत्तो नलागेपछि सासु यममाया रानाले चैत ५ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुहारी हराएको उजुरी दिइन्। प्रहरीमा हराएको उजुरी दिएपनि अहिलेसम्म बुहारीको कुनै अत्तोपत्तो नभएको यममायाले बताइन।

रेसुङ्गा नगरपालिका ८ का १५ वर्षीया दिपक खनाल पुस २५ गते घरबाटै हराए। सोहि दिननै आमा पार्वती खनालले जिल्ला प्रहरी चौकिमा छोरा हराएकोले खोजी गरिदिन भन्दै उजुरी दिइन्। हराएकै दिन प्रहरीमा उजुरी दिएपनि छोराको कुनै पत्तो लागेन पार्वती खनालले भनिन‘ कहाँ गयो गयो, छोरा आउने दिनको आशामा बसिरहेकी छु।’ साउनदेखि अहिलेसम्म हराएका मध्ये १० जना पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीका अनुसार हराएपछि प्रहरीमा उजुरी दिने फेला परेपछि हामीलाई खवर नगर्ने भएकाले पनि फेला पर्नेहरूको संख्या कम भएको हो। गुल्मीमा सबैभन्दा बढी साउन महिनामा मानिसहरू हराएको चौधरीले बताए। साउन महिनामा सबैभन्दा बढी १९ जना हराएको उजुरी आएको छ चौधरीले भने ‘महिला ९ जना, बालबालिका ७ जना र पुरुष ३ जनाको उजुरी आयो।’

प्रहरी कार्यालयमा भागि बिवाह, श्रीमान–श्रीमतीको झगडा लगायतका कारणले घर छोडेपछि पनि हराएको भन्दै उजुरी आउछन्। प्रहरीका अनुसार असोजमा १३, कार्तिकमा ११ मंसिरमा १० जना हराए। माघ महिनामा १२ जना महिला, दुई बालिका र एक बालक गरी १५ जना हराएका छन भने फागुनमा १४ जना हराए।

हराउनेमा १६ देखि २५ वर्षसम्मका महिला बढी

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी महिला हराएका छन्। तिमध्ये १६ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी हराउने गरेको पाइएको छ।

बिवाह गर्दा भागेर जानु र माइती पक्षले हराएको भनेर उजुरी दिनु तथा भेटिएपछि प्रहरीको सम्पर्कमा नआउनु महिला हराउनुको प्रमुख कारण बनेको प्रहरी सहायक निरीक्षक सत्य यादवले बताए। त्यस्तै अधिकाशं पुरुषहरू रोजगारीको लागि विभिन्न ठाउँमा जाने र श्रीमती अर्कैसँग जानुले पनि महिला हराउनेको संख्यामा वृद्धि भएको हो।

त्यसभन्दा बाहिर शारीरिक अपाङ्ग, मानसिक असन्तुलन, घरपरिवारको झगडा, सामाजिक अपहेलना आदि कारणले गर्दा पनि महिलाहरू हराउने गरेको यादवले बताए। स्वदेशमै रोजगारको सिर्जना र जनतामा राष्ट्रियताको भाव जागृत गराउन सकेमा पनि बैदेशिक रोजगार कम हुने र त्यसले हराउने मानिसको संख्यामा कम हुने उनको भनाई छ।

‘स्वदेशी उत्पादनलाई बढवा दिने, सरकारी निकयाबाट कृषि जस्ता शीर्षकमा अनुदान र प्रोत्साहनको ब्यवस्था, जनचेतामा वृद्धि आदि जस्ता काम गरेमा रोजगारी सिर्जना हुन्छ।’ उनले भने, ‘यसो भएसँगै परिवारमा मेलमिलाप हुन्छ र हराउनेहरूको संख्यालाई कम गर्न सकिन्छ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस