नेपालगन्जको राँझाबाट सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना युवा पक्राउ परेका छन्। राँझामा अवैध रुपमा सुनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उक्त धातु र नगदसहित दुई जनालाई पक्राउ गरेको हो। बुधबार बेलुका ८ बजेतिर उनीहरु पक्राउ परेपनि प्रहरीले बिहीबार दिउँसो मात्र घटना उक्त सार्वजनिक गरेको छ।
गोप्य सूचनाका आधारमा कारोबार भइरहेकै अवस्थामा जाजरकोट बारेकोट गाँउपालिका वडा नम्बर– ६ निवासी २२ वर्षका राजु कार्की र सोही गाउँपालिका वडा नम्बर ८ का २९ वर्षीय पुर्णबहादुर बिकलाई पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट एक किलो सुन जस्तो देखिने पहेँलो धातुको विस्कुट एक थान, नगद दुई लाख ७७ हजार र चार लाखको एउटा चेक बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
पक्राउ परेका कार्की र बिकलाई हिरासतमा राखेर अनुसन्धान गर्दा उक्त धातु ‘नक्कली सुन’ रहेको पुष्टी भइसकेको उनले बताए। ‘सुन जस्तो देखिने यो धातु कहाँबाट ल्याइएको र कहाँ लैजान थालिएको भन्ने कुरा अझै खुलेको छैन,’ एसपी अधिकारीले नागरिकसँग भने। सुन भएको आशंकामा उक्त धातुलाई बिहीबार चेकजाँच गर्दा पूरै नक्कली रहेको पाइएको उनले जिकिर गरे। ‘यो धातुको तौल ६ सय ग्राम मात्र रहेछ, सुनचाँदी व्यवसायी संघ कहाँ लगेर चेकजाँच गर्दा पूरै नक्कली रहेको पाइयो,’ उनले भने, ‘बाहिरबाट सुन जस्तो देखिएपनि भित्र त फलाम मात्र रहेछ।’
प्रारम्भिक अनुसन्धान गर्दा पक्राउ परेका युवाले अर्को व्यक्तिसँग ५ लाख नगद र ४ लाख दिने सहमतिमा किनेको खुलिसकेको एसपी अधिकारीले बताए। सुन भनेर नक्कली सुन बेच्ने र ठगी गर्ने ब्यक्तिको समेत पहिचान भएर पक्राउ गरिसकेको उनले जानकारी दिए। ‘हामीले अब यसमा ठगी केशमा मुद्दा चलाउँछौं,’ अधिकारीले भने। यसअघि नेपालगन्ज विमानस्थलबाट गत भदौं १८ गते पनि चार किलो सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो। श्री एयरको जहाजमार्फत काठमाडौँबाट नेपालगन्ज आएका मोरङका दुई युवाको साथबाट चार किलो सुन बरामद गरिएको थियो।