गुल्मीका पर्यटकीय स्थल ओझेलमा
०२ चैत्र २०७४
•
८ मिनेट पाठ
गुल्मीका पर्यटकीय स्थल ओझेलमा
गुल्मी – प्रशस्त सम्भावना भएका गुल्मीका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन। जिल्लामा बिभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु धेरै भएपनि संरक्षण र प्रचार प्रसार हुन नसक्दा  पर्यटकीय स्थलहरु अझैसम्म पनि ओझेलमा परेका हुन।

ऐतिहासिक, धार्मिक तथा बिभिन्न सांस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक सम्पन्न जिल्लाका यस्ता स्थलहरू संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा बोल्नेहरूले जिल्लाका थुप्रै पर्यटकीय स्थलहरु आझेलमा परेको बताएका हुन्।

जिल्लाको धरोहरका रुपमा रहेको पर्यटकीय स्थल रेसुङ्गाको पर्यटकीय गुरुयोजना निर्माण गर्नका लागि सृजनशिल सामुदायिक विकास केन्द्र गुल्मीले आयोजना गरेको एक कार्यक्रममा बोल्नेहरुले गुल्मीमा ऐतिहासिक,धार्मिक तथा बिभिन्न सांस्कृतिक सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पर्यटकीय स्थलहरु उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए।

रेसुङ्गाको नामले गुल्मेलीहरूलाई चिनाए पनि गुल्मेलीले नै रेसुंगालाई चिन्न नसकेको नेपाली कांग्रेस गुल्मीकी प्रवक्ता विष्णुकुमारी सापकोटाले बताइन। रेसुङ्गाको नामले नेपालका बिभिन्न स्थानहरूमा गुल्मीलाई चिनाएको छ सापकोटाले भनिन‘ तर हामीले रेसुङ्गाको मात्र उचित संरक्षण र प्रचार प्रसार गर्न नसकेकाले पछाडी परेका छौ।’ जिल्ला बन अधिकृत कृष्ण न्यौपानेले रेसुङ्गाको विकासका लागि पहिले हाम्रो बानीमा विकास गर्न जरुरी रहेको बताए। बिदामा घुम्न र मनोरञ्जन गर्न बाहिरी जिल्ला जान खोज्ने अनि कसरी गुल्मीको पर्यटकीय विकास हुन्छ न्यौपानेले भने‘ रेसुंगा मात्र नभएर गुल्मीका धेरै ऐतिहासिक तथा पर्यटकीय स्थलहरु पछाडी परेका छन्।’ कार्यक्रममा बोल्दै पत्रकार शिवलाल सुवेदीले रेसुंगा स्थानीयकै मानसिकताका कारण पछि परेको आरोप लगाए । उनले रेसुंगाको बढी चिन्ता गर्नुपर्ने सदरमुकाम र आसपासका मान्छे नै रेसुंगा प्रति सकरात्मक छैनन् उनले भने‘ पैसावाला धेरैका वुटवल काठमाडौंमा घर छन, यहाँको बारेमा कहिल्लै केही सोच्दैनन्।’

यता लामो समय रेसुंगा संरक्षण समितिको अध्यक्ष पदमा रहेर काम गरेका रेसुंगा नगरपालिका ८ का रुद्रबहादुर भुजेलले केहि समयमै रेसुंगाको विकास गर्न नसके भोली गुल्मीको पहिचार र तम्घास र आसपासको अस्तित्व हराएर भएर जाने बताए। यस्तै रेसुंगा बहुमुखी क्याम्पसमा पूर्व क्याम्पस प्रमुख दिन पन्थीले गुरु योजना विना निर्माण गरिएका संरचनाले रेसुंगाको विकासको नाममा रेसुंगाको प्राकृतिक तथा जैविक सौन्दर्यता मासिदै गएको बताए। ‘गुरुयोजना निर्माण र विकासका लागि थुप्रै समय बितायौ,’उनले भने,‘सबैले मनदेखि काम थालिएन अहिलेको बहस र कामले पनि त्यति अर्थ राख्दैन्।’ उनले रेसुंगालाई धर्म र मनोरञ्जनसँग जोडेर विकास गरे मात्रै आन्तरिक तथा बाह्य पर्यटनको सम्भावना रहेको औल्याए। त्यस्तै पन्थीले रेसुंगासँग तम्घासका मानिसहरुको जीवन जोडिएकाले सबै पक्षलाई ख्यालमा राखेर काम गर्नुपर्नेमा जोड दिए।

गुल्मीका बिभिन्न स्थानहरू जस्तै अर्जुन, गुल्मी दरबार, धुर्कोट कोट, विचित्र गुफा, कंङ्के देउराली, इस्माकोट, मुसीकोट, चन्द्रकोट, कुर्घामालिका, रुद्रवेणी, टिमुरे ताल तथा पर्यटकीय महत्व राख्ने पाल्पा र अर्घाखाँचीका केही स्थानलाई समेत समेटी रुरु–रेसुङ्गा टुरिजम जोेनको रूपमा एकीकृत ढङ्गबाट विकास गर्नुपर्ने अहिलेको आवश्यकता भएको पर्यटक सम्बन्धी जानकारी भरत चन्दले बताए। रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्वर्धन गरी तिनको प्रचार प्रसार गुरु योजना भित्र पर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए।

जिल्लाको रुरु क्षेत्रमा प्राचीन शैलीमा निर्माण गरिएका बिभिन्न मठ मन्दिर, कलात्मक रुपमा बनाइएको गुल्मी दरबार, रेसुङ्गा क्षेत्रमा रहेको यज्ञशाला मन्दिर, काठले मात्र पोखरीमा निर्माण मन्दिर, धुर्कोट दरबार, मुसिकोट दरबार, चन्द्रकोट दरबार, सिद्धवावा मन्दिर, टिमुरे ताल, कन्के देउराली, मदाने, थाप्ले लेक, मालिका मन्दिर, बिचित्र गुफा, छत्रकोट मन्दिर, जिल्लाकै एक मात्र गुरुङ्ग होमस्टे लगायतले पर्यटकहरुलाई आकर्षण गर्ने स्थानहरु भएपनि स्थानीयको अग्रसरता र उचित सरक्ष्ण तथा प्रचार प्रसारका अभावमा गुल्मी ओझेलमा परेको हो। यदुकानन्दले वि.सं. १९८३ मा बनाएको सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर हो।

यो आन्तरिक तथा बाह्य पर्यटकको लागी निकै आर्कषक रहेको छ। साथै जिल्लामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरूका लागि उचित बास बस्ने राम्रो होटल तथा लजको राम्रो व्यवस्था नहुँदा पनि केही पर्यटकहरु गुल्मी आउन नसकेका हुन। रेसुंगाको पर्यटकिय गुरुयोजना निर्माणको लागि रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले सृजनशिल सामुदायिक विकास केन्द्र गुल्मीलाई जिम्मा दिएको हो।  
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस