रौतहटको राजदेवी नगरपालिका-४ की ११ वर्षीया जुली साह र १२ वर्षकी रिसा साह साथीहरुसँग झिझिया गीत गाउन सुरु गर्छन् – ‘चल चल गे डैनी बर्हमतर, तोरा बेटबाके खबौ बर्हमतर’
अन्य साथीहरुले पनि यही दोहोर्याउन थाल्छन्। कुनै बाजा नभए पनि आफ्नै स्वर र आफ्नै तालमा बालिकाहरुको समूह झिझियाका विभिन्न गीत गाउँदै नाच्न थालेपछि टोलभरिका युवा, प्रौढ तथा ज्येष्ठ नागरिक नरनारीको समूह भेला हुन्छन्।
घटस्थापनादेखि महानवमीको रातसम्म गाउँघरमा झिझिया खेल्ने चलन अझै पनि गाउँमा रहेको छ। अधिकांश गाउँमा झिझिया लोप भइसकेको भए पनि राजदेवीका बालिकाहरुले भने झिझियाको परम्परालाई कायम राखेका छन्। घटस्थापनाकै रात एक दर्जनभन्दा बढी बालिका तथा किशोरीहरुले टाउकामा झिझिया बोकेर गाउँको सडकमा गीत गाउँदै नाच्न थालेपछि गाउँको रौनक नै फेरिएको स्थानीय धर्मेन्द्र साह बताउँछन्।
झिझिया पहिले युवतीहरुले खेल्ने गर्दथे। झिझिया खेल्ने दिदी बहिनीमाथि घरबाटै रोक लाग्न थालेपछि एक गाउँ हुँदै अर्को गाउँमा पनि झिझिया हराउँदै गयो। गत दुई दशकमा अधिकांश गाउँमा झिझिया लोप भइसकेको साहको भनाइ छ। झिझियाको स्वस्थ परम्परालाई जोगाउन सचेत मानिसहरुको प्रयास र अभिभावकहरुको संरक्षणमा बालिकाहरुलाई प्रोत्साहन गरिएको हो।
झिझिया संस्कृतिलाई संरक्षण गर्न स्थानीय अभिभावकहरु आफ्ना बालिकाका लागि बजारबाट झिझियाको घैंटो किनेर ल्याउँछन्। प्वालै प्वाल भएको घैंटोमा दियो बालेर टाउकोमा हालेर गीत गाउँदै नाच्न सिकाउँछन्। दसैँकै अवधिमा बालिकाहरुलाई झिझियाको गीत गाउन सिकाउँदै नृत्य गर्न पनि सिकाउन थालिएकोले गाउँमा फेरि झिझियाप्रति अनुराग बढेको स्थानीय विमल साहको भनाइ छ।
राजदेवी ३ की अर्चना पंडितले आफूहरुले सोमबारदेखि झिझिया खेल्ने बताएकी छन्। झिझिया खेल्दा नराम्रो मान्ने अभिभावकहरुले अब आफ्नो संस्कृति बचाउनको लागि झिझिया खेल्न प्रोत्साहन गर्न थालेको पंडितको भनाइ छ। झिझिया गीतमा केही अन्धविश्वास रहे पनि अबको दिनमा जागरण र महिला अधिकारको कुरालाई जोड दिएर झिझिया गीतमा परिवर्तन ल्याउनु आवश्यक रहेको उनले बताए।
गढीमाई नगरपालिका-४ की काजल पटेलसहितका केही बालिकाहरुले आइतबार रातिदेखि झिझिया खेल्न सुरु गरेका छन्। गए राति झिझिया खेल्नेहरुको संख्या केही कम भएको र सोमबार मलाही हाटबजारबाट झिझिया किनेर ल्याएपछि झिझिया खेल्ने साथीहरुको संख्या बढी हुने पटेलले बताएकी छन्। झिझियाप्रति बालिकाहरुको उत्साह बढेको पटेलको भनाइ छ।
दिदी बहिनीहरुले भदौ महिनामा खेल्ने जरजटिन खासै कतै हुन नपाएको भए पनि झिझियालाई जोगाउन केही जागरुकता देखिएको र अभिभावकहरुको सहयोगमा बालिकाहरुले भए पनि झिझिया खेल्नु सराहनीय भएको रौतहटकी साहित्यकार रेणु गुप्ताको भनाइ छ।
सामूहिक सामाजिक संस्कृतिको रुपमा रहेको झिझियालाई परम्परागत रुपमा भन्दा पनि आधुनिक समाज अनुरुप गीत बनाएर संरक्षण गर्नु उचित रहेको बताउँदै साहित्यकार गुप्ताले पालिका तथा प्रदेश सरकारले पनि संरक्षण र संवर्द्धनको लागि ध्यान दिनुपर्ने बताउँछिन्।
कहिलेकाहीँ सार्वजनिक मञ्चमा देखाउनको लागि सीमित भइसकेको झिझिया संस्कृति पुनः मौलाउन थालेकोमा जनप्रतिनिधिहरु पनि खुसी व्यक्त गर्दछन्। आफूले झिझियालाई प्रोत्साहन गर्ने गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादव बताउँछन्।
नेपाल प्रहरीले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न चेतावनी दिएको छ।
बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले त्यस्ता सूचना चुहावट गरेको पाइए विभागीय तथा कानुनी कारबाही अघि बढाइने प्रहरी प्रधान कार्यालयले जनाएको हो।
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना सार्वजनिक गर्न नपाइने उल्लेख गरेको छ। यस्तो कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीत मानिने विज्ञप्तिमा जनाइएको छ।
सूचना चुहावटले शंकित व्यक्तिको गोपनीयता उल्लंघन गर्नुका साथै अनुसन्धानको निष्पक्षता र प्रहरी संगठनको प्रतिष्ठामा समेत असर पार्ने प्रहरीको भनाइ छ।
उता, जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियाबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीप्रति आपत्ति जनाएको छ। परिसरका अनुसार संकलित तथ्य, प्रमाण र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानको निष्कर्ष नआउँदै अपुष्ट तथा भ्रामक सामग्री सार्वजनिक गर्दा घटनाबारे भ्रम फैलिने र अनुसन्धान प्रभावित हुने प्रहरीको निष्कर्ष छ।
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...