लिमचुङबुङमा आगलागी हुँदा १० लाख क्षति
१४ वैशाख २०८२
•
१ मिनेट पाठ
लिमचुङबुङमा आगलागी हुँदा १० लाख क्षति
आगलागीबाट ध्वस्त घर। तस्बिरः महेश्वर
जिल्लाको विकट पहाडी भेगको लिमचुङबुङमा आगलागी हुँदा एक घर जलेर ध्वस्त भएको छ। शनिबार दिउँसो वडा नं. ३ पाप्रेस्थित बमबहादुर तामाङको ढुङ्गा माटोले बनेको सिमेन्टको प्लास्टर गारो र जस्तापाताको छानो भएको घर पूर्ण रूपमा ध्वस्त भएको छ।

आगोले घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, कागजात, गरगहना र अन्य जिन्सीलगायत सबै सम्पत्ति जलेर नष्ट भएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार घरकै विद्युत् सर्ट भएर आगलागी भएको हो। बाराहास्थित इलाका प्रहरी कार्याल्य लिमचुङबुङबाट गएको टोलीले स्थानीयको सहयोगमा साँझ ६ः३० बजे आगो नियन्त्रणमा आएको थियो।

घट्नास्थलको सर्जमिन मुचुल्का गर्न प्रहरी टोली आइतबार विहान गएको छ। स्थानीयको अनुमान अनुसार लगभग १० लाख क्षति भएको आँकलन गरिए पनि यकिन क्षति भने प्रहरी सर्जमिनले गर्ने जनाइएको छ।

लिमचुङबुङमा आगलागीको घट्ना यो दोस्रो हो। यसअघि वडा नं. ४ को बलम्ता छाताङमा डढेलोबाट उम्केको आगो बस्ती पसेर आगलागी हुँदा एक घर, २ गोठ जलेर आधादर्जन खसी बाख्रा, ३ वटा सुङगुर क्षति भएको थियो।
अर्को समाचार
उदयपुरको लिमचुङबुङमा २ घर जलेर २१ लाख बढीको क्षति
१६ कार्तिक २०७७
•
१ मिनेट पाठ
उदयपुरको लिमचुङबुङमा २ घर जलेर २१ लाख बढीको क्षति
उदयपुरको पहाडी गाउँपालिका लिमचुङबुङमा आगलागी हुँदा २ घर र एउटा गोठ जलेर क्षति भएको छ।  लिमचुङबुङ ४ बलम्ताको लाकुस्थित उदेशबहादुर राईका दुई घर मतान तथा उनकै भाइ देवबहादुरको गोठमा लागेको आगोले घर, मतान, अन्नपात, नगद र चौपाया पशु जलेर क्षति पुगेको हो।  

विहान ११ बजेतिर गोठबाट एक्कासी सल्केको आगोले फुसको छानो भएको गोठ, मतान र घर जलेर नष्ट भएको पीडितका छिमेकी गणेश राईले बताए।  आगलागीबाट घरभित्र रहेको १० मुरी मकै, १२ मुरी धान, २५ हजार नगद, नागरिक्ता, जन्मदर्ता, जग्गा धनीपुर्जालगायत महत्वपूर्ण कागजात सबै नष्ट भएको उनले बताए।  

त्यस्तै आगोले गोठमा बाँधिराखेका उदेश, दाजु गुरुबहादुर र भाइ देवबहादुरका ८ वटा गाई र ८ वटै खसी बाख्रासमेत जलेर मरेका छन्।  मध्यान्हको समय परेकाले चर्को घाममा लागेको आगो निभाउन निकै सकस परेको थियो।  गाउँभरीका मान्छे भेला भएर लगभग ३ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको स्थानीय जनप्रतिनिधि गाउँ कार्यपालिका सदस्य जानुका राईले बताईन्।  

घट्नाबारे जानकारी दिएपछि लिमचुङबुङ इलाका प्रहरी कार्यालय बाराहादेखि टोली आएर स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का गरेर फर्केको वडाध्यक्ष यन्डप्रसाद राईले बताए।  उनका अनुसार आगोले घर, मतान र गोठ जलेर नष्ट भएपछि पीडित परिवारका १० सदस्यलाई छिमेकीहरुको घरमा सरण दिएर राख्नु परेको छ।  पीडितहरुका लागि तत्काल राहतको व्यवस्था गर्न वडा कार्यालयले गाउँपालिका र सम्बन्धित निकायसमक्ष सिफारिस गरिएको वडाध्यक्ष राईले बताएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस