सुन जस्तो देखिने पहेंलो धातुसहित चार पक्राउ
२७ जेष्ठ २०८१
•
१ मिनेट पाठ
सुन जस्तो देखिने पहेंलो धातुसहित चार पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो धातुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा भन्सार छली गरी ल्याइएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।




गएराति प्रहरीले करिब २५ ग्राम सुन जस्तो देखिने पहेंलो धातुको सिक्री र करिब ६९ ग्राम काँचो पहेंलो धातुसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मोरङको केरावारी गाउँपालिका-९ का ३१ वर्षीय सरोज कोइराला र रौतहटको कटहरिया नगरपालिका-६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम रहेका छन्।

कतार एयरको उडानमार्फत नेपाल आएका कोइरालाले उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

त्यसैगरी, शनिबार दिउँसो प्रहरीले करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीसहित थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सप्तरीको सुरुङ्गा नगरपालिका-५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरीको खडक नगरपालिका-६ का ३७ वर्षीय ज्याउदिन मियाँ रहेका छन्।

कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने छ।
अर्को समाचार
सुन जस्तो देखिने धातुसहित एक पक्राउ
३२ असार २०८१
•
१ मिनेट पाठ
सुन जस्तो देखिने धातुसहित एक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनले भने, “एयर अरेबियाको उडानमार्फत सारजाहाबाट काठमाडौं आएका निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँचका क्रममा गएराति पक्राउ गरिएको हो।”

निज घिण्डका साथबाट सिक्री एक थान, बाला दुई थान, मोबाइल चार थान र ल्यापटप चार थानसमेत बरामद् भएको छ।

उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले बताए।
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock ४३ सेकेन्ड अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस