श्रीमानसँगै दुर्घटनामा परेकी श्रीमतीको पनि मुत्यु
०२ माघ २०८०
•
१ मिनेट पाठ
श्रीमानसँगै दुर्घटनामा परेकी श्रीमतीको पनि मुत्यु
धनुषामा श्रीमान्सँगै घाइते भएकी श्रीमतीको पनि मृत्यु भएको छ। आइतवार क्षिरेश्वरनाथ नगरपालिका–३ मा राधे सहनी र उनकी श्रीमती अस्मिता शर्मा दुर्घटनामा परेका थिए। दुर्घटनामा राधेको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी २२ वर्षीय अस्मिताको उपचारको क्रममा आइतवार राति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो।

घाइते अस्मिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा राति उनको मुत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रंञ्जन अवाले जानकारी दिए।

महोत्तरीको लोहरपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी साथीहरूसँग श्रीमती अस्मितालाई लिएर घुम्न जाने क्रममा आइतवार साँझ मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनापछि राधेका साथीहरूले उनको श्रीमती अस्मितालाई माइती पुर्‍याएका थिए। अस्मितालाई अचेत अवस्थामा उनको माइतीले अस्पताल पुर्‍याएको थियो। 

दुर्घटना शनिवार नै भएपनि आइतवार बिहान मात्रै क्षिरेश्वरनाथ नगरपालिका–३ पकडिया स्थित गँहु खेतमा राधे मृत अवस्थामा फेला परेका थिए। लोहरपट्टीका राधे र क्षिरेश्वरनाथ नगरपालिका पकडियाकी अस्मिताले चार महिना अघि प्रेम विवाह गरेका थिए। विवाहपछि उनीहरू क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगमा कोठा भाडा लिएर बस्दै आएका थिए।

आइतवार राधे ससुराली पकडियाबाट श्रीमती अस्मितालाई लिएर साथीहरूसँग महेन्द्रनगरका लागि घरबाट निस्केका थिए। सोही क्रममा दुर्घटनामा परेको थियो।

राधेसँगै ससुरालीबाट निस्केका उनको तीनजना साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको धनुषा प्रहरी प्रवक्ता अवाले जानकारी दिए। 
अर्को समाचार
धनुषामा भारतीय पुरुषको शव भेटियो
१७ वैशाख २०८१
•
१ मिनेट पाठ
धनुषामा भारतीय पुरुषको शव भेटियो
धनुषामा एक पुरुष शव फेला परेको छ। नगराइन नगरपालिका–२ जटही बसपार्कस्थित आँपको बगैंंचामा एक पुरुषको शव फेला परेको हो।

धनुषा प्रहरी प्रबक्ता तथा डिएसपी रञ्जन अवाका अनुसार मंगलबार बिहान बसपार्कको केही दूरीमा रहेको आँपको बगैंचामा पहिचान खुल्न नसकेको ती पुरुषको शव बरामद भएको हो।

स्थानीयका अनुसार मृतक पुरुष भारतको बासोपट्टिको रहेका छन्। उनलाई तीनचार दिनअघि अत्यधिक रक्सी सेवन गरेको अवस्थामा प्रहरीले देखेपछि भारततर्फ पठाइएको थियो।

अत्यधिक रक्सी सेवन गरेका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ। उनी रक्सी खाएर बिहान सात बजेसम्म त्यहीँ बगैंचामा आँपको रुखमुनि सुतिरहेका थिए।

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको डिएसपी अवाले जानकारी दिएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस