छात्रामाथि दुर्व्यवहार गर्ने प्रिन्सिपलमाथि करणी उद्योगमा मुद्दा
०४ चैत्र २०७४
•
५ मिनेट पाठ
छात्रामाथि दुर्व्यवहार गर्ने प्रिन्सिपलमाथि करणी उद्योगमा मुद्दा
काठमाडौं– प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीमाथि प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । कार्की आफै प्रिन्सिपल रहेको ललितपुर ताल्चीखेलस्थित  ज्ञानकुञ्ज स्कुलमा कक्षा १० मा पढ्ने एक छात्रामाथि दूव्र्यवहार गरेको आरोपमा शुक्रबार पक्राउ परेका थिए । कार्कीले स्कुलको होस्टेलमा शुक्रबार बेलुका यौन दुर्व्यवहार गरेको पिडित छात्राको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । 

शुक्रबार बेलुका उनी होस्टलको बरन्डामा निस्केर टोलाइरहेकी थिइन् । सम्बद्ध स्रोतका अनुसार त्यति नै बेला प्रिन्सिपल कार्की छात्रा भएको ठाउँ पुगे । उनले टोलाइरहेकी छात्रालाई सान्त्वना दिने बहानामा नजिकै गएर चुम्बन गर्न खोजेको छात्राको आरोप छ ।

कार्कीमाथि पिडितको जाहेरीका आधारमा मुद्दा दर्ता गरिएको र अदालतबाट पाँच दिन म्याद थपेर अनुसन्धान सुरु गरेको सातदोबाटो प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद सिलवालले जानकारी दिए । ‘पिडित युवतीको जाहेरी अनुसार जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भइसकेको छ, आइतबार नै जिल्ला अदालत ललितपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढेको छ,’ सिलवालले भने । 

पक्राउ परेका कार्की र पिडित युवतीको स्वास्थ्य परीक्षण समेत गरिसकिएको प्रहरीले जनाएको छ । कार्कीको पाटन अस्पताल र पिडित युवतीको थापाथलीस्थित प्रसुती गृहबाट स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

कार्की पक्राउ परेलगत्तै शनिबार दिउसो प्याब्सनका पदाधिकारी प्रहरी वृत्त सातदोबाटो पुगेका थिए । प्याब्सनका अधिकारीले मुद्दा अघि नबढाउन र छात्राका अभिभावकलाई दबाब दिएका थिए । प्याब्सनका अधिकारीको दबाबका कारण शनिबार साँझसम्म पनि जाहेरी दिन आलटाल गरेका आफन्तले साँझ भने जाहेरी दिएका थिए ।  

यस्तो थियो घटना 

पीडितका आफन्तका अनुसार ज्ञानकुञ्ज  स्कुलमा कक्षा १० मा अध्ययनरत एक छात्रा दुई दिनअघि मात्र होस्टल बस्न थालेकी थिइन् । उनको पढाइ कमजोर भएको भन्दै प्रिन्सिपल कार्कीले होस्टलमा राख्न अभिभावकसँग आग्रह गरेका थिए । आर्थिक अवस्था कमजोर रहेकी छात्रालाई खाना खर्च बाहेकको अन्य खर्च स्कुलले नै व्यवस्था गरिदिने आश्वासन कार्कीले दिएका थिए । एसइई परीक्षा नजिकिँदै गरेकाले अभिभावकले पनि प्रिन्सिपलको आग्रह स्वीकार गर्दै छात्रालाई होस्टलमा राखेका हुन् । घर छाडेर बाहिर नबसेकी उनले केही असहज महसुस गरिरहेकी थिइन । शुक्रबार बेलुका उनी होस्टलको बरन्डामा निस्केर टोलाइरहेकी थिइन् । सम्बद्ध स्रोतका अनुसार त्यति नै बेला प्रिन्सिपल कार्की छात्रा भएको ठाउँ पुगे । उनले टोलाइरहेकी छात्रालाई सान्त्वना दिने बहानामा नजिकै गएर चुम्बन गर्न खोजेको छात्राको आरोप छ ।

कार्कीले ती छात्रालाई दुव्र्यवहार गर्न खोजिरहेकै बेला अरु विद्यार्थी त्यहाँ पुगेपछि उनले छाडिदिएको छात्रालाई उद्धृत गर्दै एक आफन्तले बताए । प्रिन्सिपलबाटै दुव्र्यवहार भएपछि ती छात्राले परिवारलाई खबर गरेकी थिइन् । कार्कीले घटना बाहिर नल्याउन छात्रालाई दबाब दिए पनि छात्राले रुँदै आफन्तसँग घटना विवरण सुनाएकी थिइन् । छात्राले खबर गरेपछि घटनास्थलमा पुगेका आफन्तले प्रिन्सिपल कार्कीमाथि हातपात पनि गरेका थिए । आफन्तले नै कार्कीलाई प्रहरीको जिम्मा लगाएका थिए । प्रिन्सिपल कार्कीले भने आफूले गलत नियतले दूव्र्यवहार गरेको नभई टोलाईरहेकी छात्रालाई सान्त्वना दिन खोजेको दाबी गरेको प्रहरीले जनाएको छ । 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस