उदयपुर – १५ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा उदयपुरबाट एक वृद्ध पक्राउ परेका छन् । शुक्रबार दिउँसो बेलका नगरपालिका ३ शुक्रबारे बजारमा बालिका बलात्कृत भएको खबर प्राप्त भएपछि सुनसरी बाराहा नगरपालिका ८ का ६२ वर्षीय सुँडीलाल चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बालिकामाथि जवरजस्ती भएको स्थानीयले प्रहरीलाई खवर गरेलगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले शुक्रबार राति चौधरीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । बाराहा नपा ८ का चौधरी बेलका ९ स्थित रामपुर बजारमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।
इप्रका रामपुरबाट ८ किलोमिटर पूर्वमा पर्ने घटनास्थल शुक्रबारे बजार केही समययता मात्र सञ्चालनमा आएको स्थानीय हटिया हो । धरान–चतारा–ठोक्शीला–गाईघाट–सिन्धुली–हेटौंडा जोड्ने वैकल्पिक लोकमार्गको काम सुरु भएसँगै सञ्चालनमा आएका यस्ता हटिया बजारहरुमा बेलाबेलामा आपराधिक क्रियाकलाप हुने गरेको स्थानीय बताउँछन्।
सडक सञ्जालसँगै सहरका व्यापारी गाउँ पस्ने र गाउँघरका बालबालिका बजार हेर्न झर्दा ललाई फकाई र प्रलोभनमा आपराधिक घटना हुने गरेको पाइएको छ । हटिया भर्न तथा सहर हेर्न आउने गाउँघरका अबोध बालबालिकामाथि आपराधिक मानसिकता भएका व्यक्तिले सानो प्रलोभनमै स्वार्थ लुटेर अपराध हुने गरेको प्रहरी ठहर छ ।