अहिले राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्दै जमिनको स्वामित्व हस्तान्तरण गर्ने योजनासहित नापी कार्य गरिरहेको छ। यसै क्रममा उदयपुरमा पनि विगत २ वर्षयता अव्यवस्थित जमिनको नाप जाँच जारी छ।
यसै क्रममा वर्षौँदेखि बसोबास गर्दै आएको आफुहरुको जमिन नापी नगरेको भन्दै उदयपुरको कटारी नगरपालिका-३ का स्थानीय नगरपालिका घेर्न पुगेका छन्।
कटारी-३ च्याँगास्थित सीमान्तकृत तथा दलित बस्तीको जमिन नापीमा छुटाएको भन्दै स्थानीय ७६ घरधुरी पीडित टोली नगरपालिका घेराउ गर्न पुगेको हो। उनीहरुले नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै आफुहरुको जमिन ननाप्नुको कारण सोध्दै चित्त बुझ्दो जबाफ नपाए संघर्ष गर्ने चेतावनीसमेत दिएका छन्।
च्याँगास्थित लगभग १ बिगाहा क्षेत्रफल जमिनमा विगत ४ दशकयता सीमान्तकृत थामी समुदाय बसोबास गर्दै आएको छ। उनीहरुसँगै दलित, आदिवासी जनजाति र खस आर्यसमेत भोगचलन गर्दै आएको सो जमिनको नापी नगरेकोमा उनीहरुले मेयर श्रेष्ठसँग जवाफ माग्दै तत्काल नापी गर्न अनुरोध गरेका छन्।
विगत ४ दशकअघि आफनै बाउ बाजेले जंगल फडानी गरी बसोबास गर्दै आएको जमिन आफ्नो नाममा लालपुर्जा आउला भन्ने व्यग्र प्रतीक्षामा रहेका उनीहरु नापी टोलीले वास्तै नगरी हिँडेपछि नगरपालिका घेर्न बाध्य भएको बताएका छन्।
कटारीका सुरेन्द्र थापाका अनुसार सो जमिनमा २० घरधुरी थामी, १८ घरधुरी तामाङ, ४ घरधुरी राई, ३ घरधुरी मगर, ९ घरधुरी दलित, १६ घरधुरी खस आर्य र बाँकी अन्य समुदायको बसोबास छ। लगभग २० बिगाहा जमिन ओगटेको सो बस्ती नापी नगरी टोली हिँडेपछि उनीहरु सशङ्कित र आक्रोशित हुन पुगेका थिए।
धेरै वर्षदेखि जग्गा आफ्नो नाममा आउँछ भन्ने सुनेका जहानसिंह थामी नापी गर्न आएको टोली देखेर खुसी भएका थिए। तर, छेउछाउको सबै जमिन नापे पनि आफुहरुको ननापी टोली हिँडेपछि निरासिएका छन्।
‘बाउले नै यो ठाउँको ठूलो जंगल फाँडेर हामीलाई राख्नु भएको हो’ जहानसिंहलाई उद्धृत गर्दै स्थानीय सुरेन्द्र थापाले भने ‘धेरै चोटि भयो नापी हुन्छ, जमिनको लालपुर्जा आउँछ भनेको, यसपालि टोली आउँदा खुसी लागेको थियो। तर, सबैको नाप्यो, हाम्रो नापेन।’
दशकौँदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा दिन्छ भन्ने सुनेका अर्का सुवास थामी पनि हिस्सिएका छन्। यसपालि त जमिन नापी हुन्छ र लालपुर्जा पाउँछ भन्ने आसमा रहेका उनले किन ननापी टोली फर्क्यो भन्ने भने बुझन नसकेको बताए।
उनीहरुजस्तै बस्तीबासी सबैलाई उदेश लागेको छ। छिमेकका वरिपरिको सबै जमिन नापेको टोलीले थामी बस्ती मात्र छाडेर हिँडेपछि जमिन अझै नपाउने हो कि भन्ने आशंका उनीहरुमा बढेको छ।
जमिन ननापेको भन्दै उनीहरु शुक्रबार नगरपालिका पुगेर मेयर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए। जवाफमा मेयर श्रेष्ठले केही प्राविधिक कठिनाई भएकाले सो जमिन नाप्न नमिलेको बताउँदै छिट्टै समाधानको उपाय निकाल्ने आश्वासन दिए।
मेयर श्रेष्ठले स्थानीय सरकारले सहयोग र सहजीकरण मात्र गर्ने अधिकार भएको बाँकी नाप्ने ननाप्ने सबै काम र जिम्मेवारी भूमि आयोगकै रहेकाले आयोगसँग परामर्श गरेर निकास निकाल्ने प्रतिबद्धता उनले जनाएका छन्।
नगरवासी कोही पनि नागरिक जमिनबिना सुकुम्वासी भएर बसेको आफूले देख्न नचाहेको भन्दै उनले छिट्टै सबैलाई जग्गाधनी पुर्जा दिएर स्वामित्व हस्तान्तरण गर्ने पनि उनको आश्वासन थियो।
कटारी-३ का वडाध्यक्ष पुष्कर खड्काले सो जमिन यसअघि नै नापी भइसकेकाले अहिलेको टोलीले नाप्न नमिल्ने जानकारी आएको बताए।
भूमि ऐन २०१९, २०२१ (संशोधनसहित) अगाडि नापी भइसकेको जमिन पुनः नाप्न नमिल्ने कानुनी बन्देज देखाएर आयोगले जमिन नाप्न नमानेको उनको भनाई छ। वडाध्यक्ष खड्काका अनुसार च्याँगाका अन्य जमिन सबै नापेको भए पनि थामी बस्तीसहित ५ कित्ताको २५ बिगाहा ६ धुर जमिन यो टोलीले नापेको छैन।
भूमि आयोग उदयपुरका अध्यक्ष बलबहादुर तामाङले सो जमिनको विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले नाप्न नमिल्ने बताए। यसअघि पनि सो जमिन नाप जाँच भएको तर, विवाद भएर अदालतमा मुद्दा विचाराधीन रहेकाले आफूहरूसँग नाप्ने अधिकार नभएको अध्यक्ष तामाङले बताएका छन्।