लागु औषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित शनिबार दुई जनालाई नियन्त्रणमा लिएकाे हाे।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–५ का २० वर्षीय विक्रम कुँवर र भारत जिल्ला बहराईच थाना मोतिपुर बलैगाउँका २५ वर्षीय ताहिर अलि रहेका छन्।
दुवै जना भारतबाट नेपाल तर्फ भारतीय नम्बरको मोटरसाइकलमा सवार भई शङ्कास्पद रुपमा आइरहेका थिए। प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ सय ४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने दुलो पदार्थ बरामद भएको हो।
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।