काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित ६५ लाख बराबरको धनमाल चोरी भएको छ।
पीडितको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
उनका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो। उक्त कार्यालयले चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरेको हो।
पक्रउ पर्नेमा भारत समस्तीपुर जिल्ला मोहदीनगर घर भएका २६ वर्षका लक्का भन्ने विकास पोदार, वेगुसरा जिल्ला बरौनी घर भएका २८ वर्षका जितेन्द्र पोदार, बैशाली जिल्ला बिहार बुधुपुर घर भएका २७ बर्षका भाईलाल पोदार, समस्तीपुर जिल्ला विध्यापती थाना घर भएका ४० वर्षका संजय पोदार र समस्तिपुर जिल्ला घर भएकी ५० वर्षकी मञ्जु देवी पोदार छन्।
त्यसअघि अभियुक्तहरूले काठमाडौंको बुढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी २५ लाख बराबरको धनमाल बरामद गरिएको छ।
गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसमेत गरी चार लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ।