जुम्लाको सभाहल ९ वर्षदेखि अलपत्र, जनप्रतिनिधिको चासो फिक्का
०४ चैत्र २०८०
•
३ मिनेट पाठ
जुम्लाको सभाहल ९ वर्षदेखि अलपत्र, जनप्रतिनिधिको चासो फिक्का
जुम्लाको सदरमुकाम खलंगामा अवस्थित ९ वर्ष अघिदेखि सुरु भएको बुहद्देश्यीय सभाहल निर्माण कार्य अलपत्र परेको छ।




तत्कालीन जिल्ला विकास समितिले सभाहल निर्माण कार्य थालेको थियो। कुल ६ करोड १९ लाख ४९ हजार ६ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएर निर्माणको काम अघि बढेको सभाहलका लागि हालसम्म तीन करोड ५९ लाख २ सय ५६ रुपैयाँ खर्च भइसकेको छ।

जिल्ला विकास समितिले थालेको काम जिल्ला समन्वय समितिले भने, अघि बढाउन सकेके छैन। तत्कालीन जिल्ला विकास समिति जत्तिकै बजेट प्राप्त नहुने र विकासे कार्यालयहरु संघ, प्रदेश र स्थानीय तह केन्द्रीत भएकोले सभाहलतर्फ कसैको चासो नगएको भन्दै आलोचना हुदैँ आइरहेको छ।

सभाहलको आधा संरचना निर्माणाधीन अवस्थामा छन्। सिमेन्ट झरिसकेको छ। सरीयामा खिया लागेको छ। जिल्लाकै गौरवको आयोजनाको सूचीमा रहेको सभाहल अहिले डेटिङस्पटु जस्तो बनेको छ।

लुकीछिपी निर्माणाधीन सभाहलमा लागूऔषधको सेवन गर्नेदेखि विकृतीजन्य क्रियाकलाप हुने गरेको स्थानीयहरूको गुनासो छ। तत्कालीन शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय जुम्लामार्फत आर्थिक वर्ष २०७१/०७२ देखि आयोजना सम्झौता गरी निर्माण कार्य थालेको थियो।

अहिले जिल्ला समन्वय समितिमा आर्थिक अभाव देखिएको भन्दै सभाहल निर्माणको काम अघि बढाउन सकिएको छैन्। पूर्वनियोजित तालिका अनुसार सभाहल निर्माणको काम २०७४ भदौ ६ गते सकिनु पर्ने हो।

२०७० देखि ०८० साल सम्म आइपुग्दा जुम्लाबाट चुनाव जितेर प्रदेश र संघीय सांसद बने। तर कसैले पनि चासोका साथ बजेट छुट्टाउन सकेनन्। सांसदहरूबाट पर्याप्त बजेट आएर सभाहलको काम सकिने अपेक्षा गरिएको थियो। तर त्यस अवधिभर सभाहलको कुनै काम भएन। अहिले प्रत्यक्षतर्फ र समानुपातिक तर्फ दर्जन सांसदहरूले प्रतिनिधित्व गरिरहेका छन्।

तर सभाहल निर्माण कार्य सम्पन्न गर्न उनीहरुको ध्यान नपुगेको भन्दै स्थानीय अगुवाहरू गुनासो गर्छन्। अहिले पनि जुम्लाबाट प्रतिनिधिसभा सांसद समानुपातिक तर्फ नेपाली काङ्ग्रेसकी कान्तिका सेजुवाल र नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङ र प्रत्येक्ष तर्फ राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही छन्। उनीहरुले आफ्नै जिल्लामा अलपत्र सभाहल निर्माणमा कुनै चासो देखाएको पाइदैन्।

जिल्ला विकास समितिले निर्माण कार्य थालेकोले संघ मातहतमा रहेका प्रतिनिधिले काम अघि बढाउन पहल गर्नुपर्ने थियो। सभाहल निर्माणको काम रोकिँदासमेत कसैको चासो नदेखिनु बिडम्बना भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए।

उनले भने, ‘व्यवस्था फेरिँदा अलपत्र बनेको सभाहलको काम अघि बढ्न सकेन। न जनप्रतिनिधिले चासो दिए। न त सरकारले बजेट नै पठायो। उल्टै राज्य संयन्त्रका निकायहरू र प्रतिनिधिहरू टुलुटुलु अधुरो संरचना हेरेर बसेको देखिन्छ।

जिल्ला समन्वय समितिको पाँचौं सभाबाट भने अलपत्र सभाहल निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरिएको छ। तर कहाँदेखि बजेट माग्ने र कहिले निर्माण कार्य सकाउने स्पष्ट खाका कोर्न सकेको छैन।’

यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले अधुरो रहेको सभाहल सुसम्पन गर्न जिल्ला स्थिति राजनीतिक,संघ र प्रदेशका सांसद र सम्बन्धित मन्त्रालयमा बजेटका लागि बेलाबेला हारगुहार गरिरहेको बताए।

सभाहलको अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको प्राविधिकहरु बताउँछन्। सभाहलको निर्माण जिम्मा आशीष र थेगिम जेभी धनगढीले लिएको थियो। प्राविधिक दृष्टिले यो अलपत्र सभाहलका आधा निर्माण भएका देवल, सरीया, सिमेन्ट भत्किसकेका छन्।

पुरानो ठेक्कालाई निरन्तरता दिने वा अर्को कार्यालयलाई फाइल हस्तान्तरण गर्ने विषयमा जिल्ला समन्वय समितिले नै निर्णय गर्नुपर्ने सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव इन्जिनियर चन्द्रबहादुर खड्का बताउँछन्। जिल्ला समन्वय समितिका अघिल्ला जनप्रतिनिधिले सभाहल निर्माणको अघि बढाउन पहल गरेका थिए।

उनीहरुले गरेको पहल न प्रदेश सरकारले सुन्यो न त केन्द्रीय सरकारले नै सम्बोधन गर्न सक्यो। पछिल्लो समय सभाहल सार्वजनिक शौचालय जस्तै बनेको छ। जहाँ स्थानीयहरूले दिसापिसाव गर्ने गरेपछि निकै दुर्गन्धित छ। तीनै तहका सरकारले सभाहल निर्माणको काम आफ्नो प्राथमिकतामा परेका छैनन्।
अर्को समाचार
जुम्लाकै गौरवको आयोजना बहुउेश्यीय सभाहल अलपत्र
१९ पौष २०७९
•
३ मिनेट पाठ
जुम्लाकै गौरवको आयोजना बहुउेश्यीय सभाहल अलपत्र
अलपत्र सभाहल। तस्बिर: गोल्डेन बुढा
जुम्लाकै गौरवको आयोजना बहुउेश्यीय सभाहल अहिले युवायुवतीको डेटिङ गर्ने थलो बन्दै गएको छ। केही वर्षअघि देखि अलपत्र अवस्थामा रहेको सभाहल लुकिछिपी बस्ने भेटघाट गर्ने गोप्य थलो हुदै गएको हो।




तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय जुम्लामार्फत आर्थिक वर्ष २०७१/०७२ देखि आयोजना सम्झौता गरी निर्माण कार्य थालिएको थियो। झण्डै एक दशक अघि निर्माण कार्य थालिएको तत्कालिन जिल्ला परिषद् बहुउद्देश्यीय सभाहल निर्माण हुन सकेको छैन।

आधा निर्माण भइसकेको भवन पूरा नहुँदा भौतिक संरचना जिर्ण हुदै गएका छन्। सरियाहरु खिया लागेर रातो बनेका छन्। यो अलपत्र सभाहलले जनप्रतिनिधि र कर्मचारीलाई गिज्याउदै आएको छ। २०७० सालको दोस्रो संविधान सभाका सभासददेखि ०७९ साल निर्वाचित भएका जनप्रतिनिधि र कर्मचारीले सभाहल निर्माण कार्य पहलमदमी गरेको पाइदैन।

०७० सालको दोस्रो संविधान सभा सदस्य प्रत्यक्ष निर्वाचित काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, समानुपातिक निर्वाचत पुर्वराज्य मन्त्री गोमा कुँवर, एमालेबाट समानुपातिक निर्वाचित बलबहादुर महत, नेमकिपाबाट समानुपातिक निर्वाचित डिल्लीप्रसाद काफ्लेले अलपत्र सभाहलको निर्माण कार्यमा कुनै जोड दिएनन्।

०७० सालको दोस्रो संविधान सभा सदस्यमा जुम्लाबाट प्रत्यक्ष र समानुपातिक गरी ४ जना संघमा सभासद थिए। सभाहलको निर्माण कार्य भने ०७१ साउन ४ गतेदेखि थालिएको हो। यो आयोजना ०७४ भदौ ६ गते सम्पन्न हुनुपर्ने हो तर भएन। त्यतिबेलाका सभासदको पदावधि पनि ०७४ सालको निर्वाचन पछि सकियो,सभाहल अलपत्र अवस्थामा थियो। ०७४ सालको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फ तत्कालिन नेकपाबाट गजेन्द्रबहादुर महत निर्वाचित भए। संसदमा निकै गर्जिने सांसदका रुपमा चिनिएका महतको पालामा पनि अलपत्र सभाहल निर्माणको गति लिन सकेन।

नरेश भण्डारी ०७४ सालको प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट प्रत्यक्षतर्फ निर्वाचित भए। यस्तै प्रदेश सभा निर्वाचित क्षेत्र २ बाट तत्कालिन नेकपाका नेता पदम रोकाया, समानुपातिकमा दीनवन्धु श्रेष्ठ निर्वाचित भए। उनी तीनै जना प्रदेशका मन्त्रीसमेत भए। तर त्यो लामो समयदेखि अलपत्र परेको सभाहलले पुर्णता पाउन सकेन। अहिलेसम्म अलपत्र अवस्थामा रहेकोले सभाहलको निर्माण कार्य पहल नै नगरेको नागरिकको बुझाई छ।  

सभाहल अलपत्रै रहेको अवस्थामा ०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फ राप्रपा युवा नेता ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र निर्वाचिन २ बाट एमाले युवा नेता टेकराज पछाई निर्वाचित भएका छन्।  

यस्तै प्रतिनिधिसभा समानुपातिकमा कान्तिका सेजुवाल, विनिता कठायत र छिरिङ ल्यामु लामा सांसद बनेका छन्। सेजुवाल चन्दननाथ नगरपालिकाकी २०७४ मा मेयरसमित भइसकेकी हुन्।  

जिल्ला सभाको पाँचौ बैठकबाट अलपत्र पूर्वाधार विकासलाई निरन्तरता दिने निर्णय समेत भएको छ। २०७१ फागुन ४ गते सम्झौता भई ६ महिना म्याद थपसहित २०७४ भदौ ६ मा सम्पन्न हुने भनिए पनि अहिलेसम्म ५८ प्रतिशत मात्र काम सकिएको बुझिएको छ। ६ करोड १९ लाख ४९ हजार ६ सय ६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता रकम मध्ये तीन करोड ५९ लाख २ सय ५६ रुपैयाँ खर्च भइसकेको जनाएको छ।  

उक्त भवनको निर्माण जिम्मा आशीष र थेगिम जेभी धनगढीले लिएको थियो। प्राविधिक दृष्टिले यो अलपत्र सभाहलका आधा निर्माण भएका देवल, सरीया, सिमेन्ट बिग्रीसकेका छन्। पुरानो ठेक्कालाई निरन्तरता दिने वा अर्को कार्यालयलाई फाइल हस्तान्तरण गर्ने विषयमा जिल्ला समन्वय समितिले नै निर्णय गर्नुपर्ने  

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव इन्जिनियर चन्द्रबहादुर खड्काले बताए।  
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस