समयमै पाठ्यपुस्तक पाउँदा नतीजा सुधारोन्मुख
२३ चैत्र २०८०
•
३ मिनेट पाठ
समयमै पाठ्यपुस्तक पाउँदा नतीजा सुधारोन्मुख
फाइल तस्वीर
केदारस्यूँ गाउँपालिकाको जनचेतना आधारभूत विद्यालय देउरामा पढ्छिन्, अङ्किता दमाईं। अघिल्ला कक्षाहरूमा मुस्किलले प्राप्ताङ्क पुर्‍याउने अङ्किताले यसपटक भने कक्षामा उत्कृष्ट अङ्क ल्याइन्। पाठ्यपुस्तकको कमी र मेहेनत नहुँदा कमजोरी हुने अङ्किताको यस वर्षको नतीजा देखेर भने घरमा पनि सबै दङ्ग छन्।




“उसको पढ्ने रहर थियो तर पढ्नलाई किताबै पाइँदैन थिए”, उनकी दिदी सिर्जनाले भनिन्, “पुराना किताब आधा च्यातिसकेका हुन्थे। घरमा पनि खासै पढाइमा कसैले सघाउँदैन थिए। यसअघि बहिनीको नतीजा पनि गतिलो हुँदैन थियो।”

गत वर्ष पाँच कक्षामा भर्ना गर्न जाँदा नयाँ किताब पाएपछि भने बहिनीको पढ्ने बानीमा पनि विकास भएको भन्दै वार्षिक परीक्षामा उत्कृष्ट नतीजा आएको सिर्जनाले बताइन्।

सोही विद्यालयका तेजेन्द्र भण्डारीले ४ कक्षामा पढ्ने बेला एउटा किताब फागुनमा पाइएको बताए। “फागुनमा किताब पढेर चैतमा जाँच दिएपछि पास हुनु मुस्किल हुन्थ्यो। मेरो मात्रै नभई अरू विद्यार्थीले पनि खासै पढ्न पाउँदैन थिए। यो पटक सबैले राम्रो अङ्क ल्याएर पास भएका छन्”, उनले भने।

वित्थडचिर गाउँपालिकाको केदार माविमा पढ्ने विनोद बोहरा विद्यालयमा राम्रो विद्यार्थी भनेर चिनिन्छन्। गत वर्ष भर्नासँगै पुस्तक पाएपछि भने उनले झन् मेहेनत बढाए।

“विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो। सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचेक्रयाइँ गर्नुहुन्थ्यो”, उनले भने, “आधा कोर्ष पढाइ नहुँदै वार्षिक परीक्षा हुन्थ्यो। अहिले भने सबै पढाइ हुन्छ। विद्यार्थीहरू पनि राम्रो नम्बर ल्याएर पास हुन्छन्।”

बोहराको जस्तै अनुभव छ, सोही विद्यालयमा अध्ययन गर्ने कल्पना ढाँटको। उनले भने, “सरकारले किताब दिएको छ, सरहरूले खुसी भएर पढाइरहनुभएको छ। सङ्घसंस्थाले सहयोग गरिरहनुभएको छ। केही अपुग भए पनि हामी गुनासो गर्छौं। समस्या समाधान हुन्छ।”

जिल्लाकै बढी विद्यार्थी हुनेमध्येको केदार माविमा यसपटक नतिजा राम्रो आएको उनले सुनाए।

शैक्षिक सत्रसँगै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेमा नतीजा सुधारोन्मुख हुने शिक्षा विकास तथा समन्वय इकाइ बझाङले जनाएको छ। इकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहका अनुसार विद्यार्थीको नतीजाको तथ्याङ्क यकिन नभए पनि नतीजामा सकारात्मक सुधार आएको छ। विद्यार्थीले पाठ्यपुस्तक समयमै पाउँदा वर्षभरिमा पढाइ पनि हुने र ज्ञान पनि हासिल गर्ने उनले बताए।

गत शैक्षिक सत्र २०८० को वैशाखमा विद्यार्थी भर्नासँगै हातहातमा पाठ्यपुस्तक वितरण गरेका सामुदायिक विद्यालयले यस वर्ष पनि भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने तयारी गरिरहेका छन्। कतिपय विद्यालयले आवश्यकता अनुसार चैतमै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकेका छन् भने कतिले ल्याउने तयारी गरिरहेका छन्।

खप्तडछान्ना गाउँपालिकाको शिक्षा शाखा प्रमुख हरिप्रसाद सोतीका अनुसार जम्मा विद्यार्थी सङ्ख्याको ७५ प्रतिशत पुग्ने गरी पाठ्यपुस्तकका लागि विद्यालयलाई भुक्तानी भइसकेको छ।

“सोही अनुसार विद्यालयले पाठ्यपुस्तक ल्याउँछन्”, उनले भने, “नतिजापछि विद्यार्थीहरू घटबढ हुन सक्छन् भनेर अहिले ७५ प्रतिशत पाठ्यपुस्तक ल्याउन विद्यालयलाई भनेका छौं। बढी ल्याउँदा पछि खेर जान पनि सक्छन्। बरू छुटेको खण्डमा फेरि पुस्तक ल्याउन विद्यालयलाई भुक्तानी गरिदिन्छौं।”

जनक शिक्षा सामग्री केन्द्रका आधिकारिक बिक्रेता रहेका पुस्तक पसलले पुस्तक ढुवानी गरिरहेका शिक्षा विकास तथा समन्वय विकास इकाइले जनाएको छ। इकाइका अनुसार जिल्लाका सबै सामुदायिक विद्यालयबाट विद्यार्थीले नयाँ पुस्तक पाउनेछन्।
अर्को समाचार
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
२१ मिनेट अघि
•
१ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।




सरकारले होल्डिङ सेन्टर खाली गरेर आ–आफ्नो स्थानीय तहमा जान आग्रह गरिरहेको छ। यता सुकमबासी परिवारले भने सुरक्षित आवास र पुनर्स्थापनाको सुनिश्चितता नभएसम्म ठाउँ नछाड्ने अडान राखेका छन्।

सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने आश्वासन दिएर होल्डिङ सेन्टरमा सारेका परिवार सात महिनादेखि त्यहीँ बस्न बाध्य छन्। यसबिच उचित व्यवस्थापन हुन नसकेको र पछिल्लो समय खानासमेत कटौती गरिएको भन्दै शुक्रबार उनीहरू सरकारको विरोधमा उत्रेको थिए।

शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले दिएको समय सीमाको विरोधमा त्यहाँ रहेका सुकुमबासी सडकमा पुगेर विरोध प्रदर्शनमा उत्रेका थिए।

शुक्रबार दिनभर विरोधमा उत्रेर होल्डिङ सेन्टरबाट नहटेपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल शनिबार साँझ स्वयं त्यहाँ पुगेकी थिइन्। 

मन्त्रालयका पदाधिकारी र भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कासहित साँझ ६ बजे होल्डिङ सेन्टर पुगेकी मन्त्री रावलले पीडित परिवारसँग करिब दुई घण्टा छलफल गरेकी थिइन्।

मन्त्री रावलले सरकार सुकुमबासी व्यवस्थापनप्रति प्रतिबद्ध रहेको बताउँदै उनीहरूलाई आफ्नो नागरिकता भएको स्थानीय तहमा सम्पर्क गर्न र जग्गा प्राप्तिको निस्सा लिएर होल्डिङ सेन्टर छाड्न आग्रह पटक पटक आग्रह गरेकी थिइन्।

सम्बन्धित स्थानीय तहमा जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा रहेको उनको दाबी थियो। मन्त्रीको आगमनपछि शुक्रबार साँझदेखि रोकिएको खाना र पानी वितरणसमेत शनिबारदेखि पुनः सुरु भएको थियो। तर, सुकमबासी परिवारले दशकौँदेखि काठमाडौं उपत्यकामै बसोबास गर्दै आएको, यहीँ श्रम र रोजगारी गरेर जीवन निर्वाह गरिरहेको तथा पटक पटक यहीँबाट मतदानसमेत गरेको भन्दै अन्यत्र पठाउने सरकारी प्रस्ताव अस्वीकार गरे।

उनीहरूले गाउँमा रोजगारी र जीविकोपार्जनको अवसर नभएको अवस्थामा स्थानीय तहको नाममा जग्गाको निस्सा दिएर मात्र समस्या समाधान नहुने बताए।

‘हाम्रो भोट काठमाडौंमा चल्ने, तर हामीले बस्न चाहिँ किन नपाउने? हामी जहाँ बसेका छौँ, त्यहीँ भूस्वामित्वसहित आवास र उचित पुनर्स्थापनाको सुनिश्चितता हुनुपर्छ,’ पीडित परिवारको भनाइ छ। उनीहरूले आफ्नो व्यवस्थापनको सुनिश्चितता नभएसम्म होल्डिङ सेन्टर नछाड्ने जिद्दी कसे।

सरकारको पछिल्लो कदमप्रति असन्तुष्टि जनाउँदै सुकुमबासी परिवारले मन्त्री रावललाई विभिन्न मागसहित शनिबार ज्ञापन पत्रसमेत बुझाएका थिए। होल्डिङ सेन्टर खाली गर्ने सूचना तत्काल फिर्ता लिनुपर्ने, वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबरजस्ती हटाउन नहुने उनीहरूको पहिलो माग छ।

त्यस्तै, सरकारी अभिलेखमा जग्गा देखिएकै आधारमा भूमिहीन तथा सुकमबासी नठहराउने निर्णयमा पुनर्विचार गरी निष्पक्ष स्थलगत निरीक्षण र छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

जग्गाको अभिलेखमा नाम देखिए पनि वास्तविक स्वामित्व, भोग चलन र आवासको अवस्थालाई आधार बनाएर न्यायिक निर्णय गर्नुपर्ने उनीहरूको भनाइ छ। कोठा भाडा वा अस्थायी आवासको विकल्प आफूहरूलाई मान्य नहुने बताउँदै उनीहरूले सुरक्षित र सम्मानजनक भूस्वामित्वसहितको आवास उपलब्ध गराउन माग गरे।

वैकल्पिक व्यवस्थापनबिना भत्काइएका घरटहरा, नष्ट भएका सम्पत्ति र जीविकोपार्जनमा पुगेको क्षतिको निष्पक्ष मूल्याङ्कन गरी उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत उनीहरूले अघि सारे।

यसैगरी, व्यवस्थापनबिना घरटहरा भत्काउँदा भएको जनधनको क्षति र निष्कासनका क्रममा भएका मानवीय घटनाको छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।

मागपत्र बुझेकी मन्त्री रावलले त्यसबारे तत्काल कुनै प्रतिक्रिया दिइनन्। उनले सोमबार पुनः होल्डिङ सेन्टर पुगेर थप छलफल गर्ने आश्वासन दिएकी थिइन्।

सुकुमबासी परिवारको अवस्था र मागबारे सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, नागरिक अगुवा तथा बुद्धिजीवीले समेत सरकारलाई जबरजस्ती नगर्न आग्रह गर्दै आएका छन्।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालका केन्द्रीय सल्लाहकार तथा काठमाडौं उपत्यका इन्चार्ज दलमर्दन कामीले मन्त्री पीडित परिवारको अवस्था बुझ्न पुग्नु सकारात्मक भए पनि अब त्यसलाई व्यवहारमै न्याय दिने निर्णयमा परिणत गर्नुपर्ने प्रतिक्रिया नागरिक दैनिकसँग गरे।

उनले सोमबारको भेट केवल आश्वासन र छलफलमा सीमित नभई पीडित परिवारको सुरक्षित आवास, भूस्वामित्व र उचित पुनर्स्थापनाको सुनिश्चितता गर्ने ठोस निर्णयसहित हुनुपर्नेमा जोड दिए । पीडित परिवारले अधिकारको प्रमाणपत्र हातमा लिएर सम्मानपूर्वक होल्डिङ सेन्टरबाट बाहिरिन पाउनुपर्ने उनले माग राखे।

मध्यपुर थिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा हाल १९ परिवारका ५९ जना बस्दै आएका छन्। तीमध्ये १७ जना बालबालिका छन्।
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
यो पनि पढौँ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस