माघ १ देखि सुरु हुने विश्वको सबभन्दा पुरानो सभ्यता दाबी गरिएको किराँती राजा येलम्बरकालीन संवत् ‘येल दुङ (किरात संवत्) ५०८४’ लाई पूर्वी नेपालका किराँत बाहुल्य जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी स्वागत गरिँदै छ।
किराँत, राई, यायोक्खा र किराँतजन्य संघसंस्थाहरुको अगुवाइमा किराँती समुदाय बाहुल्य जिल्लाहरुमा नयाँ येल दुङलाई स्वागत गर्ने क्रममा कतै नेपालको नक्सामा दीप प्रज्वलन, कतै छलफल अन्तरक्रिया, कतै शुभकामना आदानप्रदान र कतै खेलकुद प्रतियोगिता गतिविधिहरू भइरहेका छन्।
यायोक्खा उदयपुरका अध्यक्ष गंगा राईका अनुसार सदरमुकाम त्रियुगा नगरपालिका गाईघाटमा दीप प्रज्वलन गरी येल दुङलाई स्वागत गरिएको छ भने चौदण्डीगढी नगरमा अन्तरक्रिया, बेलका नगरमा साकेलासहित अन्तरक्रिया, कटारी नगरमा वनभोजसहित शुभकामना आदानप्रदान, रौतामाई, ताप्ली, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिकामा यस्तै अन्य गतिविधि गरेर येल दुङलाई स्वागत गरिएको छ।
उता खोटाङमा भने ५०८४ दुङ सुरु भएको उपलक्ष्यमा सदरमुकाम दिक्तेलमा धनुष वाण प्रतियोगिता आयोजना गरिएको छ।
किराँत गणराज्य मोर्चा खोटाङ, प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समिति खोटाङ र प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति युवा परिचालन समिति खोटाङको संयुक्त आयोजनामा अन्तरस्थानीयतहस्तरीय प्रतियोगिता आयोजना गरिएको हो।
जिल्लाका २ नगरपालिका र ८ गाउँपालिका गरी १० वटै स्थानीयतहको सहभागिता रहेको प्रतियोगिता हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका पर्शुराम राईले जितेका छन्।
आयोजनामा सोमबार दिक्तेलको हेलिप्याडमा सञ्चालित धनुष वाण प्रतियोगितामा जम्मा ५४ प्रतिस्पर्धीलाई पछि पार्दै पर्शुराम प्रथम भएको आयोजकले जनाएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका सुमन राई दोस्रो भएको प्रतियोगितामा तेस्रो स्थान सोही नगरपालिका-१४ बुइपाका राजकुमार राईले लिएका छन्।
किराँत गणराज्य मोर्चाले यो प्रतियोगिता को सहकार्यमा आयोजना गरिएको हो। प्रतियोगितामा विजयी खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद र प्रमाणपत्र प्रदान गरियो।
पुरस्कार वितरण गर्दै पूर्वमन्त्री गोपाल किराँतीले येल दुङ विश्वको सबभन्दा अगाडिको सभ्यता संवत् भएको भन्दै यसलाई राज्यले राष्ट्रिय मान्यता दिनुपर्ने माग गरे।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय र बहुधार्मिक मुलुक भएको भन्दै किराँतीले राज्यले सबै जातजाति, धर्म, भाषाभाषी, समुदाय, संस्कार संस्कृति र लिपीलाई समान अवसर र सम्मान गर्न माग गर्दै तर, असमानताकै कारण अहिले संघर्ष गरिरहनुपरेको बताए। उनले आफ्नो पहिचानको रक्षा र अरुको पहिचानको सम्मान गर्दा नै देशमा स्थायी शान्ति र विकास सम्भव हुनेमा जोड दिए।
उता विभिन्न जिल्लाका स्थानीयतहहरुमा येल दुङको स्वागतका लागि गतिविधि गरिरहेको किराँत राई कलाकार संघका केन्द्रीय अध्यक्ष शालिक सतासक राईले लिच्छवीकाल भन्दा अगाडि ३२ पुस्तासम्म शासन गरेको किराँती प्रथम राजा येलम्बरको स्मृतिमा यो संवत् येल दुङ/यले तङबे/यलम्बर संवत् स्थापना गरिएको बताएका छन्।
नेपालको सबभन्दा पुरानो सभ्यताको संवत् भएकाले यसलाई राज्यले राष्ट्रिय संवत् घोषणा गरी लागू गर्न पनि अध्यक्ष राईले माग गरे। प्रथम किरात हाङ (राजा) येलम्बरलाई आधुनिक नेपालको संस्थापक राजाका रुपमा लिने गरिएको पनि उनको भनाई छ।
अध्यक्ष राईले किराँत राई सांस्कृतिक कलाकार सघले येल दुङलाई राष्ट्रिय संवत् घोषणा गरी लागू गर्न नेपाल सरकारसमक्ष आधिकारिक माग गरेको पनि बताएका छन्। संघले सोमबारै एक विज्ञप्ति प्रकाशित गदै नेपाल देशको संस्थापक राजा येलम्बरको स्मृतिमा चलेको संवत् भएकाले येलदुङलाई राष्ट्रिय संवत् घोषणा गरी लागू गर्न सरकारको ध्यानाकर्षण गराएको हो।