ब्राउन सुगर (खैरो हेरोइन) सहित प्रहरीले २ जनालाई मोरङको रंगेली नगरपालिका क्षेत्रबाट पक्राउ गरेको छ।
मोरङको बेलबारी नगरपालिका–८ का २६ वर्षीय सन्दीप कार्की र पथरीशनिश्चरे नगरपालिका–८ का १९ वर्षीय पर्वत लिम्बूलाई शुक्रबार साँझमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली–४ चोप्राहबाट पक्राउ गरेको हो।
प्रदेश १–०२–०४१ प ४८२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागि चेक गर्दा मोटरसाइकलको पछाडि सवार लिम्बूको साथबाट १ हजार ३ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको डिएसपी दाहालले बताए। सीमावर्ती क्षेत्रबाट पक्राउ परेका उनीहरुले भारतबाट लागु औषध ब्राउन सुगर ल्याएको अनुमान प्रहरीले गरेको छ।
पक्राउ परेका दुवै जनालाईइप्रका रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। दुवै जनामाथि लागु औषध ऐन अन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।