नेपालमा बसेर अस्ट्रेलियामा आतंक
१८ साउन २०७४
•
११ मिनेट पाठ
नेपालमा बसेर अस्ट्रेलियामा आतंक
काठमाडौं- -उच्च शिक्षा र आर्थिक रूपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ ।

-     जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन ब्युरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन ब्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ।

-     मलेसियामा रहेका २ नेपालीलाई झिकाउने प्रक्रिया अगाडि बढिसकेको छ । ब्युरोले उनीहरूलाई  फर्काउन मलेसियामा रहेको इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ ।

सामाजिक सञ्जालमार्फत आवेश र आक्रोश पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन् । विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्दा चारैजना नेपाल प्रहरीको खोजी सूचीमा परेका हुन् ।

एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके । अन्य तीन जनामाथि नेपालमा मुद्दा दर्ता गरेर ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ । ‘उनीहरूको कसुर र अनुसन्धान प्रक्रियाबारे आवश्यक कागजपत्र नेपालमा रहेको इन्टरपोलमार्फत ती देशको इन्टरपोल शाखामा पठाइसकेका छौं,’ ब्युरोकी प्रवक्ता मीरा चौधरीले नागरिकसँग भनिन्, ‘उनीहरूलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया सुरु गरिसकेका छौं ।’

अस्ट्रेलियामा एसएमएस आतंक

छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो ।

युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेको अवस्थामा यस्तो सन्देशले सनसनी मच्याएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उद्गमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहितको रिपोर्ट आयो । केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्दा लहानमा रहेका कुमुदप्रसाद शाह पक्राउ परे ।

शाहमाथि अनुसन्धान गर्दा ७ वर्षअघि सूचना प्रविधि दुरुपयोग गरी एक १६ वर्षीया किशोरीलाई दुःख दिएको अभियोगमा अस्ट्रेलियामा एक वर्ष जेल बसेर नेपाल फर्काइएको खुल्यो । नेपाल फर्किएका उनी ६ वर्षसम्म मौन बसे । फेरि अमेरिका जाने प्रयास गरे । आइएलटिएस पास गरेर अमेरिका जाने प्रक्रिया अघि बढाउँदा उनको आपराधिक रेकर्डका कारण रोकिएपछि आवेगमा आएर उनले निःशुल्क एसएमएस पठाउन मिल्ने साइटको प्रयोग गरेर अस्ट्रेलियाका विभिन्न नम्बरमा सन्देश पठाएर आतंक मच्याए । ‘मेरो कुरा नसुनी एकतर्फी रूपमा मलाई दोषी बनाउँदै जीवन बरबाद बनाए,’ ब्युरोको हिरासतमा भेटिएका शाहले नागरिकसँग भने, ‘त्यही कारण अमेरिका जाने प्रयास असफल भएपछि रिस थाम्न सकिनँ र सन्देश पठाएँ।’

शाहका अनुसार सन् २००८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया गएका उनको मन १६ वर्षीया किशोरीमा बस्यो। लाइब्रेरीमा भेटिएकी उनलाई पिछा गरे तर उनले वास्ता गरिनन् । उनले किशोरीको सामाजिक सञ्जाल खाता ह्याक गरेर सयभन्दा बढी म्यासेज पठाएर हैरान बनाए।  केस प्रहरीमा पुग्यो । दोषी ठहर भएका उनलाई कैद सजाय काटेपछि नेपाल फर्काइयो । ‘नेपालबाट म्यासेज गर्दा कसैले पत्ता लगाउन सक्दैन भन्ने लागेको थियो, हैन रहेछ’, उनले भने, ‘अब यस्तो कहिल्यैं गर्दिनँ ।’

सामाजिक सञ्जालमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई अपशब्द प्रयोग गर्दै निरन्तर गाली गरेर जातीय–धार्मिक द्वेष फैलाएको अभियोगमा आत्मराम थपलियालाई जर्मनीबाट नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ। फेसबुकमार्फत उनले निरन्तर जातीय र धार्मिक द्वेष फैलाएको अभियोग दर्ता गरेर ब्युरोले उनलाई नेपाल ल्याउन प्रक्रिया थालिसकेको छ ।

विदेशमा बसेर अपराधमा मुछिएका नेपालीको खोजी यत्तिमै रोकिएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्रहत्या गर्दै सामाजिक सञ्जालमा लेख्ने २ नेपालीको खोजीमा नेपाल र मलेसियाली प्रहरी सक्रिय छ। मलेसियामा रहेका २ नेपालीले राष्ट्रपतिविरुद्ध फेसबुकमा तथानाम लेखेका थिए । नेपालका २ र मलेसियाका २ जनाविरुद्ध जाहेरी दर्ता भइसकेको छ । ब्युरोले नेपालमा फरार रहेका एकजनाको खोजी गर्दैछ भने मलेसियामा रहेका २ नेपालीलाई यहाँ ल्याउन मलेसियाली इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ । ‘विदेशमा बसेर जे लेखे पनि हुन्छ भन्ने भ्रम हुँदा सामाजिक सञ्जाल दुरुपयोग गर्दै चरित्रहत्या घटना बढ्दो छ,’ एसपी चौधरीले भनिन्, ‘क्षणिक आवेग थाम्न नसक्दा गम्भीर अपराधमा जोडिँदै गएका छन् ।’

सामाजिक सञ्जालमा बढ्दो अपराध

ब्युरोले हालै फेसबुकमार्फत निरन्तर भइरहने चरित्रहत्याका घटनाबाट आजित भएर डिप्रेसनमा पुगेका आमा–छोरीको विषयमा अनुसन्धान सकेको छ । काठमाडौंमा बस्दै आएका उनीहरूलाई फेसबुकमा विभिन्न नामबाट संवेदनशील र अश्लील सन्देश आउने गरेको थियो ।

कानुनी उपचारका लागि प्रहरी कार्यालय धाउँदासमेत पीडकको पहिचान नहुँदा दुवै डिप्रेसनमा परेका थिए। घटनाबारे थाहा पाएपछि अनुसन्धानमा जुटेको ब्युरो टोलीले दिनेश न्यौपाने र रीना थापामगरलाई पक्राउ गर्‍यो। दुवै ब्युरोको हिरासतमा छन् । न्यौपाने पीडितका आफन्त हुन् । अनुसन्धानबाट उनले पारिवारिक बदला लिन चरित्रहत्या गरेर आत्मसन्तुष्टिका लागि अश्लील सन्देश पठाएको खुल्यो ।

प्रहरीमा दर्ता साइबर अपराधसम्बन्धी उजुरी संख्या आधारमा सामाजिक सञ्जालमार्फत हुने अपराध बर्सेनि बढ्दो देखिन्छ । यसमा फेसबुकमार्फत हुने चरित्रहत्यासम्बन्धी घटना धेरै छन्। २०७३/०७४ मा ब्युरोमा दर्ता ३४ उजुरीमध्ये २३ वटा सामाजिक सञ्जालसँग सम्बन्धित छन् । महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांक योभन्दा धेरै छ । ०७२÷०७३ मा महाशाखामा साइबर अपरासम्बन्धी ८ सय ७३ उजुरी आएकोमा सामाजिक सञ्जालसम्बन्धी उजुरी संख्या ८ सय ६७ छन् । ०७१÷७२ मा दर्ता २ सय ३१ उजुरीमध्ये सामाजिक सञ्जालसँग सम्बन्धित २ सय २१ थिए । ०७०÷०७१ मा दर्ता भएका १ सय १ उजुरीमध्ये सामाजिक सञ्जालसम्बन्धी ९१ थिए । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अधिकांश उजुरी अश्लील सामग्री राखेर चरित्र हत्या गरेको विषयमा छन् ।

अस्पष्ट कानुनले सकस

नेपालमा साइबर अपराधलाई सम्बोधन गर्ने छुट्टै कानुन छैन । इन्टरनेट प्रयोग गरेर हुने कारोबारलाई सम्बोधन गर्न बनेको विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा टेकेर अभियुक्त र कसुरदारमाथि अनुसन्धान र कारबाही हुने गरेको छ । सो दफा प्रस्ट नहुँदा गम्भीर प्रकृतिका अपराधमा संलग्न सहजै मुक्त हुने र सामान्य प्रकृतिका अपराध अभियोगमा पक्राउ परेका चाहिँ गम्भीर दण्डको भागीदार भइरहेका छन् ।

विद्युतीय कारोबार ऐनमा रहेको व्यवस्था अपूर्ण रहेको भन्दै विज्ञान तथा प्रविधि मन्त्रालयले सबै क्षेत्र समेट्ने गरी सूचना प्रविधि ऐन विधेयक तयारी गरेको छ । जानकार अधिकारीका अनुसार प्रस्तावित विधयेकमा सूचना र सञ्चार प्रविधिको गैरकानुनी प्रयोग, बालयौन दुराचार, साइबर आतंक, चरित्रहत्यालगायत विषय समेटेर कसुरअनुसार सजायप्रस्ताव गरिएको छ । ‘छाता ऐनका रूपमा प्रस्ताव अघि बढाए पनि पूर्ण भने भइसकेको छैन,’ स्रोतले भन्यो, ‘प्रस्तावअनुसार पारित भयो भने अहिले छुटेका धेरै क्षेत्र समेटिनेछ ।’
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस