चितवन – भरतपुर अस्पतालको जग्गा भाडामा लिएर सञ्चालन गरिएको कलेज अफ मेडिकल साइन्सेस भरतपुरले समयसापेक्षभाडा पुनरावलोकन गर्न अटेरी गरेको छ। भरतपुर अस्पतालले चैत सोमबारपत्रकार सम्मेलन गरी सम्झौतालाई समयसापेक्ष पुनरावलोकन गरी भाडा रकम बढाउने अस्पतालको प्रयास सफल नभएको जानकारी दिइएको हो।
नेपाल सरकारले विसं २०५२ सालमा भरतपुर अस्पतालको ९ बिघा जग्गा कलेज अफ मेडिकल साइन्सेस भरतपुरलाई ४९ वर्षका लागि भाडामा दिने सम्झौता गरेको थियो। एक वर्षको प्रतिबिघा ५० हजार रुपैयाँ भाडा शुल्क र पाँच वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने सम्झौता भएको थियो।
२०६३ सालमा बद्री तिमिल्सिना भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा सम्झौता पुनरावलोकन गरेर एक वर्षको प्रतिबिघा १ लाख रुपैयाँ लिने र भाडा नबढ्ने सम्झौता गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले बताए। ‘वार्षिक १० प्रतिशत वृद्धि हुने पुरानो प्रावधान बाँकी सम्झौता अवधिका लागि हटाइयो,’ उनले भने, ‘अस्पतालको इतिहासमैपहिलोपटक यस्तोहानीकारक निर्णय गरिएको थियोे ।’सम्झौता पुनरावलोकन गर्न दुई पक्षको सहमति चाहिने भएकाले अस्पतालले चाहेर पनि भाडा समयसापेक्ष बनाउन नसकेको डा. मरासिनीको भनाइ छ।
अहिले चलेको भाडा दरअनुसार मेडिकल कलेजबाट अस्पताललाई आउने रकम ज्यादै कम भएको अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए। ‘अझै २७ वर्ष सम्झौता अविध बाँकी छ,’ उनले भने, ‘भाडा समयसापेक्ष राखौं भनेर मेडिकल कलेजलाई बारम्बार पत्राचार गर्दा पनि कुनै चासो देखाएको छैन्।’
पछिल्लो सम्झौतअनुसार तोकिएको भाडादर पनि मेडिकल कलेजले अस्पताललाई दिएको छैन। महालेखा परीक्षकको कार्यालयले औंल्याएअनुसार ६७ लाख बेरुजु रकम र अस्पताललाई दिनुपर्ने सम्झौताबमोजिमको रकम गरी मेडिकल कलेजको १ करोड ५० लाखभन्दा बढी रकम बक्यौता रहेको छ।
मेडिकल कलेजले प्रयोगात्मक अभ्यासका लागि भरतपुर अस्पताललाई प्रयोग गर्दैआएको छ। अस्पताल र मेडिकल कलेजबीचको सम्झौता पुनरावलोकन र बक्यौता रकम चुक्ता नभएकाले अस्पतालले मेडिकल कलेजका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासमारोक लगाएको डा. मरासिनीले जानकारी दिए।
भाडादर पुनरावलोकनमा मात्र नभएर शवगृह निर्माणमा पनि कलेज अफ मेडिकल साइन्सेस भरतपुरले अटेरी गरेको उनले बताए। भरतपुर अस्पतालसँग ०६९ मा बराबर लगानी गरेर शवगृह निर्माण गर्ने सम्झौता भएपनि एकलौटी निर्माण गरेको उनले दाबी गरे। शवगृह निर्माणमा ७० लाख रुपैयाँ खर्च भएको भन्दै आधा रकम भुक्तानी दिन कलेजले भरतपुर अस्पतालसँगमाग गरेको थियो। मेडिकल कलेजले टेन्डर नगरी शवगृह निर्माण थालेपछि अस्पतालले पुरानो शवगृहलाई मर्मत गरी सञ्चालनमा ल्याएको डा. मरासिनीले बताए।
अस्पताल हाताभित्र रहेको नारायणी डेभलपमेन्ट बैंकले सर्तबमोजिम सेवा प्रदान नगरेकाले अस्पतालले भवन खाली गर्ने प्रक्रिया सुरु गरेको छ। अस्पतालले यही वर्ष न्युरो सर्जरी सेवा, कार्डियोथोरासिस तथा भ्यासकुलर सर्जरी सेवा थालेको छ। अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै मेसिनबाट लुगा धुने प्रविधि प्रयोगमा ल्याएको मरासिनीले बताए।
२०१३ सालमा स्थापना गरिएको भरतपुर अस्पतालमा ६ सय शय्या सञ्चालनमा छन्। ०६३ सालमा बनाइएको गुरुयोजना २०७४ मा स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएको छ। गुरुयोजना अनुसार १० वर्षभित्र अस्पताललाई अतिविशिष्ट सेवासहित एक हजार शय्याको बनाउनुका साथै शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने लक्ष्य राखिएको डा. मरासिनीले बताए।

सम्झौता पुनरावलोकन र बक्यौता रकम चुक्ता नभएकाले भरतपुर अस्पतालले मेडिकल कलेजका विद्यार्थीका लागिप्रयोगात्मक अभ्यासमा रोक लगाएको छ ।