समयमा भुक्तानी नहुने डरले हुलाकी सडकको काम सुस्त
२६ वैशाख २०८१
•
३ मिनेट पाठ
समयमा भुक्तानी नहुने डरले हुलाकी सडकको काम सुस्त
कैलालीमा हुलाकी राजमार्ग अन्र्तगत लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम थपिएको समयमा समेत सम्पन्न हुने सम्भावना कम देखिएको छ।




लम्कीदेखी पथरैयासम्मको सडक खण्ड निर्माण सम्पन्न भएपनि पथरैयादेखी टीकापुर हुँदै खक्रौलासम्म सडक निर्माणको काम भने सुस्त देखिएको हो।

लम्कीदेखी पथरैयासम्मको ८ किलोमिटर भने १० महिना अघि नै कालिका कन्ट्रक्सनले निर्माण सम्पन्न गरिसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि हरिनाथ योगीले सडक कालोपत्रेका साथै रंग रोगनको काम समेत सम्पन्न भैसकेको जानकारी दिए।

पथरैयादेखी अस्नेहरीसम्म ८ किलोमिटर सडक निर्माणको जिम्मा पाएको एपेक्स खड्का कृष्ण जेभीले पनि कालोपत्रेको काम त सुरु गरेको छ। तर निर्माण कम्पनी स्वयम् समयमै काम सम्पन्न हुनेमा विश्वस्त छैन्।

उसको थप भएको समय समेत आगामी असोज मसान्तसम्म मात्रै छ। निर्माण कम्पनीका साइड इञ्चार्ज केशव डिसीले अहिले कालोपत्रे भएको सडकको बिल समयमै भुक्तानी नभएको उनको भनाइ छ।

कम्पनीले अहिले सडक कालोपत्रको काम पथरैयादेखी दुर्गौली बजारसम्म पुर्‍याएको छ। डिसीले दुर्गौलीदेखी जानकी गाउँपालिकाको सिमानासम्म र टीकापुर बसपार्कदेखी अस्नेहरीसम्म कालोपत्रेको काम समेत केही दिनमै सकिने जानकारी दिएको छ।

‘हामीले पथरैयादेखि सुरु गरेर दुर्गौली बजारसम्म पुर्‍याएका छौं’ उनले भने ‘हाललाई चारलेन सडकबाहेक दुई लेनको सडक कालोपत्रेको काम सक्ने गरी निर्माण कम्पनी लागिरहेको छ।’

सडकखण्डमा पर्ने केही कल्भर्ट तथा पुल, दुर्गौली बजार क्षेत्रमा सडक सम्बन्धी विवाद र टीकापुर क्षेत्रको चारलेन सडकमा भने तत्काल काम गर्न नसकिने डिसीले बताए ।

‘कल्भर्ट लगायतका केही संरचना बनाउन र फोरलेन सडक कालोपत्रेका लागि निर्माण कम्पनी तयार नै छ’ उनले भने ‘तर हुलाकी राजमार्ग आयोजनाले कम्पनीलाई भुक्तानी गर्नुपर्ने रकम निकासा नभए फोरलेन सडक निर्माण गर्न सकिने अवस्था छैन।’

अस्नेहरीदेखी खक्रौलासम्मको ११ किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको रायमाझी गाल्भा जगदम्बा जेभीले अहिलेसम्म सडक बेसको काम समेत सकेको छैन। उसको पछिल्लो थप म्याद पुस मसान्तसम्म रहेको छ।  

कम्पनी प्रतिनिधि चन्द्र लम्सालले समेत भुक्तानीमा समस्या आउन सक्ने डरले सडक निर्माणको काम अघि बढाउन नसकिएको बताए। उनका अनुसार आयोजनाले भुक्तानीमा ढिलाई गरिरहेको छ। जसका कारण निर्माण कम्पनी खर्च गर्न डराइरहेको छ।

‘आयोजनासँग बजेट छैन। आफ्नै लगानी गरेर काम गर्दा सम्भव छैन’ उनले भने,‘भोलि समयमा भुक्तानी भएन भने समस्या हुन्छ।’ आयोजनासँग बजेट अभाव रहेको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय धनगढीका सूचना अधिकारी बर्ख कठायतले स्वीकारेका छन्। 

उनले चालु आर्थिक वर्षको ३९ करोड रुपैयाँ फागुन महिनामै सकिएको जानकारी दिए। उनले थप १५ करोड बजेट माग गरिएको बताए। ‘एक महिना अघि नै थप बजेट माग गरिएको हो’ उनले भने,‘अर्थ मन्त्रालयमा रोकिएको छ भन्ने सुनिएको छ। बजेट निकासा हुने निश्चितता छैन।’

उनले निर्माण सम्पन्न भएका कामको भुक्तानीमा ढिलाई भएको कुरा समेत स्वीकारेका छन्। उनले ढिलो भएपनि भुक्तानीमा कुनै समस्या नहुने बताए। निर्माण कम्पनी र आयोजनाको कुरा सुन्दा अहिले भैरहेको कामको भुक्तानी चालु आर्थिक वर्षमा हुने सम्भावना देखिदैन्। यदि चालु आर्थिक वर्षमा भुक्तानी नहुने हो भने निर्माण कम्पनीले ठूलो आर्थिक मार व्यहोर्नुपर्ने देखिन्छ।

निर्माण कम्पनीले भोलि व्यहोर्नुपर्ने आर्थिक मारको डरले सडक निर्माणको काममा ढिला सुस्ती गरिरहेका छन्।

तर सडक निर्माणको काममा ढिलाई भैइरहेको प्रति स्थानीयले भने आक्रोश व्यक्त  गर्ने गरेका छन्। लामो समयदेखि सडक निर्माणको काम भैइरहेकाले स्थानीयले आवागमनमा समस्या भोग्नु परिरहेको छ। 
अर्को समाचार
भोजपुर-लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो
१० साउन २०८२
•
१ मिनेट पाठ
भोजपुर-लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो
भोजपुरलाई बाह्य जिल्लासँग जोड्ने मुख्य मार्ग भोजपुर–लेगुवा ६६ किलोमिटर सडक मर्मत भइरहेको छ।




विगतमा कालोपत्र भएको सडकमा खाल्डाखुल्डी परेपछि यहाँ मर्मत गरिएको हो। तर, भत्किएको ठाउँमा टालिएको कालोपत्र काम गर्ने चरणमा नै भत्किएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। सडक डिभिजन कार्यालय तुम्लिङटार मातहत भइरहेको काम गुणस्तरहीन  रहेको स्थानीयवासीको आरोप छ। टालिएको सडक मर्मतकै क्रममा उप्किएको स्थानीयवासी सरबहादुर श्रेष्ठले बताए। सडक मर्मतको काम गुणस्तरीय नदेखिएको उनको भनाइ छ।  

'सडकको खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ,' उनले भने, 'खाल्डा पुरिएको ठाउँ भत्किएर उस्तै अवस्थामा छ। सडक मर्मतको काम गुणस्तरीय ढङ्गले भएजस्तो हामीलाई लाग्दैन। पुरिएका खाल्डा एक/दुई महिना नहुँदै भत्किएका छन्। यो कामको अनुगमन हुनु पर्यो।'

यो सडक खण्डमा विभिन्न ठाउँमा खाल्डा परेर सवारी आवतजावतमा जोखिम बढेपछि सडक टाल्ने काम गरिएको हो। टालिएको सडक पुनः भत्किएपछि स्थानीयले उक्त काम सन्तोषजनक नरहेको बताएका छन्। सडक मर्मतको कामको गुणस्तरीयतामा ध्यान दिन नियमित अनुगमन गर्नुपर्ने स्थानीयको माग छ। सडक मर्मत राम्रो नहुँदा खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको स्थानीयले बताउने गरे छन्। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस