वडाको सरकारी सेवा टोल–टोलमा
०७ भदौ २०८१
•
३ मिनेट पाठ
वडाको सरकारी सेवा टोल–टोलमा
शिविरमा नागरिकलाई सेवा दिँदै जनप्रतिनिधि र कर्मचारी।
खोटाङको साकेला गाउँपालिका ३ नं. वडाले हरेक गाउँ टोलसम्म पुगेर सरकारी सेवा दिन थालेको छ। गाउँबासी नागरिकको समस्या वस्तीस्तरसम्मै पुगेर समाधान गर्ने उद्देश्यले वडाका टोल–टोल पुगेर सरकारी सेवा प्रवाह गर्न थालिएको हो।




सेवा प्रवाह गर्न जनप्रतिनिधि कर्मचारी र प्राविधिकसहितको टोली टोलटोल पुगेको छ। सरकारी सेवा दिन ३ नं. वडा खिदिमाले बिहीबारदेखि घुम्ती शिविर सुरु गरिएको हो। टोलीले सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य परीक्षण, मालपोत कर सङ्कलन तथा नागरिकता, प्रतिलिपि, नाता प्रमाणित लगायत विविध सिफारिस दिने काम थालेको हो।

वर्षायाममा सडक बाटो खराब भएका कारण वडा कार्यालयसम्म धाउन कठिनाइ भएकाले गाउँ टोलबाटै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको वडाध्यक्ष गोविन्द तामाङले बताए। उनका अनुसार एउटै वडामा ४ दिनसम्म शिविर सञ्चालन गर्ने योजना रहेको छ। जस अनुसार पहिलो दिन पुङमा, किवा, बोरा र मखमले टोलमा शिविर सञ्चालन सम्पन्न भएको छ।

दोस्रो दिन शुक्रबारको शिविर तावाभञ्ज्याङ, लामीडाँडा र सोल्मामा आयोजना गरिने छ भने तेस्रो दिन शनिबार हात्तिसुँडे, कोक्रा र सौरेमा चलाइने छ। अन्तिम दिन आइतबारको शिविर ढाँडे र बोपुङमा सञ्चालन गरी सरकारी सेवा प्रवाह गर्ने योजना रहेको वडा सचिव राईले बताए।

भौगोलिक विकटताका कारण सानो काम लिन पनि दिन माया मारेर, पैसा र समय खर्चेर वडा कार्यालय पुग्नुपर्ने अवस्था रहेकाले शिविर सञ्चालन गरिएको हो। वडाका कर्मचारी र जनप्रतिनिधि सम्मिलित टोली टोलटोल खटाएर सेवा प्रवाह गर्न थालिएको वडाध्यक्ष तामाङले बताएका छन्।

वडा सचिव सुवास राईका अनुसार भुईतहका वडावासीको सेवा प्रवाहलाई चुस्त र सहज बनाउन शिविर सञ्चालन गरिएको हो। यसबाहेक बृद्धबृद्धा, अशक्त र शारीरिक अपाङ्गता भएका नागरिकलाई वडा कार्यालयसम्म धाउनुपर्ने समस्या समाधान भएको पनि उनले बताए। लाभग्राहीहरूलाई टोलबाटै सामाजिक सुरक्षा भत्ता पट्टा नवीकरण गर्न यसले अझ बढी सहयोग गरेको उनले बताए। 

त्यसैगरी जग्गाको तिरो तिर्न नपाएर जरिवानामा परेका सर्वसाधारणलाई पनि यसले ठूलो राहत महसुस गराएको छ। शिविरलाई बहुपयोगी बनाउन सबैखाले सेवासहितको एकीकृत टोली परिचालन गरिएको छ। यस्ता सेवा लिन नागरिकलाई कुनै प्रकारको झन्झट नहोस् भनेर एकीकृत शिविर सञ्चालन गरिएको सचिव राईले बताए।

पहिलो दिनको शिविरमा ५५ जना सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सेवाग्राही लाभान्वित भएका छन्। त्यस्तै, १ सय घरधुरीले मालपोत कर बुझाएका छन् भने सामान्य प्राथमिक उपचार र सुगर (मधुमेह) र प्रेसर (रक्तचाप) परीक्षण गराउनेको संख्या ६५ जना रहेको सचिव राईले बताए। ३५ जनाले स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्राप्त गरेको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल फुयाँलले बताए।

साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले नागरिकलाई सहज सेवा दिन वडा कार्यालयले थालेको यो काम सराहनी भएको भन्दै प्रशंसा गरेका छन्। उनले आवश्यकता अनुसार गाउँपालिकाले पनि बेलाबेलामा गाउँ टोलसम्मै पुगेर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्दै आएको बताए। नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि जस्तोसुकै कठिनाइपूर्ण काम गर्न पनि साकेला गाउँपालिका तयार रहेको भन्दै त्यही अनुसार वडाले यस्तो कदम चालेकोमा खुसी व्यक्त गरे।

साकेलालाई डिजिटल गाउँपालिका निर्माणको कदम चालिसकेको भन्दै अध्यक्ष राईले यो योजना सफल भएपछि नागरिकले घरै बसेर सबैखाले सेवा लिन सक्ने बताए। ‘हामीले साकेलालाई डिजिटल गाउँपालिका बनाउने काम सुरु गरिसक्यौँ’ अध्यक्ष राईले भने ‘यो योजना पुरा भएपछि कुनै पनि सरकारी सेवा प्राप्त गर्न नागरिकले गाउँपालिका धाइराख्नु पर्दैन, घरमै बसेर सेवा लिन सक्ने वातावरण बन्छ।’

डिजिटल गाउँपालिका बनाएपछि अहिले व्यहोर्नु परेको झन्झटबाट सबै मुक्त हुने उनको बुझाई छ। गाउँपालिकाले गत वर्ष निर्माण गरेको ‘आवधिक योजना’ अनुसार यस्तो कदम चालिएको हो। डिजिटल गाउँपालिका निर्माण योजनालाई प्रमुख प्राथमिकता दिएर काम भइरहेकाले छिट्टै यसले पूर्णता पाउने अपेक्षा पनि उनले गरे। त्यसले गाउँपालिका र वडा कार्यालयबाट प्राप्त हुने सबैखाले सरकारी सेवा लिन घरै बसिबसी सक्नेछन्।

कुनै पनि सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व र कर तथा अन्य जुनसुकै सेवा डिजिटल गाउँपालिका निर्माण भएपश्चात् घरमै बसेर निश्चित फर्म भरेपछि प्राप्त गर्न सकिने अध्यक्ष राईले बताए। 
अर्को समाचार
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
१३ मिनेट अघि
•
१ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
नवलपुर। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ।




सडक किनारमा रोकेर टायर फेर्दै गरेको बा प्र ०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४५० नम्बरको ट्रकले आज दिउँसो पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक मकवानपुरको हेटौँडाका ३० वर्षीय अमर देउलाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनापछि उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएका देउलालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको मनहरि गाउँपालिका–५ का ३० वर्षीय खुसिलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घलानविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
यो पनि पढौँ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस