जाजरकोट भूकम्पले पशुपक्षी तर्फ १० करोड क्षति
०४ पौष २०८०
•
३ मिनेट पाठ
जाजरकोट भूकम्पले पशुपक्षी तर्फ १० करोड क्षति
कर्णाली प्रदेश सरकारले गत कात्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट दश करोडको पशुपंछी क्षति भएको तथ्याङ्क प्रस्तुत गरेको छ।




कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रको सहकार्यमा मङ्गलवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘विपद्पश्चात् हरित पुनःस्थापना’ विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उक्त तथ्याङ्क प्रस्तुत गरे।

प्रवक्ता कठायतले प्रस्तुत गरेको तथ्याङ्कअनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ। जहाँ एक हजार पाँच सय ५३ गोठ भत्कदा किसानको रु पाँच करोड ५० लाख क्षति भएको छ। त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुरलगायतका पाँच सय १३ पशु चौपायको मृत्युले रु दुई करोड ५० लाखको क्षति भएको प्रवक्ता कठायतले जनाए।

त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ घार नष्ट हुँदा रु एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ जनाइएको छ। त्यसैगरी, ८८ मेटिक टन खाद्य नष्ट हुँदा रु ३८ लाख क्षति भएको उनले बताए। भूकम्पले १९ हजार दुई सय ६२ घर पूर्ण क्षति भएको जनाइएको छ। एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ।

भारतबाट कमाएर ल्याउने जनशक्ति भूकम्पकै कारण रोकिएपछि आयआर्जनमा समेत घट्ने देखिएको छ। त्यस्तै, उत्पादन र उत्पादकत्व घट्ने, भूकम्पका कारण गोरुमा क्षति पुग्दा खेतबारी जोत्ने समस्या हुने र तत्काल पशुमा लगानी गर्ने किसानमा क्षमता नभएकाले उत्पादनमा ह्रास आउने बताइएको छ।

तथ्याङ्क प्रस्तुत गर्दै प्रवक्ता कठायतले प्रदेश सरकारसहित सम्बन्धित निकायले खेतीपातीको लागि गोरु वा यान्त्रीकरण, खाद्य तथा तरकारी उत्पादनका लागि बीउको व्यवस्था गर्नुपर्ने, दिगोरुपमा गोठ र खोरको स्थापना, अस्थायी घरमा त्रिपालको व्यवस्था र खेतीपातीलाई पुनरुत्थान गर्नुपर्ने कार्यक्रममा जोड दिन सुझाए।

यो भूकम्पले ल्याएको विपद्मा पनि दूरदराजका प्रभावितको किसानलाई बाहिरबाट आएको सहयोगमा पहुँच नभएकाले प्रदेश सरकारले ‘एक पालिका, एक गोदामघर’ स्थापनाको अवधाराणा ल्याउनुपर्नेमामा जोड दिए। दिगो रुपमा कृषि तथा पशुजन्य कार्यक्रम कसरी गर्ने भन्नेमा सरकारले योजना बनाएर अगाडि बढ्ने लक्ष्य राखेको उनको भनाइ थियो।

भूकम्पप्रभावित जिल्लाका पालिकालाई साविकको अवस्थामा लैजान पशुपछी तथा खोर व्यवस्थापनमा करिब दश करोड, सडक, खानेपानी, सिँचाइलगायत एक सय ५० योजनाका लागि रु चार करोड ५० लाख र माहुरी उत्पादन कार्यक्रममा रु एक करोड बजेट प्रस्ताव गरिएको प्रवक्ता कठायतले बताए।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले ‘भन्या जन्ती जानु, सुन्या मलामी जानु’ अर्थात् सुख र दुःखमा सहयोग गर्ने हाम्रो मौलिक संस्कार छ रहेको बताए। उनले भने, 'यो आचारणमा हुर्केको समाजमा सुख दुःख दुवैमा हामी सँगसँगै हुन्छौँ भन्ने हो। जिल्ला नभई पालिका केन्द्रित विपद् प्रतिकार्य, खोज, उद्धार तथा राहतका गतिविधि र प्रदेश तथा स्थानीय तहले बजेट, कार्यक्रम तथा योजना बनाउनुपर्छ।'  

कर्णाली प्रदेश योजना आयोगका सदस्य ऋषिकेश खनालले आयोग दोस्रो आवधिक योजना निर्माणका प्रक्रियामा रहेको बताउँदै विपद् जोखिमको समयमा तत्काल प्रतिरोध, आउने वर्षका लागि कस्ता कार्यक्रम, विपद्लाई कसरी सम्बोधन गर्ने भन्नेमा ध्यान दिन आवश्यक रहेको बताए।

खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि ठाकुरप्रसाद चौहानले आफ्नो प्रस्तुति राख्दै किसानको दीर्घकालीन जीविकोपार्जन कसरी गर्न सकिन्छ भन्ने कार्यक्रम र बालीनाली उत्पादनमा सहयोग पुग्ने संरचना तयार गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले प्राप्त सुझाव कार्यक्रममा समेट्नुका साथै प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा विपद्पश्चात् हरित पुनःस्थापना कार्यक्रममा जोड दिने बताए।  

उक्त अन्तरक्रियात्मक कार्यक्रममा रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, जाजरकोट नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत, सुर्खेत चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्मा र सल्यान दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी आआफ्नो पालिकाको विपद्पश्चात् देखिएका समस्या, समाधानमा भएका गतिविधि र हाल पुनःस्थापनाका निम्ति भइरहेका कामका बारेमा भनाइ राखेका थिए। रासस
अर्को समाचार
भूकम्पले चर्किए लोमान्थाङका सयौं घर
२५ भदौ २०८३
•
३ मिनेट पाठ
भूकम्पले चर्किए लोमान्थाङका सयौं घर
लोमान्थाङ गाउँपालिका–२ को दिव्यदीप माविको चौरमा टाँगिएको टेन्ट। भूकम्पले विद्यालयको छात्राबास भवन चर्केपछि विद्यार्थीलाई समस्या परेको छ। तस्बिरः नागरिक
भूकम्पले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति गरेको छ। गत मंगलबार राती ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो। भूकम्पले त्यहाँका घर, गुम्बा, विद्यालयका भवन चर्केका छन्। कतिपय भवन भत्किने अवस्थामा पुगेको स्थानीयले बताएका छन्। भूकम्प पछि पनि बारम्बार धक्का महसुस गरेको स्थानीयले बताएका छन्।  




लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्ह्र्वु गुरुङका अनुसार गाउँपालिकाका अधिकांश माटोको घर चर्केका छन्। कतिपय घर त भत्किने अवस्थामा पनि पुगेको उनले बताए। भूकम्प र त्यसपछिका बारम्बार आएका धक्कापछि स्थानीयहरु घरबाहिर टेन्ट टाँगेर बसेका छन्। दिनमा घर फर्किने र राती बाहिर खुला चौरमा टेन्ट टाँगेर सुत्ने गरेको उनले बताए।  

‘भूकम्पले मानवीय क्षति मात्र नगरेको हो। नत्र भौतिक क्षति गरेको छ। यहाँका घरहरु सबैजसो चर्केका छन,’ उनले भने, ‘लोमान्थाङ गाउँपालिकाका अधिकांश घरहरु माटोले छाएका कच्ची घर छन्। ती मध्ये अधिकांश घर चर्केको र केही त भत्किने अवस्थामा पुगेका छन्।’ 

पानी कम पर्ने र चिसो हुने भन्दै हिमाली जिल्लाको माथिल्लो भेगका घरहरु माटोले बनाउने चलन छ। अहिले तिनै घर भूकम्पले चर्केको उनले बताए।  उनका अनुसार लोमान्थाङ क्षेत्रमा केही घरहरु पक्कि भएपनि ती घरमा क्षति भएको छैन। होटल तथा अन्य पक्कि भवन सुरक्षित रहेको पनि उनले बताए। ‘बस्ती नै जोखिममा छन। गाउँलेलाई घर फर्किन पनि त्रास छ। बारम्बार धक्का पनि महसुस भईरहेकोले पनि कतिखेर कुन घर भत्किने भन्ने यकिन हुन सकेन। त्यसले गर्दा समस्या आइपरेको छ,’ उनले भने।  

अध्यक्ष गुरुङका अनुसार लोमान्थाङका चारवटा वडामा बढिजसो प्रभाव परेको छ। लोमान्थाङ–१ र २ वडामा १३० वटाको दरले घर रहेका छन्। वडानम्बर ३ मा ८६ वटा घर रहेका छन। ४ नम्बर वडामा  १ सय ५ वटाजति घर रहेका छन्। ती मध्ये अधिकांशमा क्षति भएको उनले बताए।

‘लोमान्थाङ गाउँपालिकामा मात्र करिब ४ सय घरमा क्षति भएको छ। घर भत्किएका त होईनन, तर, चर्किएका छन। कुनैपनि बेला भत्किन पनि सक्छ,’ उनले भने, ‘७० वटाजति त बस्नै नहुने अवस्थामा रहेका छन्।’ 
गाउँपालिकामा सबैगरि ७ सय घर रहेका छन्। लोमान्थाङ गाउँपालिकाको जनसंख्या १९ सय रहेको छ।  चर्केका घर, गुम्बा, विद्यालय भवन सहितका संरचनाको क्षतिबारे तथ्यांक संकलन गरिरहेको उनले बताए। ‘गाउँपालिकासँग पनि पर्याप्त श्रोत छैन। तत्कालका लागि त्रिपाल चाहिएको छ। चिसो र हावा चल्ने भएकोले पनि समस्या छ,’ उनले भने। उनका अनुसार गाउँपालिकासँग अहिले श्रोत केही छैन। तत्काल सामान किन्नुपरेमा पनि पोखरासम्म धाउनुपर्ने उनले बताए।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालका अनुसार घर चर्केपछि त्यहाँका बासिन्दा घरबाहिर बसेका छन्। रातीको समयमा सुत्नका लागि टेन्ट टाँगेका छन्। 

‘लोमान्थाङ बजारभित्र केही पक्कि घर हुन। ती घर र होटलमा केही समस्या छैन। तर, कच्ची घरमा समस्या हो,’ लम्सालले भने, ‘भूकम्पपछि बारम्बार धक्का आइरहेकोले झनै समस्या थपिएको छ। स्थानीय त्रासमा बसेका छन। गाउँपालिकाले केही त्रिपाल दिएको छ। तर, पर्याप्त छैन।’ 
उनका अनुसार भवनको क्षति मुल्यांकन गर्न वडा कार्यालय मार्फत क्षति मुल्याकंन गर्न थालिएको छ। त्यसका लागि प्राविधिकहरु पनि गाउँमा खटाइएको छ। गाउँपालिकाभित्रको सबैतिरको क्षतिको विवरण नआइसकेको उनले बताए।  

लोमान्थाङ गाउँपालिका–२ को दिव्यदीप माविको छात्राबास भवन चर्केपछि त्यहाँका विद्यार्थी पनि समस्यामा परेका छन। छात्राबासको भवन चर्केपछि पठनपाठन हुने विद्यालय भवनभित्रको कक्षा कोठामा राती सुत्ने गरेका छन्। कतिपय विद्यार्थी विद्यालय भित्रकै खुला चौरमा टेन्ट टागेर सुत्न बाध्य भएको विद्यालयले बताएको छ। विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीका अनुरा विद्यालयमा सबैगरि ८४ जना विद्यार्थी छन्। ती मध्ये ८० जना विद्यार्थी विद्यालयको छात्राबासमा बस्छन्। बाँकी चारजना घरबाट आउजाउ गर्छन। छात्राबासमा बस्ने ती विद्यार्थी अहिले रातीमा विद्यालयको टेन्टमुनि सुत्ने गरेका छन्।  

‘भूकम्पले भवन चिराचिरा परेको छ। छात्राबास भवन पुरै चर्केको छ। विद्यालयमा सबैगरि ११ वटा कोठा छन्’ उनले भने, ‘तत्कालका लागि छात्राबासमा बस्न मिल्दैन। त्यही भएर तिनै कक्षाकोठालाई उपयोग गरेका छौं। विद्यार्थी बाँडिएर सुत्ने गरेका छन। केही विद्यार्थी दिँउसो पढाई हुने कक्षाकोठामा र केही बाहिर चौरमा टेन्टमुनि सुत्ने गरेका छन।’  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस