सिमलताल दुर्घटनाः फेला परेका १९ शवमध्ये १४ को सनाखत
०३ साउन २०८१
•
१ मिनेट पाठ
सिमलताल दुर्घटनाः फेला परेका १९ शवमध्ये १४ को सनाखत
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ। सशस्त्र प्रहरी बल नेपालका नुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँचजनाको सनाखत हुन बाँकी छ।




सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बुधवारसम्म १९ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको जानकारी दिए। बुधवार भेटिएकामध्ये ‘भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ’, उनले भने, ‘यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ,  अन्य पाँच जना पुरुषको सनाखत हुन बाँकी छ।’

गत शुक्रवार बिहान भरतपुर महानगरपालिका–२९ नारायणगढ मुग्लिङ सडकखण्डको सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं को एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नं. को गणपती डिलक्सको बस पहिलोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए। दुवै बसमा गरी ६५ यात्रु रहेको थिए। बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले हाम फालेर ज्यान जोगाएका थिए। रासस
अर्को समाचार
सिन्धुलीमा एक वर्षभित्र २ सय बढी दुर्घटना: ३० जनाको मृत्यु, ५ सय बढी घाइते
०४ साउन २०८२
•
३ मिनेट पाठ
सिन्धुलीमा एक वर्षभित्र २ सय बढी दुर्घटना: ३० जनाको मृत्यु, ५ सय बढी घाइते
मदनभण्डारी राजमार्गको पश्चिम खण्ड अन्तर्गत सिन्धुली हेटौडा सडक खण्डको हरिहरपुरगढी नजिकैको सडक । तस्बिर: अनिल भण्डारी/नागरिक
पछिल्लो समय सिन्धुली राजमार्गहरूको हब नै बनेको छ । तीन ठुला राजमार्गको प्रत्यक्ष पहुँचमा सिन्धुली छ । तर राष्ट्रिय राजमार्गको पहुँचसँगै सिन्धुलीमा दुर्घटना बढ्दै गएको छ ।  सिन्धुली हुँदै तीन ओटा राष्ट्रिय राजमार्ग निर्माण भएका छन् । ती राजमार्गमा पछिल्लो समय दुर्घटना बढ्दै गएको हो ।




निर्माण सम्पन्न भएका तथा निर्माणाधीन राजमार्गहरू नै पछिल्लो समय काल बन्दै गएको छ । पछिल्लो एक वर्षको अवधिमा सिन्धुलीमा दुई सय बढी दुर्घटना भएका छन्। जसमध्ये सबैभन्दा धेरै बिपी राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क छ । २०८१ सालको साउन देखि हालसम्म बिपी राजमार्ग, मदनभण्डारी राजमार्ग पुष्पलाल मध्य पहाडी तथा भित्री सडकमा २ सय ५ ओटा सवारी दुर्घटना भएका छन् ।

तीन ओटा राजमार्गमा एक वर्षको अवधिमा सवारी दुर्घटनाबाट ३० जनाले दुर्घटनामा ज्यान गुमाएका छन् भने ५ सय २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । साँघुरो र घुमाउरो सडक, तीव्र गति, ट्राफिक चेतनाको कमी, सडकका ट्राफिक चिन्हहरू मर्मत सम्भारको अभावका साथै चालकको लापरबाही तथा जोखिमपूर्ण सडकका कारण दुर्घटना बढ्दै गएको स्थानीय बताउँछन्।

बिपी राजमार्ग तथा मध्य पहाडी राजमार्गका विभिन्न ठाउँमा राखेको सडक सुरक्षाका ट्राफिक चिन्हहरू मर्मत गर्नुपर्ने बेला भएको छ । मर्मत नहुँदा रातिको समय यात्रा गर्दा जोखिम भएको छ । यस्तै दिउसै पनि हुस्सु लाग्दा सडकका चिन्हहरू नहुँदा यात्रामा समस्या भएको चालकहरू बताउँछन् । मदनभण्डारी राजमार्ग फराकिलो र ठुलो राजमार्ग बनेको भएपनि घुमाउरो छ । राजमार्ग घुमाउरो मात्रै छैनन् राजमार्गमा अन्नबाली सुकाउने तथा सडक पार गर्दा स्थानीयले सुरक्षा सतर्कता नअपनाउँदा दैनिक जसो दुर्घटना हुने गरेका छन् ।

राजमार्ग पिचको हिसाबमा राम्रो छ, ठुलो पनि छ, दुधौली ट्राफिक प्रहरी पोष्टका हबल्दार हरेराम खतिवडाले नागरिकसँग भने, तर गति तीव्र गर्दा घुमाउन सक्नुभएको छैन, जसले गर्दा दुर्घटना भएको छ । यस्तै ग्रामीण क्षेत्रमा राजमार्ग बनेकाले स्थानीयमा जनचेतनाको समेत कमी भएको उनको भनाई छ । पछिल्लो समय टिपर सहित ठुला गाडीको चाप पनि बढ्दै गएको छ, पूर्वका यात्रुवाहक सवारी धेरै यही राजमार्ग भएर आवतजावत गर्छन्, उनले भने, त्यसैले दुर्घटना पनि बढिरहेको छ । दुर्घटना न्यूनीकरण गर्न जनचेतना जगाउने होर्डिङ बोर्डहरू राख्ने चेकजाँचमा कडाइ गर्ने काम आफूहरूले गरिरहेको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिपी राजमार्गमा ८२ ओटा सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् भने २ सय २३ जना घाइते भएका छन् यस्तै मदनभण्डारी राजमार्गमा ७८ ओटा दुर्घटनामा १४ जनाको ज्यान गएको छ भने २ सय ८ जना घाइते भएका छन् । यस्तै पुष्पलाल मध्य पहाडी राजमार्गमा ७ ओटा दुर्घटना भएको छ । १ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

यस्तै भित्री सडकहरूमा ३८ ओटा दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् भने ७४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता सूर्यप्रकाश सुवेदीको भनाई छ । बिपी राजमार्ग निकै साँघुरो र घुमाउरो राजमार्ग हो, उनले भने, यो राजमार्गबाट यात्रा गर्दा निकै सजगता अपनाउन आवश्यक छ, । राजमार्गको खनियाखर्क क्षेत्रमा हुस्सु लागेर दिउसै बाटो नदेख्ने हुन्छ यस्तो बेला गति न्यून गर्न आवश्यक छ, उनले भने ।

दुर्घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा कडाइका साथै ट्राफिक जनचेतना समेत दिइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यान्त्रिक समस्या, उकालो घुम्ती सडक धेरै भएकाले दुर्घटना भएको देखिएको छ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका कार्यालय प्रमुख एसपी लालध्वाज सुवेदीले भने, चालकको लापरबाहीले पनि दुर्घटना भएको छ । उनका अनुसार ट्राफिक जनशक्तिको अभावमा पनि चेकजाँचमा कडाइ, चालकलाई सचेतना टाइमकार्डको लागु जस्ता कार्य गरिरहेको उनको भनाई छ । 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस