संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अहिले केही बेरमा लुम्बिनीको भ्रमण गर्दैछन। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा महासचिव गुटेरेसले लुम्बिनीको भ्रमण गर्दैछन। गुटेरेस प्रधानमन्त्री दाहालको निमन्त्रणामा आइतबार विहान नेपाल आएका हुन। गुटेरेसलाई लुम्बिनीमा भव्य स्वागतको तयारी गरीएको छ।
गुटेरेसलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी,कोषका उपाध्यक्ष ल्हारक्याल लामा सहित उच्च पदस्थ अधिकारीहरुले स्वागत गर्नेछन। गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैठौं महासचिव हुन। गुटरेसले लुम्बिनीमा करिब डेढ घण्टा विताउने भ्रमण तालिका छ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार गरेको गुटेरेसको लुम्बिनी भ्रमण तालिका अनुसार आज(मंगलबार) विहान ८:३५ बजे पोखराबाट भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आउने छन। भैरहवाबाट हेलीकप्टरमा उनी ८:५० मा लुम्बिनी आइपुग्नेछन । ४ नं. गेटबाट लुम्बिनी प्रवेश गराएर गुटेरेसलाइ शान्तिदिप लगीनेछ। शान्तिदिपबाट पैदलै मायादेवि मन्दिर प्रवेश गर्ने भ्रमण तालिका छ। गुटेरेसले मायादेवि मन्दिर,बुद्धजन्म स्मारक,पुष्करणी पोखरी,अशोक स्तम्भको अवलोकन गरी पिपलको रुखमुनी छोटो स्वागत कार्यक्रम हुनेछ। अशोक स्तम्भमा दिप बाल्नुका साथै वृक्ष रोपण गर्ने कार्यरम रहेको लुम्बिनी विकास कोषले जनाएको छ।
नेपाली सेनाले सुरक्षाको प्रबन्ध गरेको छ। कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम छ। त्यसपछि महासचिव गुटेरेसले लुम्बिनी विकास कोषको अतिथि पुस्तिकामा हस्ताक्षर गर्नेछन। लगत्तै पत्रकारहरुसंग गुटेरेसले बुद्धजन्मस्थलबाट विश्व शान्तिको सन्देश दिने कार्यक्रम रहेको कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए।
लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले लुम्बिनीको विकास राष्ट्रसंघको भुमिका निकै महत्वपूर्ण रहेकाले आगामी दिनमा पनि लुम्बिनीको विकास र प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। गुटेरेसको भ्रमणले लुम्बिनीको विश्वव्यापी प्रचारका साथै लुम्बिनीको विकासकालागि संयुक्त राष्ट्रसंघको सहकार्य थप मजबुद हुने उनले बताए। ‘राष्ट्रसंघका महासचिव लुम्बिनी आउनु नै हाम्रो लागि गौरवको विषय हो, यो भ्रमणले विश्वव्यापी रुपमा बुद्ध र लुम्बिनीको प्रचार हुन्छ’उनले भने।
नेपालमा उ थान्तको समयमा संयुक्त राष्ट्रसंघको पहलमा सुरु भएको लुम्बिनी अन्तराष्ट्रिय सहयोग समितिमा सलग्न राष्टहरुको बैठक तथा सम्मेलनको आयोजनाकालागि समेत कोषले गुटेरेससंग आग्रह गर्ने बताइएको छ। बृहत्तर लुम्बिनीको विकासमा कोरीयाली प्रोफेसर क्वाक योग हुमले तयार गरेको विश्व शान्ति शहरको परिकल्पनामा आधारित गुरुयोजना समेतलाइ ध्यानमा राखेर संयुक्त राष्ट्रसंघको सहयोग र सदभावकालागि महासचिवको भ्रमण फलदायी हुने विश्वास लिइएको छ।
सन १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएका बेला नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाएको थियो। १९५९ मा ड्यागले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ। ड्याग सहित गुटरेस सम्म आइपुग्दा ६ जना महासचिवले बुद्धजन्मस्थलमा पाइला टेक्ने उपाध्यक्ष लामाले बताए। ड्यागले १९५९ को मार्चमा, उ थान्तले सन १९६७ को अप्रिलमा,कर्ट वाल्डहिमले सन १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कायरले सन १९८९ को मार्चमा र वान की मुनले सन २००८ मा लुम्बिनीको भ्रमण गरेका थिए। विशेषगरी संयुक्त राष्ट्रसंघका महासचिव उ थान्तको लुम्बिनी भ्रमण पछि नै लुम्बिनीको विश्वव्यापी प्रचार र विकासमा चासो सुरु भएको कोषका अधिकारीहरु बताउँछन।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...