मुगु- वैकल्पिक उर्जा विकास कार्यक्रमका कर्मचारी भएको भन्दै एक जनाले मुगुम कार्मारोङ्ग गाउँपालिकामा सौर्य पाता, प्लाष्टिक टनेल दिने भन्दै १२ लाख बढी गठी गरेर भागेका छन्।
जुम्ला जिल्ला साविकको डिल्लीचौर र हालको पातारासी गाउँपालिका वडा नम्बर ७ का विर्ख बुढाले मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ७ र ८ माँग्री तथा मह गाउँका ४ सय घर परिवारबाट प्रतिघर ३ हजार २ सयका दरले १२ लाख ८० हजार रकम उठाएर अहिले फरार रहेको पाईएको हो। बुढाले हरेक घरमा सोलार, वेमौसमी तरकारीका लागि प्लाष्टिक टनेल तथा चर्पी नबनेका घरधुरीलाई शौचालय बनाईदिने सरकारको निर्णय रहेको भन्दै गाउँमा सर्वसाधारणको भेला गराएर गएको असोज कार्तिकमा प्रति घरधुरीबाट ३ हजार २ सयका दरले रकम उठाए पनि हाल त्यो मान्छे सम्पर्क विहिन भएको वडा नम्बर ८ का वडा अध्यक्ष धोर्पाछिरिङ्ग लामाले बताए। गाउँमा गएर सम्पर्क विहिन भएका बुढाले वडामा रहेका जनप्रतिनिधिहरुको रोहोबरमा भेला गराई रकम उठाएको र अहिले मात्र आफुहरु ठगिएको पत्ता लागेको वडा नम्बर ७ का अध्यक्ष च्याबा तामाङ्गले बताए।
बुढाले छायानाथ रारा नगरपालिकाकको वडा नम्बर ७ पिनामा समेत केहि रकम उठाएको र स्थानीयले ठगी गर्न लागेको थाहा पाउँदा उनी भागेको तथा पिना गाउँका स्थानीय युवाले जुम्ला र मुगुको सीमानामा पर्ने भुलभुलेमा समाते पनि बुढा त्यहाँबाट पनि उम्किन सफल भएको आफुले जानकारी पाएको तामाङ्गको भनाई छ। त्यहाँबाट उम्किए पनि नेपालगञ्जमा पुन प्रहरीले समातेको र दुई दिन भित्र रकम फिर्ता गर्छु भन्ने कागज गरि बाहिर निस्केका बुढा फेरी सम्पर्क विहिन भएकाले आफुहरुले गाउँपालिका , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा बुढाका विरुद्ध उजुरी दिने तयारी गरिरहेको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ७ का स्थानीयवासी सोनाम लामाले बताए।