गुल्म – तेस्रो गुल्मी महोत्सवको तयारी तिब्र रुपमा भइरहेको छ। महोत्सव प्रचार प्रसार उप समितीको बिहीबार धुर्कोट गाउँपालिका ५ स्थित विचित्र गुफामा बसेको बैठकले महोत्सवको तयारीका साथै गुफाको प्रचारप्रसारका बारेमा छलफल गरेको थियो। बैठकले विचित्र गुफाको प्रचारप्रसारलाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ। महोत्सव चैत्र १६ देखि २५ गतेसम्म सञ्चालन हुने छ।
प्राकृतिक रुपमा अत्यन्तै सुन्दर रहेपनि ओझेलमा परेको भन्दै गुफाको प्रचारप्रसारका लागि गुफाभित्रै वैठकको आयोजना गरिएको महोत्सव प्रचार समितिका संयोजक श्रीप्रसाद भलामीले बताए। महोत्सव मूल आयोजक समिति र गुल्मी उद्योग वाणिज्य संघका पदाधिकारीका साथै धुर्कोट गाउँपालिका जनप्रतिनिधिहरू बैठकमा सहभागि थिए।
टोलीले गुफाको विभिन्न अवस्थाको अवलोकन गर्नुका साथै गुफाको प्रचारप्रचारका विषयमा छलफल गरिएको महोत्सव मूल समितिका संयोजक सयोजक दुर्गा प्रसाद पाण्डेले बताए। सदरमुकाम तम्घासबाट गएको टोलीलाई स्वागत गर्दै धुर्कोट गाउँपालिका उपप्रमुख शिव बहादुर खत्रीले स्थानीय तहसँगै हातेमालो गरेर गुफाको विकासमा लाग्न सवैलाई आग्रह गरे।
संरक्षण तथा विकास समितिका अध्यक्ष युवराज भण्डारीले २०४५ सालमा ढेंडु लखेट्दै जाने क्रममा गुफा फेला परेको र अहिलेसम्म पनि गुफाकोे अपेक्षाकृत रूपमा बिकास हुन नसकेको बताए। स्थानियकै पहलमा विचित्र गुफा संरक्षण हुनुका साथै आगन्तुकसँग लिएको शुल्क र अन्य सहयोगबाट गुफाको रेखदेख गर्दै आएको भण्डारीले बताए। उचित संरक्षण र सुरक्षा नहुँदा गुफाभित्रका अनौंठा आकृतिहरु चोरी भएको भण्डारीले बताए ।
महोत्सवलाई थप आकर्षित बनाउन चार दिनसम्म हेलिकप्टर संचालन गरिने उद्योग वाणिज्य संघ गुल्मीका पूर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए। उनले हेलिकप्टरबाट गुल्मीका ऐतिहासिक, पर्यटकिय, धार्मिक स्थलहरुको दृश्यावलोकन गर्न सकिने व्यवस्था मिलाइएको बताए।
महोत्सवमा विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति रहने छन्। महोत्सवमा दुई सय स्टल राखिने आयोजकले जनाएको छ। स्थानीय परिकार तथा कृषिजन्य सामग्री महोत्सवको आकर्षणको रुपमा रहने सचिव बिरेन्द्र भुसालले बताए। बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने बताइएको छ। कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्ने उदेश्यका साथ संचालन हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली गर्ने तय भएको आयोजकले जनाएको छ।