महिला आन्दोलनका अन्तर्राष्ट्रिय आयाम
२४ फागुन २०७४
•
१४ मिनेट पाठ
महिला आन्दोलनका अन्तर्राष्ट्रिय आयाम
गत वर्ष जनवरी २१ मा अमेरिकाको वाशिंटन डिसीमा भएको ‘वुमन मार्च’ अर्थात् महिला जुलुशबारे महिला अधिकारबारे चासो राख्ने धेरैलाई थाहा छ । रेकर्ड नै तोड्ने गरी सार्वजनिक रूपमा महिलाको सहभागिता भएको यो मार्च महिला र नागरिक अधिकारको समर्थनमा भएको अमेरिकी इतिहासको सबैभन्दा ठूलो एक दिने बिरोध भएको अनुमान छ । 

यसपछि अमेरिकाका सबै प्रमुख र दर्जनौं ससाना सहरमा छ सयभन्दा धेरै यस्ता मार्च भए । अमेरिका मात्र होइन, अन्य महादेशमा पनि यस्तै खालका मार्च गरिए । प्रहरी र आयोजकको अनुमानमा संसारभरका यस्ता मार्चमा करोडौंको संख्यामा मानिसहरू सहभागी थिए । अहिलेसम्म पनि ह्यासट्याग वुमन्ज मार्च प्रयोग जारी छ । हालसम्म यो ह्यासट्याग प्रयोग गरेर एक करोडभन्दा धेरै ट्वीट भइसकेका छन्। 

गत वर्ष भएको यो मार्चलाई अहिले पनि संसारभर नै उदाहरणीय आन्दोलनको रूपमा लिइन्छ । अहिलेसम्म पनि यो मार्चबारे चर्चा परिचर्चा कम भएको छैन । संसारका ठूला ठूला महत्वपूर्ण सम्मेलन र सभामा पनि यसबारे चर्चा हुन्छ ।

वुमन्ज मार्च लैंगिक समानताका लागि भएका अन्य धेरै ऐतिहासिक घटनामध्ये एक हुन पुगेको छ । यीबाहेक संसारभर महिला अधिकारका लागि भएका केही आन्दोलन यस्ता छन्ः  

सन् १९७२ मा अंग्रेजी लेखिका तथा दर्शनशास्त्री मेरी वोलस्टोनक्राफ्टले ‘दि भिन्डिकेसन अफ दि राइट्स अफ वुमन’ लेखिन् । यसमा उनले महिला पुरुषभन्दा कम नभएको तर शिक्षाको अभाव भएको तर्क गरेकी थिइन् । त्यो निबन्धमा महिलालाई शिक्षामा समान पहुँच हुनुपर्ने र समाजमा महिला सहभागिता मुलुकको हितका लागि आवश्यक भएको कुरामा जोड दिइएको थियो।

सन् १९४८ मा एजिलाबेथ केडी स्टान्टन र लुक्रेसिया मोटले नेतृत्व गरेको विद्रोहीको एक समूह अमेरिकाको न्यूयोर्कमा महिला अधिकारलाई जोड दिनका लागि सेनेका फल्समा भेला भयो । ‘हामीले यी सत्य आफैँ प्रमाण भएको देख्न चाहन्छौं,’ त्यतिबेला जारी घोषणापत्रमा भनिएको छ, ‘सबै महिला र पुरुष समान बनेका हुन् । उनीहरूलाई सृष्टिकर्ताले केही चुनौती गर्न नसकिने अधिकारले सुसज्जित पारेका छन् । ती कुरामध्ये केही जीवन, स्वतन्त्रता र खुसीको खोजी हुन्।’

सन् १९११ मार्च १९ मा पहिलोपटक अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । सन् १९१० मा कोपनहेगनमा भएको एउटा बैठकमा वर्षको एक दिन महिला अधिकार आन्दोलनलाई सम्मानको रूपमा मनाउने प्रस्ताव राखियो । सन् १९११ को मार्चमा पहिलोपल्ट अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डमा मनाइयो । महिलाले मतदानको अधिकार पाउनुपर्ने, सार्वजनिक कार्यालयमा काम गर्न पाउनुपर्ने, व्यवसायिक तालिम पहुँच गर्न पाउनुपर्ने र श्रम गर्न पाउने र भेदभावविना सहभागी हुन पाउनुपर्ने लगायतका माग राख्दै र त्यसको समर्थन गर्दै दसौं लाख महिला र पुरुष र्‍यालीमा सहभागी थिए।

सन् १९१५ अप्रिलमा अमेरिका र एघार वटा युरोपेली मुलुकका महिला नेदरल्याण्ड्सको हेगमा पहिलो अन्तर्राष्ट्रिय महिला कंग्रेसमा भेला भए । जुन पछि शान्ति र स्वतन्त्रताका लागि महिलाको अन्तर्राष्ट्रिय लिग अर्थात् वुमन्ज इन्टरनेसनल लिग फर पिस एण्ड फ्रिडमका रूपमा चिनियो। 

सन् १९४८ डिसेम्बर दशमा संयुक्त राष्ट्रसंघले मानव अधिकारसम्वन्धी विश्वव्यापी घोषणापत्र जारी गर्यो । यो ‘मानिसको सम्मान र मूल्य र महिला र पुरुषको समान अधिकार’ उल्लेख भएको पहिलो अन्तर्राष्ट्रिय दस्तावेज भयो । दशकौंपछि बल्ल सन् १९९५ मा बेइजिङमा भएको महिलाको विश्वव्यापी सम्मेलनले महिलाको अधिकारलाई आधारभूत मानवअधिकार भनी पहिचान गरेको थियो। 

सन् १९७५ को जुन १९ देखि जुलाई २ सम्म मेक्सिको सिटीमा महिलाको विश्वव्यापी सम्मेलन सम्पन्न भयो । अन्तर्राष्ट्रिय महिला दिवससँग मिल्ने गरी, संयुक्त राष्ट्रसंघ र महिलाको अवस्था आयोगले एक सय ३३ सदस्य राष्ट्रका प्रतिनिधीलाई मेक्सिको सिटीमा भेला गरेर महिलाको विषयमा पहिलो विश्व सम्मेलन सम्पन्न गर्यो । सम्मेलनले अर्को दशकमा महिलाको उपलब्धीका लागि विश्वव्यापी कार्ययोजना बनाउने निर्णय गर्यो र संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७६–१९८५ का लागि महिलाका लागि संयुक्त राष्ट्रसंघ दशकः समानता, विकास र शान्ति घोषणा गर्यो।

सन् १९७९ डिसेम्वर १८ मा संयुक्त राष्ट्र संघको महासभाले महिलामाथि हुने सबै खालका विभेद अन्त्यसम्वन्धी महासन्धी (सिडा) अनुमोदन गर्यो । यसलाई प्रायः महिला अधिकारको अन्तर्राष्ट्रिय दस्तावेजका रूपमा लिइन्छ । यसले महिलामाथिका भेदभावलाई परिभाषित गरेको छ । साथै, यसले सार्वजनिक तथा निजी क्षेत्रमा हुने विभेद अन्त्य गर्न राज्य पक्षका लागि कानूनी बाध्यता स्थापना गरेको छ र समानताका लागि दूरदृष्टि कायम गरेको छ । सन् २०१७ सम्ममा संसार १८९ मुलुकले यो सन्धिलाई अनुमोदन गरेका छन् । जुन संयुक्त राष्ट्र संघमा अनुमोदन भएको दोस्रो ठूलो सन्धि बनेको छ।

सन् १९९५ को सेप्टेम्बर ४ देखि १५ सम्म चीनको राजधानी बेइजिङमा संयुक्त राष्ट्र संघको महिलासम्वन्धी विश्वव्यापी सम्मेलन भयो । यसमा १७ हजार जना आधिकारिक प्रतिनिधी र ३० हजार जना अभियान्ता बेइजिङमा जम्मा भए । यसले संसारभरका महिलाको विकासका लागि जोडदार माग गर्यो । मानवअधिकार, गरिबी, आर्थिक समावेसिता र महिलामाथि हुने हिंसासम्बन्धी विषयमाथि सम्बोधन गरिएको यो सम्मेलनमा तत्कालीन अमेरिकी प्रथम महिला हिलारी क्लिन्टनले ‘महिलाको अधिकार मानव अधिकार हो’ भनेर घोषणा गरिन् जुन संसारभर नै चर्चा भयो । सम्मेलनमा १८९ वटा देशले बेइजिङ घोषणापत्र र कार्ययोजना पारित गर्यो । त्यसपछि हरेक पाँच वर्षमा भइरहेको विश्वव्यापी समीक्षाले यसलाई ठोस आकार दिने काम गरिरहेको छ।

सन् २०१७ को जनवरी २१ मा अमेरिकाको वाशिंटनमा भएको वुमन्ज मार्च महिला अधिकारलाई समर्थन गर्ने संसारको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सार्वजनिक प्रदर्शन भयो । अमेरिका मात्र नभई आक्रा, बैंकक, पेरिस, नैरोबी, बेलग्रेड, बुनोस आयर्स, क्रकोभ र अन्टार्कटिकासहित संसारका विभिन्न शहरहरुमा पनि विभिन्न आकारका मार्चहरू भए । धेरै मार्चहरु राजनीतिक कदम, युवा पहललगायतका क्षेत्रमा संलग्न हुन चाहने महिलाका लागि तालिम सत्रहरु सहित सञ्चालन भएका थिए । यस्ता सत्रमा पारिश्रमिकमा हुने विभेददेखि हिंसासम्मका विभिन्न सवालमा छलफल चलेका थिए।

उकासिन नसकेको अर्थपूर्ण महिला सहभागिता

विश्वभरमै महिलामाथि विभेद भएको परिप्रेक्ष्यमा नेपाल पनि यसमा अछुतो छैन। समयसमयमा महिलाको अधिकारका लागि विभिन्न खाले आन्दोलन भइरहेका छन् । समयसमयमा राजनीतिक अधिकार प्राप्तिका आन्दोलनमा महिलाका सवाल पनि सँगसँगै जोडिएका छन्। 

नेपालमा सामाजिक र राजनीतिक क्षेत्रमा महिला सक्रियता भने दशकौंअघि देखि नै छ। वि.सं. २००७ मा राणा शासनको अन्तका लागि भएको आन्दोलनदेखि पछिल्लो समयमा अधिकारका लागि भएका आन्दोलनमा महिलाहरुको सहभागिता व्यापक हुँदै आएको छ। नेपालको पहिलो जननिर्वाचित सरकारमा महिलाको प्रतिनिधित्व थियो । वि.सं. २०१६ मा द्ववारिकादेवी ठकुरानी स्वास्थ्य र स्थानीय सहायक मन्त्री बनेकी थिइन्। त्यतिबेला भएको महिलाको प्रतिनिधित्वमा भने करिब  ६ दशक यता आइपुग्दा पनि खासै सुधार हुन भने सकेको छैन। अहिले पनि राजनीतिक दलको शीर्ष नेतृत्व वा सरकारको प्रमुख मन्त्रालय महिलाले सम्हाल्न पाएका छैनन्। त्यस्तै, प्रत्यक्ष निर्वाचित हुने महिलाको प्रतिनिधि सभा मात्र नभई स्थानीय तहमा पनि सहभागिता निकै कम छ। त्यस्तै, आमाको नामबाट नागरिकता, महिलामाथि हुने विभिन्न खालका हिंसा, बलात्कारजस्ता मुद्दाहरु अझै पनि नेपालमा निरन्तर रहिरहेका छन्।

महिला र पुरुषको अवस्था समान हुन अझै दुई शताब्दी 

महिला र पुरुषबीच तलब र पारिश्रमिकमा व्यापक विभेद छ। व्यवसाय र राजनीतिमा पनि महिलाको संख्या न्यून छ। अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति हुन सकेका छैनन्। संसारका अधिकांश मुलुकमा महिलाको शिक्षा, स्वास्थ्य र हिंसाको अवस्था पुरुषको तुलनामा निकै खराब छ। 

विश्व आर्थिक मञ्च अर्थात् वल्र्ड इकोनोमिक फोरमका अनुसार, यही अवस्थामा लैंगिक विभेदको खाडल पुरिन अझै झण्डै एक सय ७० वर्ष कुर्नुपर्ने हुन्छ । अर्थात्, सन् २१८६ सम्म महिला र पुरुषमा सबै हिसावले समानता नहुने देखिएको छ। संसारभर महिला र पुरुषबीच समान ज्याला नभएको कुरा चौतर्फी आइरहेको छ । यही विभेदलाई हिसाब गर्दा सन् २०१७ मा महिलाले ५१ दिन निःशुल्क काम गरे । हालै भएको लैंगिक भुक्तानी विभेद (जेन्डर पे ग्याप) तथ्यांकले बेलायतका प्रमुख कम्पनीमा महिलालाई पुरुषको तुलनामा आधाभन्दा कम भुक्तानी गरिरहेको उल्लेख गरेको छ । हरेक वर्ष मार्च ८ लाइृ महिला दिवस मनाउँदै गए पनि यौनजन्य हिंसा, पारिश्रमिक र सम्मानका दृष्टिकोणले पुरुष समानको अवस्थामा आउन भने अझै दुई शताब्दी लाग्ने अनुमान छ। 

(एजेन्सीको सहयोगमा)
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस