सदरमुकाम गाईघाटस्थित बरुवा क्याम्पसप्रति स्थानीय सरकार पूर्वाग्रही भएको सरोकारावालाहरुले गुनासो गरेका छन्। त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटमा सञ्चालन हुँदै आएको यस शिक्षण संस्थाप्रति स्थानीय सरकार पुरापुर पूर्वाग्रही भएको गुनासो क्याम्पस प्रशासनको छ।
२०६६ सालदेखि स्नातकतहमा पठनपाठन गर्दै आएको क्याम्पस ०७६ सालदेखि आफ्नै जमिनमा भवन बनाएर सञ्चालित छ। हाल ५ सयबढी विद्यार्थी उच्च शिक्षा अध्यनरत रहेको क्याम्पसप्रति नगरपालिका पूर्वाग्रही हुँदा विद्यार्थीको भाग्य र भविष्य डामाडोल हुने संभावना देखिएको छ।
त्रियुगा नगरपालिकाले क्याम्पसको जग्गा व्यवस्थापनदेखि अन्य विविध पक्षमा पटक्कै चासो नदिएकाले समस्या पैदा भएको र विभिन्न खाले सहयोग, अनुदान र संकाय थप्ने विषयमा बाधा पर्दै आएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बलदेव चौधरीले बताए।
त्रियुगाका पूर्व नगरप्रमुखसमेत रहेका चौधरीले आफै मेयर भएका बेला क्याम्पसलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न गराउन भूमिका खेलेका थिए। तर, पछिल्लो नगर जनप्रतिनिधि यस क्याम्पसप्रति पूर्वाग्रही भएर बेखबरजस्तै हुँदै आएको गुनासो अध्यक्ष चौधरीको छ।
अध्यक्ष चौधरीले भर्खरै एक विज्ञप्ती जारी गरी नगर सरकारलाई क्याम्पसप्रति सम्बेदनसिल र जिम्मेबार बन्न पनि आग्रह गरेका छन्। नगरपालिकाले भोगाधिकार दिएको जग्गामा सञ्चालित क्याम्पसको जमिन हाल ३ बिगाहा ९ कठ्ठा रहेको तर, असहयोगका कारण पठनपाठन प्रभावित हुने गरेको र निर्मित भौतिक पूर्वाधार संरचनाहरु जोखिममा परेको उनको भनाई छ।
भौतिक संरचनाको सुरक्षासँगै क्याम्पस व्यवस्थापनका लागि जमिनको यकिन गर्न ४ किल्ला प्रमाणित गर्न क्याम्पसले नगरपालिकालाई गरेको पटक-पटकको आग्रहप्रति बेवास्ता गर्दै आएको विज्ञप्तीमा उल्लेख छ।
४ किल्ला प्रमाणित गरिदिन ६ महिनाअघि नै १२ नम्बर वडामा निवेदन दिए पनि अहिलेसम्म चासो नदिएको विज्ञप्तीमा जनाइएको छ। क्याम्पस जस्तो पवित्र र सार्वजनिक शिक्षणसँस्थाको जमिन सुरक्षा गर्न खोज्दा पनि नगरपालिकाले चासो नदिनुको कारण आफुले बुझ्न नसकेको पनि विज्ञप्तीमा उल्लेख छ।
नगरपालिकाले ४ किल्ला प्रमाणित नगरिदिएकै कारण क्याम्पसको नाममा जग्गा कायम गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत मन्त्री परिषदमा लानुपर्ने कागजात अड्किएको छ।
४ किल्ला प्रमाणित गरेको प्रमाणसहित कागजातको फाईल मन्त्तालय पुगेपछि जमिन क्याम्पसको स्वामित्वमा आउने उनले बताए। हाल ३ विगहा ९ कठ्ठा क्षेत्रफल जमिनभित्र ३ वटा ठूलठूला आरसिसी (पक्की) भवनसहित ५ वटा ब्लकहरुमा पठनपाठन चलिरहेको छ।
जसमध्ये एउटा भवन क्रमागत निर्माणााधीन छ। उक्त जमिन त्रियुगा नगरपालिकाले नै गठन गरेको ‘त्रियुगा नगरपालिका अव्यवस्थित बसोबास आयोग’ द्वारा नापजाँच गरी कित्ता नम्बर १००२ कायम भई आम्दानी रसिद बाँधेर लालपुर्जा वितरणको तयारी कार्यसमेत ४ वर्षअघि नै प्रारम्भ भईसकेको चौधरीले बताएका छन्।
‘क्याम्पसका लागि जमिन र भवन व्यवस्थापन गर्न तत्कालीन नगरप्रमुखको नाताले म आफै सक्दो प्रयास गर्दै आएको छु’ चौधरीले भने ‘म मेयर भएकै बेला अव्यवस्थित जमिन व्यवस्थापन गरी लालपुर्जा वितरण गर्नेगरी तत्कालीन ‘सुकुम्बासी समस्या समाधान आयोग’ सँगको सहकार्यमा जमिनको नापजाँच गरेर नगदी रसिदसमेत बाँधेर थप कार्य अघि बढाईसकिएको छ।’
सबै प्रक्रिया पुगेर भोगाधिकार लिई क्याम्पसको नाममा जमिन कायम गराउन खोज्दा स्थानीय सरकारले बेवास्ता गरिदिएकोमा चौधरीले दुःखेसो गरेका छन्।
४ किल्ला प्रमाणित नगरिदिएका कारण जमिन क्याम्पसको नाममा नआउँदा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त हुने करोडौं बजेट प्राप्त गर्न कानुनी अड्चन आइपरेको र जसले गर्दा क्याम्पसलाई भौतिक पूर्वाधार अनुदानबाट बञ्चित हुनुपरेको उनको गुनासो छ।
पछिल्लो समय क्याम्पस परिसरको जमिनसमेत नगरपालिकाले मनोमानी ढंगले वितरण गर्न खोजेको कुराले पनि क्याम्पस परिवारलाई चिन्तित बनाएको विज्ञप्तीमा उल्लेख छ।
क्याम्पस प्रमुख भीमबहादुर खड्काले हाल शिक्षा, मानविकी र व्यवस्थापन संकायमा पठनपाठन गराउँदै आएको बरुवा क्याम्पसमा भविष्यमा विज्ञान र प्राविधिकधार ईन्जिनियरिङ कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य लिइएको बताए।
भविष्यमा ठुलो सपना साँचेकाले जमिनको सुरक्षा गर्नुपर्ने कर्तव्य रहेको भन्दै खड्काले क्याम्पसको नाममा जमिन नहुँदा अनुदान प्राप्त गर्न र संकाय थप्न नसकिएको खड्काको भनाई छ।
खड्काले प्रदेश सरकारका शिक्षा विकास निर्देशालय धनकुटाको सामुदायिक क्याम्पसहरुको पाश्र्वचित्र (प्रोफाइल) २०८१ अनुसार बरुवा क्याम्पसको जग्गा ३ विगहा ९ कठ्ठा रहेको र त्यसमा कच्ची र पक्की गरी ५ वटा भवन रहेको उल्लेख छ।
जसमा १५ वटा कक्षा कोठाहरु रहेका छन्। क्याम्पसको ३ विगहा ९ कठ्ठा जमिनमा प्रदेश सरकारले फलामे तारले कम्पाउण्ड लगाएर खेल मैदान निर्माण गर्न आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए पनि जमिन यकिन नगरिदा पाउन नसकेको खड्काले बताए।
तत्कालीन क्याम्पस प्रमुख जंगबहादुर खड्का (जेवी) का अनुसार बरुवा क्याम्पस सुरुमा नमूना मावि गाईघाटका २ वटा भवन भाडामा लिएर पठनपाठन सुरु गरिएको हो। विद्यालयकै भवनमा १० वर्ष पठनपाठन गरेको क्याम्पसले नदी उकासको जमिनमा आफ्नै स्रोतमा भवन निर्माण गरेर २०७६ देखि नयाँ भवनबाट क्याम्पस सुचारु गरेको पूर्व प्रमुख खड्काले बताए।
खड्काले त्रियुगा नदीमा निकास पठाइएको क्याम्पसको पश्चिमतर्फको सडक नाला गत आर्थिक वर्ष २०७९/०८० देखि क्याम्पस परिसरभित्र पसेर फोहोर पार्ने तथा पानी जम्ने गरेर शैक्षिक वातावरणमा प्रतिकुल असर पार्दै आएकोप्रति पनि नगरपालिकाले बेवास्ता गरेको बताए।
गतवर्षदेखि नाली भत्केर प्रदुषित फोहोर पानी क्याम्पस परिसरमा पस्न थालेपछि ५ सय बढी अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको प्रमुख खड्काको भनाई छ। शैक्षिक संस्थाप्रतिको यस्तो काम स्थानीय सरकारका लागि शोभनीय नभएको पनि उनले बताए।
क्याम्पस परिवारिले तत्काल नगरपालिकाले समस्या सम्बोधन गर्न आग्रह गर्दै अन्यथा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।
‘क्याम्पसको समस्या १ महिनाभित्र समाधान गर्न स्थानीय सरकारसँग माग गर्दछौँ’ विज्ञप्तीमा अध्यक्ष चौधरीको चेतावनी छ ‘अन्यथा क्याम्पसले विद्यार्थी, अभिभावक र शिक्षाप्रैमीजस्ता सम्बन्धित पक्षहरु मिलेर चरणवद्ध र सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं।’