डोल्पा – दुर्गम जिल्ला डोल्पामा पहिलो पटक ५३ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवस भव्य रुपमा मनाइएको छ।
जिल्ला दलित संघर्ष समिति,डोल्पा दलित सशक्तिकरण केन्द्रको आयोजना र केड,क्लेप नेपाल र त्रिपुरा सुन्दरी नगरपालिकाको सहयोगमा पहिलो पटक डोल्पामा यो दिवस मनाईएको हो।
जिल्ला स्तरीय रुपमा मनाइएको दिवसमा बिभिन्न क्षेत्रबाट सहभागी भएका दलित समुदायले जातिय विभेद विरुद्धका सन्देशमुलक नाचगान,देउडा,नाटक,मुक्तक लगाएत प्रस्तुतिहरू देखाइएको थियो।
दलितको हातबाट गैर दलितले पिए जुस र पानी
दलित र गैर दलित समुदायको सहभागिता रहेको कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिका उप प्रमुख चन्द्रा कुमारी बुढा,त्रिपुरा सुन्दरी नगरपालिकाका वडा नम्बर १ का स्थानीय समाजसेवी दिलबहादुर बिष्ट,अन्तरपार्टी महिला संञ्जाल डोल्पाकी अध्यक्ष काली चलाउने,त्रिपुरा सुन्दरी नगरपालिका २ का वडा अध्यक्ष नन्दबहादुर थापा लगाएतका गैर दलितहरुले दलितको हातबाट जुस र पानी पिएर जातिय विभेद न्यूनिकरणको सन्देश दिए।
अन्तर्जातीय बिहे गर्नेलाई सम्मान
कार्यक्रमा अन्तर्जातीय विवाह गर्ने जोडीलाई दोसल्ला र टोपी लगाएर सम्मान गरिएको थियो। त्रिपुरा सुन्दरी नगरापलिका १ अन्र्तगत रल्ली गाँउका हरी कुलाल र हरीमाया थापालाई नगर उप प्रमुख चन्द्र कुरामारी बुढा र वडा नम्बर १ का अध्यक्ष कर्मसिँह थापाले अबीर र दोसल्ला ओडाएर संयुक्त रुपमा सम्मान गरेका थिए।
सोही कार्यक्रममा डोल्पामा जातिय विभेद बड्दो अवस्थामा रहेकाले जातिय विभेद उन्मूलनको आन्दोलनलाई सहयोग गर्न दलित,गैर दलित र अधिकारबादीहरुलाई डोल्पा दलित सशक्तिकरण केन्द्रका अध्यक्ष हरीचन्द्र बिटालुले आग्रह गरेका थिए।
डोल्पामा ८० प्रतिशत छुवाछुत कायमै
डोल्पामा दलित अधिकार सम्बन्धी काम गर्दै आएको गैह्र सरकारी संस्था केड नेपालका प्रतिनिधि लिला टमाटाले डोल्पामा छुवाछुतको अवस्था भयावह रहेको बताए।
उनका अनुसार आफूहरूको सर्वेक्षण अनुसार डोल्पामा अझै ८० प्रतिशत भन्दा माथि जातिय विभेद हुने गरेको पाइएको छ। डोल्पामा मान्छे मरेको बेला क्रियापुत्री र उसका परिवारले समेत दलितसँग कुरा समेत नगर्ने गरेको पाइएको छ। यो एकदमै अमानवीय व्यवहार हो,यसको उन्मूलकालागि जिल्लाका सम्पूर्ण सरोकारवाला र बिशेष गरेर स्थानीय सरकार चनाखो हुनुपर्छ।
उनले भने डोल्पाकै एक विद्यालयमा पढाउने शिक्षकले समेत दलित विद्यार्थीको हातबाट पानी नखाने गरेको पाइयो।
अझै पनि डोल्पाका मठ मन्दिर,धारा,कुवा लगाएतका सार्वजनिक सम्पदाहरूमा दलितलाई प्रवेशमा रोक लगाएकोमा दलित अधिकारवादीले दुख ब्यक्त गरेका थिए। डोलपाको इतिहाँसमै पहिलो पटक भएको कार्यक्रममा दलितहरुको उत्साहजनक सहभागिता रहेको थियो।