अब्बल डाक्टरको दुःखद अवसान
३० फागुन २०७४
•
११ मिनेट पाठ
अब्बल डाक्टरको दुःखद अवसान
काठमाडौं – यात्रा सेड्युल नियमित भइदिएको भए नेपालका अब्बल न्युरो सर्जन डा. बालकृष्ण थापा सहपाठी डा. दामोदर पौडेलकी भतिजीको आइतबार साँझ बानेश्वरमा आयोजित बिहेभोजमा उपस्थित हुन्थे । पार्टीमा थापासहित उनका थुपै सहपाठी निम्तालु थिए । ढाकाको कार्यक्रम सिध्याएर युएस बांगला एयरलाइन्सको आइतबारकै उडानबाट काठमाडौं झर्ने र सोही दिन साँझ पार्टीमा जाने उनको योजना थियो।




तर, आइतबारको उडान तालिका सोमबारका लागि स¥यो । त्यो नै थापाका लागि दुर्भाग्य बन्न पुग्यो । थापाले बंगलादेशबाट पौडेललाई एसएमएसमार्फत आउन नसक्ने जानकारी गराए । उडान तालिकामात्रै सरेन, मिलनसार ५० वर्षका डा. थापाको आफन्त र साथीभाइसँग भेट्ने कार्यक्रम सदाका लागि टुंगियो । विद्यालय जीवनदेखिकै साथी काठमाडौं विश्वविद्यालयका डिन डा. राजेन्द्र कोजू पनि सोही पार्टीका निम्तालु थिए । उनी त्यहीं भेट्ने र भलाकुसारी गर्ने आसमा थिए।

तर, संयोग कोजू पनि पार्टीमा जान पाएनन् । त्यो हवाई दुर्घटनामा डा. थापा पनि परेको खबर सुनेपछि उनलाई एउटै आशा बाँकी थियो– बालकृष्ण नेपाल फर्किसकेका पो छन् कि ! कोजूले हत्तपत डा. पौडेललाई फोन गरे । पौडेलबाट जबाफ आयो, ‘दामोदरले त उतैबाट एसएमएस गरेको थियो आज (सोमबार) मात्रै फर्किन्छु भनेर ।’ यसपछि कोजूले आशा मारे, ‘हि इज नो मोर।’  

डा. कोजुको मानसपटलमा डा. थापासँगैको विद्यालय जीवन, हेल्थ असिस्टेन्टका रुपमा बाग्लुङका दुर्गम गाउँ चहार्दा र एमबिबिएस पढ्दाका क्षणहरु एकपछि अर्को गर्दै झलझली घुमे । ‘हामी एउटै जिल्लावासी, अध्ययन पनि सँगैसँगै भयो,’ कोजूले नागरिकसँग भने, ‘जति बिर्सन खोजे पनि मानसपटलमा फनफनी उनै (डा. थापा) घुमिरहेका छन्।’  

सोमबारको हवाई दुर्घटनामा परेका भरतपुर क्यान्सर अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. थापाप्रति कोजूजस्तै दर्जनौं मित्र, सयौं चिकित्सक एवं स्वास्थ्यकर्मी र आफन्तले सामाजिक सञ्जालका भित्ताभरि श्रद्धाञ्जली दिइरहेका छन् । पछिल्लो डेढ दशकदेखि भरतपुर क्यान्सर अस्पतालमा प्रमुख न्युरो सर्जनका रुपमा कार्यरत थापा नेपालमै सम्भवतः सबैभन्दा बढी ‘ब्रेन ट्युमर’ को शल्यक्रिया गर्नेमा पर्छन् । थापाका हातले शल्यक्रिया गरेर नयाँ जीवन पाएका हजारौं बिरामीले त उनलाई नसम्झिने कुरै भएन।

थापालाई धेरै वरिष्ठ चिकित्सकहरु उनको मिलनसार शैली र तीक्ष्ण बुद्धिका कारण सम्झिन्छन् । ‘उहाँ सरिक भएका अधिकांश परीक्षामा दोस्रो हुनुभएन,’ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ रेडियोलोजिस्ट डा. रामकुमार घिमिरेले भने।

डा. घिमिरे शिक्षण अस्पतालमा हाउस अफिसरका रुपमा कार्यरत रहँदा थापा एमबिबिएस विद्यार्थी थिए । घिमिरेले त्यतिबेलै पहिलोपटक थापालाई चिने । पछि घिमिरेले रेडियोलोजीमा पिजी गर्दै थिए । थापाले इन्टर्नसिपलगत्तै शिक्षण अस्पतालमा हाउस अफिसरको काम थाले । ‘बिरामीका समस्या लिएर बारम्बार सोध्न आउनेलाई कसरी सहयोग गर्न सकिन्छ, कसरी निको बनाउने भनेर सधैं हुटहुटी उहाँमा त्यतिबेलै  देखेको थिएँ,’ डा. घिमिरेले भने, ‘पहिला कामप्रति लगनशील भनेर चिनें, त्यसपछि मात्रै राम्रो मित्र बने उनी।’ 

डा. थापा त्रिवि शिक्षण अस्पतालमै हाउस अफिसरका रुपमा केही समय काम गरेपछि र थप अध्ययनका लागि बंगलादेशको बंगबधु सेखमुजिब विश्वविद्यालयमा गए । त्यहाँबाट उनले न्युरो सर्जरीमा एमडी गरे । त्यहाँ पनि उनले गोल्डमेडल हासिल गरे । ‘उहाँ सन् २००१ मा बंगलादेशमा पिजी पढ्दै गर्दा म पनि चार महिनाका लागि एउटा तालिममा बंगलादेश पुगेको थिएँ । हामी त्यहाँ सँगै बस्यौं,’ डा. घिमिरेले सम्झिए, ‘उहाँको छवि बंगलादेशमा पनि उस्तै राम्रो, तीक्ष्ण र मेहनती चिकित्सक भन्ने थियो।’ 

वरिष्ठ प्राध्यापकहरु प्रायः जुनियर रेजिडेन्टसँग दुरीमै रहन्छन् । ‘तर उहाँ (थापा) लाई बंगलादेशका प्रोफेसरहरुले पनि यति ट्रस्ट गर्ने कि फ्याकल्टी रुमको चाबीसमेत राख्नदिने रहेछन्,’ डा. घिमिरेले भने, ‘प्रोफेसरहरूको विश्वास कमाउनु ठूलो कुरा हो, त्यही विश्वासले उहाँलाई बंगलादेशमा हुने हरेक सेमिनारमा बोलाइन्थ्यो ।’ यसपटक पनि उनी सेमिनारमा भाग लिन बंगलादेश गएका थिए। 

‘बंगलादेशमा अन्य देशका विद्यार्थीमाझ पनि तीक्ष्ण, मिलनसार र सहयोगी छवि थियो डा. थापाको,’ बंगलादेशमा सँगै पढेका डा. कोजूले भने। 

बंगलादेशबाट न्युरो सर्जरीमा विशेषज्ञ बनेर आएपछि  थापाले काठमाडौं उपत्यकाबाहिर सेवा गर्ने भन्दै चितवन रोजे । उनको योग्यताअनुसारको पद भरतपुर क्यान्सर अस्पताल खाली थियो । उनी २०५८ सालमा भरतपुर क्यान्सर अस्पतालमा आबद्ध भए । २०६४ मा उनले काठमाडौं आउन खोज्दा स्थानीयले हस्ताक्षर संकलन गरेर चितवनमै बस्न आग्रह गरे । स्थानीयको आग्रह टार्न नसकेपछि उनले काठमाडौं आउने योजना स्थगित गरेका थिए। 

काभ्रेको कुशादेवीमा जन्मिएका थापाले एसएलसी गाउँकै सरकारी विद्यालयबाट प्रथम श्रेणीमा पास गरेका थिए । त्यसपछि उनले आइओएममा सामान्य चिकित्सा (एचए) पास गरे । एचए पास गरेपछि उनी सेभ द चिल्ड्रेनअन्तर्गतको मातृ तथा बालशिशु कार्यक्रममा बाग्लुङका दुर्गम गाउँमा जागिरे भए । त्यहाँ पनि डा. कोजू र थापाले सँगै काम गरेका थिए।

झन्डै दुई वर्ष बाग्लुङमा काम गरेपछि दुवैजना एमबिबिएस प्रवेश परीक्षा दिन त्रिवि शिक्षण अस्पताल आए । ०४६ सालमा थापाले पहिलोपटकमै पहिलो नम्बरमा नाम निकाले । एमबिबिएसका सबै परीक्षामा उनी अब्बल दहरिए । ‘विषयगत रुपमा पनि १० मध्ये ८ वटामा उसैले गोल्ड मेडल ल्यायो,’ कोजूले भने, ‘मस्तिष्क साह्रै तीक्ष्ण भनेर ठाउँठाउँमा चर्चा हुन्थ्यो उसको।’  

सेभ द चिल्ड्रेनमा जागिर खाँदा सेवा प्रदान गर्न गाउँगाउँ जानुपर्थ्याे। ‘हामी बाग्लुङको हरिचौरतिर जाँदै थियौं, बालकृष्णलाई एपेन्डिसाइटिस भयो,’ डा. कोजू सम्झिन्छन्, ‘बागलुङ एयरपोर्टसम्म जान तीन घन्टा लाग्थ्यो, मैले स्लाइन दिँदै डोकोमा बोकाएर एयरपोर्ट ल्याएँ,’  कोजूले भने, ‘त्यो घटनाले हामीलाई जीवनमा काठमाडौं केन्द्रित भएर नबस्ने प्रण गरायो। डाक्टर भएपछि गाउँगाउँ पुग्नुपर्छ भने ज्ञान भयो।’

कोजूले थापालाई बाग्लुङबाट पोखरा ल्याए पनि त्यहाँका चिकित्सकले सर्जरी गर्न मानेनन् । फेरि एक रात पोखरा राखेर त्रिवि शिक्षण अस्पतालमै ल्याइयो थापालाई। शिक्षण अस्पतालमा उनको शल्यक्रिया डा. शंकरमान राईले गरेका थिए। 

डा. घिमिरेको अनुभवमा धेरै चिकित्सक किताब घोकेर जस्ताकोतस्तै लेखेर नम्बर ल्याउँछन् । ‘तर थापामा किताब पढेर त्यसलाई बोध गर्ने र आफ्नै हिसाबले लेख्ने क्षमता थियो,’ घिमिरे भन्छने। 

चिकित्सा विधामा अब्बल डा. थापा  राजनीतिक, साहित्यिक र सामाजिक क्षेत्रमा समेत सचेत र सक्रिय थिए । एमबिबिएस पढ्दा उनी नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष थिए, पछि न्युरो सर्जन समाजका महासचिवसमेत भए । कोजूका अनुसार एमबिबिएस पढ्दैताका उनी नेपालमा निजी मेडिकल चाहिन्छ कि चाहिँदैन, नेपालको चिकित्सा शिक्षालाई कसरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सकिन्छ भनेर बहसमा सरिक हुन्थे। 

थापाले आफूले पढेको गाउँको विद्यालय भवन निर्माण र मेधावी विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरेको भतिजा सुमनले बताए । थापाका पत्नी सुमित्रा, छोरा संघर्ष र छोरी इरादा छन्। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस