‘सुटर’ को साथमा भारतीय प्रहरीको कार्ड
१७ कार्तिक २०७४
•
७ मिनेट पाठ
‘सुटर’ को साथमा भारतीय प्रहरीको कार्ड
काठमाडौं – अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ परेका २ भारतीय ‘सुटर’ को साथबाट प्रहरीले पन्जाब प्रहरी र भारतको विद्युत् प्राधिकरणको कर्मचारीको परिचयपत्र फेला पारेको छ।

बुधबार ज्यान डेनिस डान्समा गोली चलाएर भाग्दै गर्दा पक्राउ परेकामध्ये जसवीर सिंहको साथबाट भारतको पन्जाब प्रहरी हबल्दारको परिचयपत्र फेला परेको छ भने शरदेवेन्द्र सिंहको साथबाट ‘इन्डियन इलेक्ट्रिसिटी बोर्ड’ को कर्मचारी भएको परिचयपत्र फेला परेको छ।

अनुसन्धानमा संलग्न प्रहरीले शरदेवेन्द्रका बारेमा भारतीय समकक्षीसँग सम्पर्क गर्दा उनी इलेक्ट्रिसिटी बोर्डको प्राविधिक पदमा कार्यरत कर्मचारी रहेको र अहिले छुट्टीमा रहेको खुलेको छ।

पेस्तोल र ५१ राउन्ड गोलीसहित पक्राउ पर्नेमा भारतीय सरकारी कर्मचारी, हत्या प्रयासको अभियोगमा अनुसन्धान सुरु।

जसवीरको साथबाट पन्जबव प्रहरीमा हबलदार पदमा कार्यरत परिचयपत्र फेला परेको छ । परिचयपत्रमा नाम उपदेश सिंह छ भने तस्बिर अर्कैको छ।

बयानमा उनले सो परिचयपत्र आफ्नो साथीको रहेको र कहींकतै हिँड्दा उनको परिचयपत्र बोक्ने गरेको दाबी गरेपछि नेपाल प्रहरीका अधिकारीले पन्जाब प्रहरीसँग विवरण मागेको छ।

पक्राउ गरेका दुवैलाई आतंकवाद र अन्तरदेशीय अपराध अनुसन्धान गर्ने प्रहरीको विशेष ब्युरोले कानुनी प्रक्रियाका लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

‘शरदेवेन्द्र भारतको सरकारी कर्मचारी भएको पुष्टि भयो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘जसवीरले गोलमटोल बयान दिइरहेका छन् । उनको साथबाट अन्यकै नाम र तस्बिर भएको परिचयपत्र फेला परेकाले त्यसको भेरिफाइको प्रयासमा छौं ।’

अनुसन्धानमा संलग्न स्रोतका अनुसार दुवैले आफूहरु नेपाल घुम्न आएको र सुरक्षाका लागि हतियार बोकेको बयान दिएका छन् । उनीहरु बुटवलको एक ट्राभल्स एजेन्सीमार्फत २ दिन कोठा बुक गराएर मंगलबार बेलुका काठमाडौं आएको पाइएको छ । तर उनीहरू कहाँकहाँ घुम्ने योजनासहित आएका हुन् भन्ने खुलेको छैन।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरु बस्ने होटलमा भएको आवतजावतबारे क्लोज सर्किट टेलिभिजनका दृश्य संकलन गरेको छ । उनीहरूसँग कुनै शंकास्पद व्यक्तिले भेटघाट गरेको देखिएको छैन।

प्रारम्भिक अनुसन्धानमा बरामद भएको पेस्तोल र गोली जसवीरको भएको खुलेको छ । उनले सो पेस्तोल आफूले भारत सरकारसँग अनुमति लिएर लिएको दाबी गरेका छन्।

प्रहरीले जसवीरलाई केन्द्रित गरेर अनुसन्धान गरिरहेको छ । उनीबाट बरामद पेस्तोल भारत सरकारको रक्षा मन्त्रालयअन्तर्गतको राइफल फ्याक्ट्री इसापुरमा उत्पादित रहेको पुष्टि भएको छ। 

स्रोतका अनुसार जसवीरले पन्जाबमा सुरक्षा खतरा बढेपछि हतियार लिएको र नेपालमा हतियार लिएर आउन नपाउने जानकारी नभएको दाबी गरे पनि अनुसन्धान अधिकारीले पत्याएका छैनन्।

‘शरदेवेन्द्रको व्यवहार त्यति शंकास्पद देखिएको छैन । तर जसवीरले अनुसन्धानकर्तालाई भ्रममा राख्ने प्रयास गरेका छन्,’ अनुसन्धानमा संलग्न अधिकारीले भने।

उनीहरुले ४ वटा म्यागजिनसहितको पेस्तोल र ५१ राउन्ड गोली बोकेर नेपाल आउनुको कारण खुलाउन सकेका छैनन् ।

स्रोतका अनुसार युनुस अन्सारीको हत्या प्रयासको घटनामा २०६७ मा पन्जाबका मनमितसिंह भाटिया पक्राउ परेका थिए । अन्य केही फरार छन् । फरारमध्ये एकको हुलिया जसवीरसँग मिल्छ । ब्युरोले मुद्दा प्रक्रियाका लागि दुवै भारतीयलाई परिसरको जिम्मा लगाए पनि अनुसन्धानको नेतृत्व उसैले गरिरहेको छ। 

भारतबाट आफ्नै गाडी लिएर आएको, रेस्टुरेन्टमा गएर सामान्य विषयमा विवाद गरेको जस्ता घटनाक्रम गम्भीर प्रकृतिको आपराधिक योजनासहित आउने टोलीका सदस्यले अपनाउने शैलीभन्दा भिन्न हो । उनीहरु घुम्न मात्र आएको भन्ने दाबी हतियारको संख्या र प्रकृतिले पुष्टि हुँदैन।

‘भारतीय सुटर संलग्न रहेका पुराना घटनाका फरारसँग जोडेर समेत अनुसन्धान भइरहेको छ,’ स्रोतले भन्यो, ‘अन्य मिसनमा समेत आएका हुन सक्छन्, तर अहिले खुल्न सकेको छैन ।’

हत्या प्रयासको अभियोग

पक्राउ परेका दुवै भारतीय नागरिकलाई काठमाडौं परिसरले ज्यान मार्ने प्रयासको अभियोगमा काठमाडौं जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि सात दिनको म्याद लिएको छ।

उनीहरुमाथि अवैध हतियारको समेत अभियोग लाग्छ । रेस्टुरेन्टमा गोली चलाएकाले प्रारम्भमा हत्या प्रयासको अभियोगमा अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको परिसरका एसपी रामदत्त जोशीले जानकारी दिए।

‘बिहीबार अदालतबाट ७ दिन म्याद पाएका छौं,’ जोशीले भने, ‘अहिले हत्या प्रयासमा अनुसन्धान सुरु गरेका छौं, पछि अवैध हतियारसमेत लाग्छ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस