रुकुम – सानीभेरी गाउँपालिका–२, दुलीकी पवित्रा (नाम परिवर्तित) र सोही गाउँपालिका–८, सिम्लीका दिनेश (नाम परिवर्तित) बीच २६ गते प्रेम विवाह भयो। १५ बर्षिया वित्रा र दिनेश ८ कक्षामा पढ्दा पढ्दै विवाह भएको हो। दुई दिनमै सम्बन्ध विच्छेद उनीहरुले सोचेकै थिएनन्। सँगै सुःख र दुःख साट्ने बाँचा गरेका उनीहरुको यात्रा दुई दिनमै तोडिएको छ। प्रहरी चौकीमा बाल विवाहको उजुरी परेपछि उनीहरुको सम्बन्ध विच्छेद गरिएको छ।
प्रहरी चौकी सिम्ली, रुकुमेली समाज विकास केन्द्र यहाँ गठित वडा बाल संरक्षण समितिको सहजिकरण र परामर्शपछि उनीहरुको छोडपत्र गरिएको हो। उनी जस्तै सानीभेरी गाउँपालिका वडा नम्बर ३ सिम्लीका सृजना (नाम परिवर्तित) को माघ २६ गते विवाह गर्ने तयारी थियो। केटीको मञ्जुरी विना आमा बुवाले मागी विवाहको लागि सम्पूर्ण तयारि गरेका थिए। तर सृजना आफैले वडा बाल संरक्षण समिति र प्रहरी चौकीमा उजुरी दिएपछि उक्त विवाह रोकियो। यी दुई प्रतिनिधिमुलक पात्र त उदाहरण मात्र हुन्।
प्रहरी र वडा बाल संरक्षण समितिको सक्रियतामा यहाँ ६ वटा बाल विवाह रोकिएका छन्। प्रहरी चौकीमा अर्काे एक उजुरी परेको छ। केटाकेटीको मञ्जुरी विना हुन लागेका विवाह र प्रेम विवाह गरी ६ वटा बाल विवाह रोकिएको वडा बाल संरक्षण समितिले जनाएको छ। सरकारले १८ वर्ष सम्ममा गरिने विवाहलाई अपराध र १८ देखी २० वर्ष मुनीको विवाहलाई कानुन विपरित बाल विवाह भनेको छ। बाल विवाह न्यूनिकरणका लागि ‘बिहेवारी, २० वर्ष पारी’ भन्ने नारा दिएको छ। सानीभेरी गाउँपालिका वडा नम्बर ३, ४, ७, ८ र ९ मा बाल विवाह रोकथामका लागि विशेष अभियान समेत चलाइएको छ। यहाँका वडा बाल संरक्षण समितिले यस भन्दा अघि बाल विवाहमा जन्त नजान, भोजमा सहभागी नहुन, ब्राह्मणलाई सयाहता (दिन) नहेराउन अनुरोध गरेको छ। यदि त्यस्तो कार्य थाहा भएमा कारवाही गर्ने निर्णय वडा बाल सञ्जालले जनाएको छ।
प्रहरी र वडा बाल संरक्षण समितिको सक्रियता बढेपछि यहाँ बाल विवाहमा कमी आएको रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित एकीकृत परियोजना अन्र्तगतका शिक्षा कार्यक्रम संयोजक केशव बिसीले जानकारी दिए। ‘हामीले वडामा रहेका वाल संरक्षण समितिहरुलाई तालिमहरु दिइरहेका छौं’ उनले भने, ‘कानुनमा भएका व्यवस्थाका वारेमा प्रशस्त कुरा जानकारी गराएका छौं।’ ‘सानै उमेरमा विवाह गर्दा सामाजिक सद्भाव बिग्रन्छ’ रुकुमेली समाज विकास केन्द्रका बालसंरक्षण अधिकृत रामप्रसाद केसीले भने, ‘यस्ता विवाहहरु रोक्न जरुरी छ।’ बाल विवाहले शैक्षिक, आर्थिक, स्वास्थ्य लगाएत दिर्घकालिनरुपमा समस्या उत्पन्न गर्ने उनले बताए।
‘बाल विवाह भएको थाहा पाएपछि स्थानीयहरुको सहयोगमा प्रहरीमा उजुरी आएको थियो’ प्रहरी चौकी सिम्लीका इन्चार्ज गगनसिं ठकुरीले भने, ‘प्रहरीको रोहबरमा नै बाल विवाह रोकियो।’ बाल विवाह एउटा समस्याकारूपमा नै आएकाले बाल विवाह रोक्न स्थानीयको सहयोगमा बाल विवाह रोकिएको प्रहरीले जनाएको छ। ‘हामीले स्थानीय वडा बाल संरक्षण समितिको सहयोगमा बाल विवाह रोकेका छौं’ ठकुरीले भने, ‘बाल विवाह रोक्न अहिले गाउँका बालबालिका नै सक्रिय हुन थालेका छन्।’ बाल विवाहको विच्छेदपछि पवित्रा र दिनेशले चेतना नहुँदा आफुहरुले बाल विवाह गरेको प्रतिक्रिया दिएका छन्। २० वर्ष पुगेपछि यो विवाह गर्ने दुवै जनाले प्रतिक्रिया दिए। बाल विवाहको विरुद्धमा आफु पनि लाग्ने दिनेशले बताए। यस्तो विवाह समाजमा विद्यमानै भएपनि यसको रोकथामका लागि आफु सक्रिय रहने उनको भनाई छ।
गाडी चेक हुन्छ
यहाँको बाल विवाह रोकथामका लागी प्रहरी पनि सक्रिय भएको छ। मध्यपहाडी नजिकै प्रहरी चौकी छ। उक्त बाटोमा यातायातका साधनहरु सुचारु छन्। यहाँ भएर आवत जावत गर्ने विवाहका गाडीलाई प्रहरीले कडाईका साथ चेकजाँच गर्ने गरेको छ। विवाह उमेर पुगेर भएको या नभएको पुरै जानकारी पछि मात्र गाडी पास दिने गरेको यहाँका प्रहरी इन्चार्ज ठकुरीले बताए। बाल विवाह भएको जन्ती गाडी आएमा उक्त विवाह रोक्ने उनले बताए।