तेह्रथुम – जिल्लाको आठराई गाउँपालिका–४ ईवामा निर्माणाधिन मध्यपहाडी लोकमार्गमा कार्यरत एक मजदुरको हत्या भएको छ। बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई हाल मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्र्षीय गोविन्द ओलीले आफ्नै ३० वर्र्षीया श्रीमति चन्द्रकला ओलीको हत्या गरेका हुन्।
माद्यक पदार्थ सेवन गरेका उनीहरुबीच भएको विवादले उग्ररुप लिँदा गोबिन्दको मुक्का प्रहारबाट चन्द्रकलाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले बताए। श्रीमतीको हत्या गर्ने गोविन्दलाई ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
चन्द्रकलाको सबलाई प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा पोष्टमार्टम गरिएको छ। गोबिन्दको परिवार गत कात्तिक महिनादेखि केजी निर्माण कन्र्सनटेन्सीद्वारा निर्माण भइरहेको मध्यपहाडी लोकमार्ग अन्र्तगत आठराई सडक खण्डमा मजदुरीका लागि आएका थिए।