मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ शिविर
०३ माघ २०७४
•
६ मिनेट पाठ
मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ शिविर
मुगु – जिल्लामा देखिएको स्वास्थ्य अवस्थालाई सुधार गर्न अबदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला अस्पताल मुगुमा नियमित विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।




जिल्लाका अधिकाँश महिलाहरुमा पाठेघर खस्ने समस्या जटिल बन्दै गएको विभिन्न सरकारी तथा गैरसरकारी निकायले बताई रहेपनि आङ्ग खस्ने समस्या भएका महिलाहरुले नबोलिदिंदा एकिन तथ्यांक आउन सकेको छैन। मुगुमा आङ्ग खस्ने समस्याको उपचार गर्ने उद्देश्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज जोशी नेतृत्वको एक टोली जिल्ला आईपुगेको छ। महिलाको आङ्ग खस्ने समस्या कस्तो छ भन्ने अवस्था बुझ्न आफ्नो टोली मुगु पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक जोशीले बताए। आङ्ग खस्ने समस्या मात्र नभएर प्रसुति सेवा, बाल रोग, हाड जोर्नी लगायतका सेवाहरु समेत शिविरका माध्यमले प्रदान गरिने भएको छ।

अबदेखि मुगु स्वास्थ्य कार्यालयले नियमित रुपमा आङ्ग खस्ने समस्याबाट पीडित महिलाको पहिचान गरि दशजना भन्दा बढी पीडित महिलालाई जम्मा गर्नसके जुम्लाबाट हरेक हप्ता दश दिनमा विशेषज्ञ चिकित्सकको टोली आएर पाठ्यघरको शल्यक्रिया गर्ने व्यवस्था प्रतिष्ठानले मिलाउने प्रतिष्ठानका निर्देशक जोशीको भनाई छ। हप्ता दश दिनमा पाठ्यघर खसेका दुई तीन जना महिला मात्र पहिचान हुनसके जिल्ला स्वास्थ्य कार्यालयले उनिहरुलाई जुम्ला पठाउने र जुम्लामा उनीहरुको निःशुल्क शल्यक्रिया समेत गरि बाटो खर्च समेतको व्यवस्था गरिने भएको छ।

यता जिल्ला अस्पताल मुगुमा शल्यक्रिया मार्फत सुत्केरी गराउनका लागि विशेषज्ञ राख्ने विषयमा छायानाथ रारा नगरपालिकाका जन प्रतिनीधीहरुसंग छलफल भइरहेको बताईएको छ। तत्काल महिनाको दुई तीन पटकसम्म हाड जोर्नी, बाल रोग, सर्जरी लगायतका सेवा प्रवाह गर्नका लागि प्रतिष्ठानले ब्यवस्था मिलाउने र जसका लागि पालै पालो गरेर प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकको टोली मुगु पठाउने तयारी भई रहेको निर्देशक जोशीले बताए। यसरी आउने टोली विरामीको चाप अनुसार जिल्लामा बस्ने र जुम्ला फर्किने अवस्था निर्धारण हुने बताईएको छ।

देशमा अब संघीय व्यवस्था आइसकेपछि सिंहदरवारको अधिकार गाउँ गाउँमा आउने भनेपछि मुगुका दुर्गम गाउँ बस्तिका नागरिक सरकारबाट पाउने सबै सेवा सुविधा गाउँ घरमा नै पाउने आशामा थिए। तर विडम्बना स्थानीय तह, प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचन भई सक्दा पनि स्थानीय तहबाट दिनुपर्ने सरकारी सेवा केन्द्रमुखी बन्दै जाँदा नागरिकले सोचे जस्तो सेवा पाउन सकेका छैनन।

स्थानीय तहको निर्वाचन पछि सबै प्रकारका स्वास्थ्य सेवा वडा स्तरबाट नै उपलब्ध गराउने सरकारले बताएपनि अहिले जिल्लाका एक नगरपालिका र तीनवटा गाउँपालिकाबाट प्रवाह हुनुपर्ने सेवा सुविधा सदरमुकाममा आएर लिनुपर्ने बाध्यता छ। ग्रामीण क्षेत्रमा ईन्टरनेट, बैंक तथा वित्तीय संस्था नहुँदा अधिकाँश काम सदरमुकाममा नै गर्नुपर्ने स्थानीय तहका जन प्रतिनीधीहरुले बताउदै आएका छन।

यसमा नागरिकको जीबनमा प्रत्यक्ष प्रभाव पर्ने स्वास्थ्य क्षेत्र झन लथालिंग देखिएको छ।

२०७३ चैत्रदेखि जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने, एपेण्डिक्स, हर्निया, हाईड्रोशील लगायतका शल्यक्रिया सञ्चालनमा आएपनि राजनीतिक क्षेत्रबाट अनावश्यक दबाब, आफ्नै कर्मचारीबाट धम्की आउन थालेपछि जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख एमडिजिपी (विशेषज्ञ) डाक्टर जितेन्द्र कडेंलले जिल्ला छोडेको दुई महिनादेखि जिल्ला अस्पतालबाट प्रवाह हुने सबै प्रकारका शल्यक्रिया सेवा बन्द भएका छन।

विशेषज्ञलाई जिल्लाबाट पठाएपनि फेरि अरु विशेषज्ञ ल्याउने पहल कुनै निकायबाट भएको छैन भने सामान्य अवस्थामा सुत्केरी हुन सक्ने गर्भवतीलाई समेत जिल्ला अस्पतालमा उपचार सम्भव छैन भन्ने जवाफ आउदा अहिले अधिकाँश गर्भवती महिलालाई सुत्केरी गराउन जुम्ला, नेपालगञ्ज लैजानु पर्ने बाध्यता मुगुबासीलाई आई परेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस