जिल्ला समन्वय समितिले दिए आन्दोलनकाे चेतावनी
२४ फागुन २०८०
•
१ मिनेट पाठ
जिल्ला समन्वय समितिले दिए आन्दोलनकाे चेतावनी
जिल्ला समन्वय समितिका संयोजकहरूले कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश नसिच्चए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। जिल्ला समन्वय समितिका संयोजकहरूलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने अध्यादेशको व्यवस्था नसच्याए आन्दोलनमा उत्रने उनीहरूले चेतावनी दिएका हुन्।

कोशी प्रदेशका जिल्ला समन्वय समितिका संयोजकहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयमार्फत मुख्यमन्त्री केदार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै सरकारले जिल्ला समन्वय समितिका संयोजहरूलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्न रोक्ने गरी ल्याइएको अध्यादेश संशोधन  गर्न माग गरे।

आफूहरूले राखेको माग पूरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने उनीहरूको चेतावनी छ। जिल्ला समन्वय समिति महासंघका अध्यक्ष राजन मेहेताले अध्यादेशको व्यवस्था सच्याउन मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए।

उनले सरकारले जिल्ला समन्वय समितिका संयोजकहरूलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुन रोक्ने अध्यादेशको व्यवस्था नसच्याए चरणबद्ध आन्दोलनमा उत्रने स्पष्ट पारे। ‘पहिलो चरणमा हामीले अध्यादेशको व्यवस्था संशोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छौं’, मेहेताले भने, ‘हाम्रो माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रन्छौं।’ 

मेहेताले अध्यादेशमा भएको व्यवस्था सच्याउन माग गर्दै स्वास्थ्यमन्त्री प्रदिपकुमार सुनुवार र प्रदेश प्रमुख पर्शुराम खापुङलाई पनि ज्ञापनपत्र बुझाएको जानकारी दिए। प्रदेश सरकारले हालै ल्याएको अध्यादेशमा प्रदेश जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ मा भएको जिल्ला समन्वय समितिको संयोजक पदेन जिल्लाको सरकारी अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था संशोधन गरेको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सरकारले जिसस संयोजक अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष हुने व्यवस्था अध्यादेशमार्फत हटाएको भन्दै विरोध गर्दै आएको छ।
अर्को समाचार
घिनाघाट–विराटचोक चार लेन सडकको काम अन्तिम चरणमा
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
घिनाघाट–विराटचोक चार लेन सडकको काम अन्तिम चरणमा
फाइल तस्बिर
कोशी प्रदेश सरकारको गौरवको आयोजना घिनाघाट–विराटचोक चार लेन सडकको बाँकी काम अन्तिम चरणमा पुगेको छ।

निर्माण शुरु भएर चार वर्षसम्म म्याद मात्रै थपिरहेको सो सडकको काम अन्तिम चरणमा पुगेको हो। पटकपटक म्याद थप गर्दा पनि काम अघि बढ्न नसकेको आयोजना पछिल्लो आठ महिनादेखि अलपत्र अवस्थामा रहेको थियो। घिनाघाट–विराटचोक २२.१९ किलोमिटरको सडक आयोजनाको बाँकी काम शुरु हुन लागेसँगै स्थानीयहरु काम सम्पन्न हुने आशमा रहेका छन्।

कोशी प्रदेश सरकारले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमार्फत एक पटकका लागि म्याद थप गर्नसक्ने व्यवस्था गरेपछि घिनाघाट–विराटचोक सडकखण्डको बाँकी काम चाँडै सम्पन्न हुने निश्चित भएको हो। यस अघिको सार्वजनिक खरिद नियमावलीमा म्याद सकिनुभन्दा २१ दिनअघि नै म्याद थपको निवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो। 

तर, अन्तिम चरणमा रहेका आयोजनाहरू सम्पन्न गराउन सरकारले नियमावलीको उक्त मौजुदा व्यवस्था संशोधन गरेपछि अलपत्र अवस्थामा रहेको घिनाघाट–विराटचोक चारलेन सडक आयोजना अबको एक वर्षभित्रैै सम्पन्न हुने पूर्वाधार विकास कार्यालय, मोरङका प्रमुख सुशील श्रेष्ठले बताए।

उनले कोभिड १९ का कारण र विभिन्न कारणले भएको मूल्य वृद्धिले पनि केही ढिलाइ भएको बताए। अहिले १३ औं संशोधनमार्फत असार मसान्तसम्म म्याद थप गरेर काम पूरा गराउने पक्षमा लागेको बताए।

घिनाघाट–विराटचोक सडक तीन प्याकेजमा विभाजन गरी २०७६ सालदेखि बनाउन शुरु गरिएको थियो। सडकको विराट चोकदेखि नेता चोकसम्मको पहिलो प्याकेज र नेता चोकदेखि मिलन चोकसम्मको दोस्रो प्याकेज निर्माणको ठेक्का श्रेष्ठ–रमन–एपेक्स जेभीले पाएको थियो।

२०७६ असार २९ गतेको सम्झौता बमोजिम दुवै प्याकेजको निर्माण कार्य २०७८ असार २८ गतेभित्र सम्पन्न भइसक्नुपर्ने थियो। तर हालसम्म दोस्रो प्याजकेजअन्तर्गतको नेता चोकदेखि मिलन चोकसम्मको १० किलोमिटर सडक निर्माणको काम सकिए पनि पहिलो प्याकेजको भौतिक प्रगति पनि ८८ प्रतिशतभन्दा उँभो बढ्न सकेको छैन। तथापि आगामी वर्षको असार मसान्तभित्रै बाँकी निर्माण कार्य सम्पन्न भइसक्ने ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ दाहालले बताए।

कोरोना लगायतका कारणले पनि समस्या आएको बताए। आफूहरुको पनि कमजोरी रहेको बताउँदै असारसम्ममा काम पूरा हुने बताए।

घिनाघाट–विराटचोक सडकअन्तर्गत मिलनचोकदेखि पुष्पलाल चोकसम्मको तेस्रो प्याकेजअन्तर्गत सिंघिया खोलाको पुलको काम भइरहेको छ।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सडक महाशाखा प्रमुख रमेश श्रेष्ठले निर्माणको ठेक्का पाएको लामा–बानियाँ जेभीले पहिलोपटकको थप म्यादमा काम सम्पन्न गर्न नसकेपछि अहिले दोस्रोपटक म्याद थपको तयारी भइरहेको बताए। दोस्रोपटक थपिएको म्यादमा पनि ठेक्का सम्पन्न नगरे उक्त निर्माण कम्पनीलाई कालोसूचीमा समावेश गर्ने चेतावनी दिए।

तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ भदौ २३ गते शिलान्यास गरेको विराटचोक–घिनाघाट सडकलाई विराटनगर प्रवेश गर्ने कोशी राजमार्गको विकल्पका रूपमा हेरिएको छ। तर कछुवा गतिमा भएको सडक निर्माणको कामले अझै पनि पूर्णता नपाउँदा यो बाटो प्रयोग गर्नेहरूले सास्ती भोग्नु परिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस