डोल्पा– हिमाली जिल्ला डोल्पाको करोपगाडसम्म यातायात संञ्चालनमा आएको छ।
त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडसम्म यातायात सञ्चालनमा ल्याइएको हो। यातायात संचालनमा ल्याइएसंगै बर्षौदेखिको सडकसंग जोडिने डोल्पालीको सपना पुरा हुँदै गएको छ।
नेपाली सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत त्रिबेणी बजार देखि करोपगाडसम्मको पाँच किमी सडकखण्ड निर्माण गरेर यातायात संञ्चालनमा ल्याइएको सेनाले जनाएको छ।
डोल्पालीले यातायात नहुँदा खेप्नुपर्ने समस्यालाई मध्यनजर राख्दै त्रिबेणी–करोपगाड खण्डमा आन्तरिक यातायातको रुपमा जीप, ट्याक्टर लगायतका हलुका यातायातका साधनहरु संञ्चालनमा ल्याइएको सेनाले जानकारी दिएको छ।
जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाई ११७ दशमलव ७ किमी सडक खण्डमध्ये ११४ दशमलव ७ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेकोे छ।
सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक संञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको जाजरकोट–डोल्पा सडक खण्डका कार्यदल प्रमुख कर्णेल बिश्वबन्धु पहाडीले जानकारी दिए। करोपगाडसम्म गाडी पुगेसँगै नेपालगन्ज डोल्पाको यात्रा समेत छोटिएको छ।
नेपाली सेनाले अनेकन भीरपहरा छिचोल्दै नेपालगन्ज डोल्पासम्मको सडक दुरी घटाउँदै सडक पहुँचसंग डोल्पा जोड्न थालेपछि पैदल हिँडेर जाँदा चार दिनसम्म लाग्ने नेपालगञ्ज, सुर्खेतको यात्रा छोटिएर दुई दिनमा झरेको त्रिपुरा सुन्दरी नगरपालिका ५ का स्थानीय मोतिप्रसाद न्यौपानेले बताए।
सडक यातायात पुगेपछि डोल्पाको एकमात्र यातायातको साधनको रुपमा रहेको जुफाल बिमानस्थलमा हप्तौँ कुरेर जहाज टिकट लिनुपर्ने बाध्यता समेत टर्न थालेको उनले बताए।
जाजरकोट डोल्पा सडक निमार्णकार्य दलका प्रमुख बिश्वबन्धु पहाडीले भने, ‘अब बाँकी तीन किमी सडकखण्ड चट्टानै चट्टान भएकाले एकदमै चुनौतीपूर्ण रहेको छ, थुप्रै चुनौतीका बाबजुद पनि सेनाले हार नखाएर निर्माणकार्यमा अहोरात्र खटिरहेको छ।’
०७५ दशैँसम्ममा डोल्पा दुनैसम्म ट्रयाक खुलाएर डोल्पाली जनताको बर्षौ देखिको सडक सपना साकार पार्ने लक्ष्य अनुरुप सेना अगाडी बढिरहेको उनले सुनाए।
अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने श्रीवीण्डे–खदाङ तीन किमी सडकखण्डमा काम भइरहेको छ। यस खण्डको बीचमा चिप्ले, फोई, फुलपानी भिर, चुँ गाड भिर लगायतका दर्जनौं कडा चट्टानयुक्त भिर पहरा फुटाउनका लागि सेनाले विभिन्न ठाँउमा निर्माण बेश खडा गरेर तीब्र रुपमा काम अगाडि बढाइरहेको छ।
जाजरकोट डोल्पाको सीमा बिन्दु त्रिवेणीदेखि “खदाङसम्मको बाटो निर्माण कार्य सम्पन्न भइ सकेपनि केन्द्रबाट उच्च पदस्थ ब्यक्तिहरुको आगमनको समय पटक पटक नमिलेकाले खदाङसम्मको सडक खण्ड उद्घाटनमा ढिलाई हुँदा भने आफूहरुलाई समस्या भएको खदाँगका लक्ष्मीकान्त उपाध्यायले बताए।
डोल्पाको करोपगाडमा यातायातका साधन सन्चालनमा ल्याएको सेनाले अबको दुई साताभित्रै त्रिपुरा सुन्दरी नगरपालिकाको खदाङसम्म सडक उद्घाटन गरेर यातायात संञ्चालनमा ल्याउने तयारीमा नेपाली सेना अगाडी बढेको कर्णेल पहाडीले जानकारी दिए।
जाजरकोट–डोल्पा सडकखण्डको जिरो प्वाइन्ट जारकोटको पासगाड देखि श्रीवीण्डे बजारसम्मको ९० किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको सेनाले जनाएको छ।
०७३ साउन २३ गते त्रिबेणी बजारसम्म ७७ किमी सडक निर्माण सम्पन्न गरेर प्रधान सेनापती राजेन्द्र क्षेत्रीद्धारा उद्घाटन गराएर सीमाना प्रवेश गराइएको थियो।
दुई छिमेकी जिल्ला भारत र उत्तरी चीनसमेत गरि त्रिदेशीय सडक संञ्जालको रुपमा रणनैतिक महत्व बोकेको यस सडकखण्ड अन्तरदेशीय मुख्य ब्यापारिक मार्गको रुपमा राज्यले लिएको छ।