खोटाङका एक युवा बालिका बलात्कार अभियोगमा पक्राउ परेका छन्। शनिबार स्थानीय ५ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने जिल्लाको जन्तेढुंगा गाउँपालिका ६ दिप्लुङका ट्वाँके भनिने राजु राई पक्राउ परेको प्रहरीले जनाएको छ।
छिमेकी आफन्तको घरमा खेल्न गएकी बालिकालाई अश्लील भिडियो हेर्दे जबरजस्ती करणी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। बलात्कारबाट गम्भीर बिरामी परेकी बालिकालाई स्थानीय स्वास्थ्य केन्द्र चिसापानी उपचारार्थ लगिए पनि संभव नभएपछि उदयपुर सदरमुकाम गाईघाट ल्याएर उपचार भइरहेको छ।
मोबाइलमा अश्लील भिडियो देखाउँदै बालिका बलात्कार गरी फरार भएका राईलाई इलाका प्रहरी कार्यालय चिसापानीले शनिबारै खोजेर पक्राउ गरेको खोटाङ प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले बताए। घटनापछि लुकिछिपी बसेका अभियुक्तलाई खोजविनको क्रममा शनिबार राति नै भेटेर पक्राउ गरी कारबाही गर्ने तयारी भइरहेको डिएसपी खड्काले बताए।
जन्तेढुंगा ६ का वडाध्यक्ष सागर राईका अनुसार बलात्कारबाट रक्तश्राव निरन्तर भइरहेको अवस्थामा बालिकालाई भेटेर उद्धार गरी स्थानीयले स्वास्थ्य केन्द्र चिसापानी लगेका थिए। तर, त्यहाँ उपचार नहुने नभएपछि रातारात उदयपुर जिल्ला अस्पताल लानु परेको अध्यक्ष राईले बताए। नउका अनुसार अभियुक्तलाई गाउँमा ट्वाँके र राजु भन्ने गरिए पनि नागरिकतामा भने उनको नाम दीपक रहेको छ।
बलात्कारको पीडा सहन नसकेर बालिका चिच्याएपछि घट्नाबारे आफन्तले थाहा पाएको बताइएको छ। तर, अभिभावक घटनास्थल पुग्दा युवक भागेर बेपत्ता भइसकेका थिए। हाल बालिकाको रक्तश्राव रोकिएको र स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पताललाई उद्धृत गर्दे प्रहरीले जनाएको छ।
पक्राउ युवकलाई आइतबार बिहान जन्तेढुंगाबाट हिँडाइएको र साँझसम्ममा सदरमुकाम दिक्तेल ल्याई पुर्याएपछि घट्नाबारे विस्तृत खुल्ने डिएसपी खड्काले बताए।