काठमाडौं- कीर्तिपुर गेट सडकखण्ड कालोपत्रे गरेको महिनादिन नबित्दै उप्किएर खाल्डाखुल्डीमा परिणत भएको छ। ठेकेदार कम्पनीको लापरबाहीले सडक महिना दिनमै खाल्डाखुल्डीमा परिणत भएको हो। कम्पनीले असारमा उक्त सडक कालोपत्रे गरेको थियो। तर, ग्राभेलबिना र पानी परेको बेला अत्यन्तै कमसलढंगले सडक कालोपत्रे गरेका कारण कालोपत्रे नटिकेको स्थानीयको भनाइ छ। 'ठेकेदारले पैसा खाने लोभमा मापदण्ड नपुर्याई सडक पिच गरेका कारण महिनादिनमै सडक भत्कियो', कीर्तिपुरका स्थानीय सुनिल महर्जनले भने, 'विकास निर्माणका काममा ठेकेदारको मनोमानी चल्दा अहिले उपत्यकाका सडकको हालत यस्तै छ।' उनले कालोपत्रे गरेको सडक १५ दिनमै उप्किन सुरु गरेपछि स्थानीयले ठेकेदारलाई सडक मर्मत गर्न सुझाव दिएको पनि बताए।
सडक कालोपत्रे र चौडा गर्नका लागि सडक विभागले पविन्द्र निर्माण कम्पनीलाई ८ करोडमा ठेक्का दिएको थियो। पहिला ७ मिटर चौडा रहेको उक्त सडक अहिले ९ मिटर बनेको छ। विभागले कालोपत्रे, ग्रिनरी र वाइल्डिङ गर्ने सम्झौतास्वरूप ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो। स्थानीयले पहल गरेको एक वर्षपछि बल्लतल्ल कालोपत्रे भए पनि कम्पनीकै लापरबाहीले एक महिना नटिकेको कीर्तिपुरका अर्का स्थानीय महेश महर्जनले बताए। कालोपत्रे उप्किएसँगै सडकमा परेका खाल्डाखुल्डी र धुलोले आवतजावत गर्न हैरान हुन थालेको छ।
सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदार पविन्द्र महर्जनले सडक कालोपत्रे गर्दा पानी परेका कारण पिच बलियो नभएको स्वीकारे। 'बिग्रेको स्थानमा फेरि कालोपत्रे गछौं', उनले भने, 'कालेपत्रे गर्ने समयसीमा सकिन लागेको र बजेट फ्रिज हुने दबाब आएपछि काम भरपर्दो नभएको हो। हामीले सडक विभागसँग कुरा गरिसकेका छौं। साता दिनभित्र सडक बिग्रेको ठाउँमा पिच गर्छौं।' उनले सडक चौडा गर्नुपर्ने काममा बढी समय दिनुपरेको र कालोपत्रे गर्ने समय अपुग भएकाले यस्तो गल्ती भएको बताए। यो सडकको लम्बाइ ११ सय मिटर र चौडाइ ९ मिटर छ। महर्जनले सडकको डिजाइन र इस्टमेटअनुसार नै कालोपत्रे गरिएको दाबी गरे। उनले भने, 'बजेट फ्रिज हुने दबाब आएपछि असार अन्तिममै भए पनि पिच गरेका हौँ। हतारमा पिच गर्दा कहीँ कतै खाल्डा पर्नु स्वाभाविक हो, हामी तुरुन्त टाल्छौँ।'
यसबारे सडक विभागका प्रवक्ता दयाकान्त झाले ठेकेदार कम्पनीलाई सडक उप्किएकोले सडक टाल्न निर्देशन दिइसकिएको बताए। उनले विभागको टोलीले अनुगमन गर्दा सडकको कालोपत्रे कमसल भएको पनि जानकारी दिए। 'हामीले दिएको ठेक्का इस्टमेटअनुसार ०.७५ इन्च कालोपत्रे हुनुपर्ने थियो', झाले भने, सबै ठाउँमा इस्टिमेटअनुसारको पिच भएको छैन।'